गुरुकृपाको मार्ग - गुरुकृपायोग

यो लेखलाई राम्रोसँग बुझनको लागि, गुरु को हुनुहुन्छ? यो लेख अध्ययन गर्नुहोस् ।

. गुरुकृपाको मार्गप्रस्तावना

ईश्वरसम्म पुग्नको लागि अनेक सर्वसामान्य मार्गहरु छन्, त्यस मध्धे गुरुकृपाको मार्ग (गुरुकृपायोग) आध्यात्मिक उन्नतिको सर्वोच्च शिखर (मोक्ष) पाउने दृष्टिले सबै भन्दा महत्त्वपूर्ण छ । जीवनको प्रत्येक पक्ष बुझाउन, सिकाउन र प्रगति गर्नको लागि शिक्षक अथवा मार्गदर्शक हुन उत्तम हुन्छ । यो विश्व मान्य नियम आध्यात्मिक प्रगतिको लागि कुनै अपवाद छैन । केवल देह धारी गुरुको माध्यमद्वारा कार्य गर्ने निर्गुण गुरुतत्त्वको कृपाद्वारा (ईश्वरको शिक्षा प्रदान गर्ने तत्त्व) नै शिष्यलाई शीघ्र आध्यात्मिक उन्नति तर्फ लान्छ ।

साधना मार्ग कुनै पनि होस्, यदि हामी साधना केवल आफ्नो प्रयासले गर्ने हो भने, हामी एउटा विशिष्ट स्तरसम्म पुग्न सक्छौं । त्यस भन्दा आगाडिको चरणमा पुग्नको लागि गुरुकोकृपा अत्यन्त आवश्यक हुन्छ ।

२. गुरुकृपायोगको व्याख्या

‘कृपा’ शब्दको व्युत्पत्ति, संस्कृत धातु ‘कृप’बाट भएको हो, जसको अर्थ हो, दयालु । “कृपा” शब्द दया, स्वीकार (अंगीकार) र आशीर्वादको प्रतीक हुन् । गुरुकृपायोग, एउटा यस्तो साधना मार्ग हो, जाहाँ गुरुको कृपाको माध्यमद्वारा देहमा बादिएको जीव ईश्वरसँग एकरुप हुन्छ ।

३. गुरुकृपायोगको महत्त्व

३.१ प्रगतिको लागि कालावधि

  • गुरुकृपायोगको सबै भन्दा महत्वपूर्ण लाभ हो आध्यात्मिक रुपमा लाग्ने समय । गुरुको अध्यात्म प्रसारको जीवन कार्यमा सेवा गरेर, शिष्य उनको कृपा प्राप्त गरि शीघ्र आध्यात्मिक प्रगति गर्दछ । सांसारिक जीवनको कुनै पनि सर्वोच्च ध्येय प्राप्तिको तुलना गुरुको कृपा प्राप्तिसँग तुलना गर्न सकिदैन । आउने उदाहरण यो वाक्यको अर्थ बुझ्नको लागि उपयुक्त हुन्छ । कल्पना गर्नुहोस् कुनै निर्धन, तीव्र परिश्रमी विध्यार्थी माथि कुनै करोडपतिको आँखा जान्छ र उनलाई विश्वको सर्वोच्च विश्वविद्यालको लागि छात्रवृत्ति दिएर उनको भविष्यको शैक्षिक र व्यावसायिक प्रगतिको सम्पूर्ण दायित्व लिन्छ । यो उदाहरणमा जुन प्रकार प्रगतिको सीढि बिस्तारै चरणबद्ध पद्धतिद्वारा चढनमा लाग्ने अनेक वर्ष बच्दछ, त्यसै प्रकार जुन साधकले गुरुको कृपा प्राप्त गर्दछ, उसलाई अन्य मार्गबाट लाग्ने अनेक वर्ष बच्दछ ।
  • कुनै पनि साधना मार्ग अनुसार औसतन आध्यात्मिक उन्नति प्रति वर्ष ०.२५% हुन्छ । गुरुले बताएनुसार साधना गर्नाले शिष्यको प्रगति प्रति वर्ष २-३% हुन सक्छ । शिष्यद्वारा गुरुकृपाको पात्र हुँदा आध्यात्मिक उन्नति प्रतिवर्ष ५-८% पनि हुन सक्छ ।

