सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

१. परिचय

हामी मध्य प्रत्यकलार्इ यो जान्नको लागि इच्छा हुन्छ कि उचित ढङ्गले कसरी सुत्ने जसले गर्दा जागेपछि पूर्ण विश्रान्तिको अनुभव हुन्छ । शान्त निन्द्र अनेक कारकहरुमा निर्भर गर्दछ । तिनीहरु मध्य एउटा हो हाम्रो सुत्ने पद्धति । हामी सबैको कुनै न कुनै विशेष पद्धति हुन्छन् जसले सुत्दा आराम अनुभव हुन्छन् । हामी सबै जान्दछौं कि हाम्रो सुत्ने पद्धतिले हाम्रो शारीरिक स्वास्थयमा प्रभाव हुन्छन् । साथै सुत्ने विभिन्न पद्धतिहरुको अनेक मनोवैज्ञानिक व्याख्या पनि छन् । यस लेखमा हामी आध्यात्मिक दृष्टिकोणले शान्त निन्द्राको लागि के गर्नु पर्दछ, यसको विषयमा बताउने छौं । सुत्नको लागि सबै भन्दा राम्रो पद्धति कुन हो तथा किन हो, हामी यसमा विशेष ध्यान दिनेछौं । हामी यो पनि बताउने छौं कि सुत्ने प्रत्येक पद्धतिको साथ सूक्ष्म आयाममा के हुन्छ । यसले हामी राम्रोसँग कुन प्रकार सुत्ने तथा कुन सुत्ने पद्धतिद्वारा यो सम्भव हुन्छ, यस दिशामा योग्य निर्णय लिन सक्छौं ।  

आरम्भमा हामीले यो बुझ्नु पर्दछ कि

  • आध्यात्मिक दृष्टिकोणले सुत्ने (निन्द्रा) मूलत: तमोगुणी स्थिति हो । यसको अर्थ हो सुतेको (निदाएको) समय हाम्रो शरीरमा तमोगुण बढेर जान्छ ।
  • यसको साथ-साथै सुत्ने समय हाम्रो साधना न्यूनतम हुन्छ, त्यसैले त्यो समय हामी आध्यात्मिक रुपले सबैभन्दा अधिक दुर्बल हुन्छौं । यस कारण जब हामी सुत्छौं तब अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) को आक्रमणको सम्भावना अधिक हुन्छ ।

हामीलार्इ हाम्रो शरीरको कुण्डलिनी ऊर्जातन्त्रको आधारभूत जानकारीको ज्ञान पनि हुनु पर्दछन् ।

कुण्डलिनी शरीरमा जन्मजात आध्यात्मिक ऊर्जा तन्त्र हो । यसमा सात मुख्य केन्द्र अथवा चक्र छ, तीन मुख्य नाडि – सूर्य नाडी (दायाँ नाडी अथवा पिङ्गला नाडी), चन्द्रनाडी (बायाँ नाडी अथवा इडा नाडी) अनि केन्द्रिय नाडी (सुषुम्नानाडी) अनि असंख्य वाहिनि छन् ।

तल दिएको चित्र मनुष्यको निष्क्रिय कुण्डलिनी ऊर्जा तन्त्र दर्शाउछ ।

सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

स्थूल शरीरको सम्बन्धमा चक्रको चित्र पनि हेर्नुहोस् ।

शरीरिक तथा मानसिक कार्यको लागि शक्तिको प्रवाह सूर्य अनि चन्द्र नाडीहरुबाट प्रवाह हुन्छन् । केन्द्रिय नाडीबाट हुने प्रवाहको सम्बन्ध आध्यात्मिक उन्नतिसँग हुन्छ ।

सूर्य नाडी रज प्रधान अनि चन्द्र नाडी सत्व प्रधान हुन्छ । शक्ति इडा अनि पिंगला नाडीबाट पालौं पालो प्रवाहित हुन्छ । यो परिवर्तन प्रत्येक तीन-चार मिनेटमा हुन्छ । शरीरमा इडा अनि पिंगला नाडी द्वारा एउटा बाट अर्को तर्फ जानुको कारण यद्यपि शक्तिका प्रवाहमा यति धेरै पल्ट परिवर्तन हुन्छ तर पनि शरीरको दुबै भागमा दुबै प्रकारको पर्याप्त ऊर्जा मिलदछ । यसले दुबै प्रकारको शक्ति प्रवाहको बीच सन्तुलन बनाएर राख्छ ।

सूर्यबाट चन्द्र नाडीतर्फ परिवर्तनको समय निम्न आध्यात्मिक स्तरको व्यक्तिमा सुषुम्ना नाडी थोरै मात्रामा १-२ सेकेण्डको लागि सक्रिय हुन जान्छ । लाभको दृष्टिले यस्तो स्थितिमा सुषुम्ना नाडी सक्रिय हुदा लाभ नगण्य हुन्छ । आध्यात्मिक स्तर बढ्दै जादा सुषुम्ना नाडीको सक्रियताको अवधि पनि बढ्दै जान्छ । ५५ प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर हुदा सक्रियता १ – २ मिनेट भन्दा अधिक समयसम्म रहन्छ । जब यो सक्रियता यति लामो समयसम्म रहन्छ तब आध्यात्मिक उन्न्तिको दृष्टिले लाभ हुन्छ ।

