अध्यात्मशास्त्र अनुसार सन्त कसरी घोषित गरिन्छ ?

सन्तलाई पहिचान गर्ने मापदण्ड वहाँ कुन मार्गको अनुसरण गर्नु हुन्छ उदाहरणस्वरूप ज्ञानयोग, कर्मयोग, भक्तियोग इत्यादि माथि निर्भर गर्दछ । आध्यात्मिक स्तर अनुसार, मापदण्ड पनि फरक हुन सक्छ ।

भौतिक स्तरमा, केहि सूचक यस प्रकारका हुन्छन्, जस्तो की हामी वहाँको मुखमा तेज देख्न सक्छौं, हातको रेखाहरु फिक्का (faint) हुन प्रारम्भ हुन थाल्दछ तथा औंलाहरू र हथेली नरम र चिल्लो हुन्छन् ।

मानसिक स्तरमा व्यक्ति आनन्दको अनुभूति गर्न सक्षम हुन्छ तथा उसको विचार एवं व्यवहार सात्त्विक वृत्तिति तर्फ सङ्केत गर्दछ । सन्तको सान्निध्यमा साधना गर्ने साधक आन्नद अथवा निर्विचार स्थिति अनुभव गर्दछ । तर एक सामान्य व्यक्तिको लागि यस्तो अनुभव गर्न सक्नु अत्यन्त कठिन हुन्छ ।

अध्यात्मशास्त्र अनुसार, एउटा साधकलाई सन्त तब मान्न सकिन्छ, जब अन्य सन्तहरुले उनीहरुलाई सन्तको रूपमा स्वीकार छन् । यो नियम अनुसार हो कि केवल सन्तनै अर्को सन्तलाई चिन्न सक्नुहुन्छ । जुन व्यक्ति सन्तको स्तरको हुदैन, अरु व्यक्तिलाई उहाँले सन्त घोषित गर्न सक्नु हुदैन । यो सन्त चिन्नको लागि उत्तम मापदण्ड हो ।