३.२ एक निश्चित स्तर भन्दा अगाडी प्रगति हुनु

  • संस्कृतमा एउटा सर्वश्रुत उक्ति छ : ‘गुरुकृपा नै केवलम शिष्य परममंगलम’। यसको अर्थ यो हो केवल गुरुको कृपालेनै शिष्यको परम मंगल, अर्थात आध्यात्मिक उन्नति हुन्छ ।
  • सन्त पद प्राप्त गर्नु (अर्थात ७०% आध्यात्मिक स्तर प्राप्त गर्नु) र मनोलय तथा बुद्धिलय साध्य गर्नु, गुरुको कृपा बिना सम्भव हुँदैन ।
  • गुरुकृपाको अतरिक्त कुनै पनि साधना मार्गबाट साधना गर्नाले मनोदेह, कारणदेह तथा महाकारणदेहको शुद्धि पूर्णतः गर्न सम्भव हुँदैन । साथमा यो सबै मार्गमा मोक्ष (मुक्तिको अन्तिम शिखर) प्रदान गर्ने क्षमता हुँदैन |
  • कर्मयोग, ज्ञानयोग, भक्तियोग जस्तो साधना मार्ग शिष्यको जीवनमा केवल गुरुकृपा प्राप्त हुन सम्म मात्रै महत्त्व राख्दछ । गुरुकृपा प्राप्त भए पश्चात शिष्य केवल गुरु द्वारा सिकाईएको साधनानै गर्दछ । त्येसैले केवल गुरुकृपाको मार्गमात्रै रहन्छ । सबै मार्ग अन्तमा साधकद्वारा ईश्वर प्राप्ति हेतु गुरुकृपा प्राप्त गर्नमा विलीन हुन जान्छ ।

४. गुरुको कृपा कसरी कार्य गर्छ ?

गुरुकृपा दुई प्रकारले कार्य गर्दछ :

  • संकल्प : जब गुरु संकल्प गर्नुहुन्छ की, ‘शिष्यको आध्यात्मिक उन्नति होस्’, अनि मात्रै खरे अर्थमा शिष्यको आध्यात्मिक उन्नति हुन्छ । यसलाई नै गुरुकृपा भनिन्छ । केवल यस्तो होस् भन्ने विचारमात्रै गुरुको मनमा आयो भने पनि कार्यरत हुनको लागि पर्याप्त हुन्छ । अन्य केहि आवश्यकता पर्दैन । तथापि यो केवल त्यो सन्तको लागि सम्भव हुन्छ, जसको आध्यात्मिक स्तर ८०% भन्दा अधिक हुन्छ । ७०% स्तरको सन्तको संकल्प शिष्यलाई केवल सांसारिक सहायताको लागि उपयुक्त हुन्छ ।
  • अस्तित्व : गुरुको केवल अस्तित्व, समीप हुनु अथवा साथ हुनुनै शिष्यको साधनाको लागि पर्याप्त हुन्छ र प्रगति आफै हुन थाल्छ । यसको एउटा राम्रो उदारण हो सूर्य, जसको उदयको साथ सबै जगत उठछन् र फूल पनि फूल्दछ । यो मात्र अस्तित्वले साध्य हुन्छ । सूर्यले कहिले पनि कसैलाई उठ्न अथवा फूलहरुलाई फूल्नको लागि भन्दैन । ९०% भन्दा अधिक आध्यात्मिक स्तरको गुरुको जीवन कार्य यस प्रकारले हुन्छ ।

५.गुरुकृपायोगानुसार साधना

एसएसआरएफ सल्लाह दिन्छ कि यो जीवनमा शीघ्र आध्यात्मिक उन्नतिको लागि गुरुकृपायोगानुसार साधना गर्ने र वर्तमान समय, जुन आध्यात्मिक उन्नतिको लागि अत्यन्त अनुकूल छ, त्येसको लाभ लिनुहोस् ।

गुरुकृपायोगानुसार साधनाको ८ अङ्गहरु छन् :

गुरुकृपाको मार्ग - गुरुकृपायोग

यो सन्दर्भमा विस्तृत जानकारी हामीले हाम्रो आध्यात्मिक साधना यो पृष्ठमा राखेका छौं ।