नाडीको सक्रियता सुत्ने पद्धतिमा पनि निर्भर गर्दछ । हामी जुन तर्फ कोल्टे परेर सुत्दछौं त्यसको विपरीत नाडी प्राधानताले सक्रिय हुन जान्छ । जब ५५ प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्ति ढाडको बलमा (उत्तानो परेर) सुत्दछ, तब उनको सुषुम्ना नाडी कार्यरत हुन्छ ।

सूर्य तथा चन्द्र नाडीको सक्रियता शरीरको आवश्यक्ता अनुसार पनि हुन सक्छ । उदाहरणको लागि भोजन गरि सकेपछि मुख्यत: सूर्य नाडी कार्यरत रहनाले भोजन पचाउनमा सहायता हुन्छ ।

भावनाको आवेश हुदा पनि सूर्य नाडी सक्रिय हुन जान्छ । भावना कम हुदा चन्द्र नाडी सक्रिय हुन जान्छ । यद्यपि जब भावनात्मक स्थितिमा तीव्र अस्थिरता हुन्छ, तब दुबै नाडिहरुमा तीव्र अनि अनियमित परिवर्तन भर्इरहन्छ अनि सूर्य नाडी मुख्य रुपले सक्रिय रहन्छ । परिणामस्वरुप दुबै प्रकारको शक्ति प्रवाह (रज अनि सत्व) मा असन्तुलन रहन्छ । भावुक व्यक्तिमा भावनाको यो तीव्र तल-माथि सुतेको समय उनको अवचेतन मनमा पनि चलि रहन्छ । यस्तो यस कारण हुन्छ किन कि अवचेतन मनमा संस्कार नीन्द्राको समय पनि सक्रिय रहन्छ ।

सन्दर्भ टयूटोरियल (tutorial)मनको आध्यात्मिक प्रकृति

२. सुत्ने पहिलो पद्धति – ढाडको बलमा (उतानो परेर) सुत्ने

back sleeping position

  • जब हामी ढाडको बलमा (उतानो परेर) सुत्दछौं हाम्रो शरीरको कोशिकामा चेतना (मन तथा शरीरको कामकाज नियन्त्रित गर्ने चैतन्यको एक रुप) अव्यक्त अनि निष्क्रिय हुन जान्छ ।
चेतना, मन तथा शरीरको कार्यलार्इ नियन्त्रित गर्ने र्इश्वरीय चैतन्यको अंश हो जुन पञ्चप्राण शक्तिलार्इ पनि कार्यरत गर्दछ ।
  • हाम्रो शरीरको अधिकांश भाग पातालको दिशामा हुन्छ किन कि शरीरको एउटा ठूलो भाग भूमिको दिशामा हुन्छ । 

उपरोक्त दुर्इ कारणहरुको संयुक्त प्रभावले शरीरको कोशिका पाताल लोकबाट आउने कष्टदायक स्पन्दनको आक्रमणबाट बचनमा असमर्थ हुन्छ ।

आध्यात्मिक स्तर: मानौं यदि हामी र्इश्वरसँग एकरुप भएको व्यक्तिको आध्यात्मिक स्तर १०० प्रतिशत हो भने, वर्तमान समयमा सामान्य व्यक्तिको औसत आध्यात्मिक स्तर २० प्रतिशत हुन्छ । विश्वको ९० प्रतिशत जनसंख्याको आध्यात्मिक स्तर ३५% भन्दा कम छ । सन्त प्राप्तिको लागि कम्तिमा ७०% आध्यात्मिक स्तर हुन अनिवार्य छ ।

तर, सुत्ने यस पद्धतिको प्रभाव व्यक्तिको आध्यात्मिक स्तर अनुसार भिन्न हुन्छ ।    
 
 
 

परिदृश्य १ : ५५% भन्दा कम आध्यात्मिक स्तर

व्यक्तिको आध्यात्मिक जीवनमा ५५ प्रतिशत आध्यात्मिक स्तर एउटा महत्वपूर्ण स्तर हो । यस स्तरमा साधकको आध्यात्मिक उन्नति एक गुरुद्वारा उनलार्इ शिष्यको रुपमा अपनाउनको लागि पर्याप्त रुपले परिपक्को हुन जान्छ ।

५५ प्रतिशत भन्दा अल्प आध्यात्मिक स्तरको व्यक्तिमा भावको तुलनामा भावनाको मात्रा अधिक हुन्छ । यस कारण नाडीहरु बिच बारम्बार तथा तीव्र परिवर्तन हुन्छ । अत: शरीरमा कुण्डलिनी ऊर्जा तन्त्रको सूर्य अनि चन्द्र नाडीको ऊर्जा प्रवाहमा निरन्तर असन्तुलन रहन्छ ।

