आफ्नो आध्यात्मिक शक्तिलार्इ व्यर्थ नगुमाउनुहोस्

साधना गर्नाले आध्यात्मिक शक्ति मिल्दछ । यदि हामीले यो शक्तिको उपयोग, उदाहरणको लागि सांसारिक लाभ हेतु प्रार्थनाको रूपमा गर्छौं भने, त्यसले हाम्रो आध्यात्मिक शक्ति खर्च हुदै जान्छन् । यसको कारण यो हो कि हामी आफ्नो आध्यात्मिक शक्ति सांसारिक कामनाहरुको पूर्ति हेतु खर्च गर्ने गर्दछौं । जसले हाम्रो आध्यात्मिक शक्तिको उपयोग आध्यात्मिक प्रगतिको लागि नभएर यसको विपरीत साधनामा हानी पनि हुन सक्छ । सांसारिक कठिनाइहरुको कुनै अन्त हुदैन र त्यसमा अधिकांश कठिनाइहरु हाम्रो प्रारब्धको कारण हुन्छन् । आध्यात्मिक प्रगति हुँदै जादा व्यक्तिमा प्रारब्ध सहने क्षमता बढ्दै जान्छ तथा आन्तिममा प्रारब्ध माथि विजय प्राप्त गर्न सक्छ ।