सन्तको सन्दर्भमा केहि गलत धारणाहरु ?

सन्तको सन्दर्भमा केहि गलत धारणाहरु यस प्रकार छन् :

१. एउटा असल अथवा धार्मिक व्यक्ति अथवा जो चमत्कार गर्दछ,

एक सन्त केवल उनको आध्यात्मिक स्तर बाट परिभाषित हुन्छ । व्यक्तिको मार्ग अनुसार सन्तत्व प्राप्तिको आध्यात्मिक स्तर भिन्न हुन सक्छ । विविध कारणहरुले गर्दा व्यक्ति चमत्कार गर्न सक्षम हुन सक्छ । सबैभन्दा सामान्य कारण हो, पूर्व जन्मको साधना । यद्यपि आध्यात्मिक शक्तिको जताभावी प्रदर्शनले सामान्यतया व्यक्तिको आध्यात्मिक पतन हुन्छ ।

२. एक व्यक्ति सन्त बन्नको लागि देह त्याग गर्नुपर्छ 

एक व्यक्ति सन्त बन्नको लागि देह त्याग गर्न आवश्यक छैन । कुनै व्यक्ति अध्यात्मको अधिकारी पुरुष जुन गुरु (अध्यात्मको शिक्षक, जो ७० प्रतिशत आध्यात्मिक स्तर भन्दा माथि हुनुहुन्छ) को स्तरसम्म पुग्नु भएको छ, उनको मार्गदर्शनमा योग्य साधनाद्वारा एकै जन्ममा ७० प्रतिशत आध्यात्मिक स्तर प्राप्त गर्न सकिन्छ ।

३. सन्तपद केहि व्यक्तिहरु सम्म मात्रै सीमित

सन्तत्व अर्थात ७० प्रतिशत आध्यात्मिक स्तर प्राप्त गर्नु, यो आध्यात्मिक स्थिति केवल केहि मानिसको लागि मात्र सिमित हुदैन, न यो आवश्यक हुन्छ की कुनै व्यक्ति सन्तत्वको आध्यात्मिक स्थिति लिएर जन्मेको हुन्छ । पृथ्वीमा कुनै पनि व्यक्ति सन्तपद प्राप्तिलाई निष्ठापूर्ण इच्छा राखेर नियमित रूपमा उच्च स्तरको साधना गरेर, त्यसको माध्यमबाट व्यक्ति सन्त बन्न सक्छ । गुरुको मार्गदर्शनमा हामी सबै त्यो आत्मासँग जोड्न सक्छौं, जुन हाम्रो वास्तविक स्वरूप हो ।

४. सन्त कुनै निश्चित पन्थबाट हुन सक्छ

एउटा सन्तको दृष्टिकोण सार्वभौम हुन्छ तथा कुनै विशेष पन्थ अथवा सम्प्रदायको हुन सक्दैन । यसको साथै, सन्त कुनै विशेष पन्थको हुन आवश्यक छैन। एउटा सन्त कुनै विशेष पन्थमा जन्म लिन सक्छ तथा साधनाद्वारा सन्तपद प्राप्त गर्न सक्छ । यस स्थितिमा उनी पन्थ भन्दापनि अगाडि जान्छ, उनी प्रत्येक मनुष्यमा ईश्वर (आत्मा) लाई देख्न सक्छ तथा जति व्यक्ति त्यतिनै ईश्वरप्राप्तिको मार्गहरु छन्