जसरी पहिला बतायौं कि जब ५५ प्रतिशत भन्दा कम आध्यात्मिक स्तरको व्यक्ति ढाडको बलमा (उतानो परेर) सुत्दछ उनको सुषुम्ना नाडी सक्रिय हुदैन । तर उनको भावनात्मक प्रकृतिको कारण शरीरमा ऊर्जाको प्रवाहमा असन्तुलन हुन्छ । सूर्य अनि चन्द्र नाडीको असन्तुलित ऊर्जा प्रवाहको कारण वातावरणबाट शरीरमा रज-तम घटको तीव्र स्थानान्तरण हुन सक्छ । जब व्यक्तिमा रज-तमोगुणको मात्रामा वृद्धि हुन्छ तब पातालबाट आउने कष्टदायक स्पन्दनको आक्रमणको संकट बढेर जान्छ । तर यदि कोहि व्यक्ति आध्यात्मिक प्रगति गरि अप्रकट भावको स्थरमा पुग्दछ तब ऊर्जाको प्रवाहलार्इ नियन्त्रित गर्न सक्छ । तब सम्मको लागि यो उत्तम हुन्छ कि ढाडको बलमा (उतानो परेर) सुत्नुबाट बचौं जहाँ शरीरको अधिकांश भाग पृथ्वीतर्फ अर्थात पातालतर्फ नहोस् ।

उपाय: यदि कुनै कारण ढाडको बलमा सुत्नु पर्यो भने आध्यात्मिक उपायद्वार जस्तै सुत्नु भन्दा पहिला बिस्ताराको छेउमा सात्विक घूप जस्तै SSRF निर्मत घूत जलाउने, तकिया मुनी देवताको चित्र राख्ने, सुत्ने कोठाको शुद्धि विशेष गरेर बिस्तारा नजिक, देवताको नामजप मन्द स्वरमा रातभरी बझाउने इत्यादि ले कष्टको संकट न्यून गर्न सकिन्छ ।

परिदृश्य २ : ५५% भन्दा अधिक आध्यात्मिक स्तर

सात्विक बुद्धि मुख्य रुपले मूल सात्विक घटक हो अनि साधनाको माध्यमबाट प्राप्त हुन्छ । यो सांसारिक पक्षहरुको लागि प्रयुक्त हुनु भन्दा र्इश्वर तथा आध्यात्मिक उन्नतिको प्रति समर्पित हुन जान्छ । बुद्धि सात्विक नभएसम्म धर्म ग्रन्थको निहित अर्थ बुझ्न धेरै कठिन छ ।

जब ५५ प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तरको व्यक्ति ढाडको बलमा सुत्दछ तब उनको सुषुम्ना नाडी सक्रिय हुन जान्छ । उनीमा भाव अधिक हुन्छ अनि भावनाको प्रभाव अत्यल्प हुन्छ । जब आध्यात्मिक स्तर ५५ प्रतिशत भन्दा अधिक हुन्छ तब आवश्यकता अनुसार शरीरमा सूक्ष्म मूल रज-तम घटकको प्रवाहमा व्यक्तिको नियन्त्रण हुन्छ । यो व्यक्तिको अव्यक्त भावको स्तरमा हुन्छ । यो यस कारण हुन्छ कि व्यक्ति आत्माशक्तिको स्तरमा अधिकाधिक कार्य गर्न थाल्दछ । यो ५५ प्रतिशत भन्दा अल्प आध्यात्मिक स्तरको व्यकतिको मन:स्तर मा कार्य गर्नु विपरीत हुन्छ । आत्मशक्ति कुण्डलिनी प्रणालीको सूर्य अनि चन्द्र नाडीमा सन्तुलन बनार्इ राख्दछ ।

तलको चित्र सूक्ष्म ज्ञानमा आधारित चित्र, ५५ प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्ति ढाडको बलमा (उतानो परेर) सुत्दा हुने प्रभाव देखाएको छ ।

सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

३. सुत्ने दोस्रो पद्धति – पेटको बलमा (घोप्टो परेर) सुत्ने

सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

जब व्यक्ति पेटको बलमा (घोप्टो परेर) सुत्दछ तब पेटको खाली स्थानमा दबाव पर्दछ । यस दबावको कारण त्यहाँको सूक्ष्म त्याज्य वायु (excretory gases) को प्रवाह तलपट्टिको दिशातर्फ हुन लाग्दछ । कहिले काहि जब यी सूक्ष्म त्याज्य वायु (excretory gases) को मात्र छातीतर्फ अधिक हुन जान्छ तब माथिको दिशातर्फ जान थाल्दछ अनि मुख तथा नाखबाट बाहिर निक्लिन्छ । यसरी सूक्ष्म त्याज्य वायु (excretory gases) बाहिर निस्कने क्रममा शरीर बाह्य वातावरणको सूक्ष्म मूल रज-तम तरङ्गहरुलार्इ अवशोषित गर्नमा अत्यधिक सम्बेदनशील हुन्छ । यस पद्धतिबाट सुत्दा शरीरको आन्तरिक अङ्गहरुको गति कम हुन जान्छ साथै आन्तरिक अङ्गहरुको आसपासको खाली स्थान त्याज्य वायु (excretory gases) को दबावको कारण सक्रिय हुन जान्छ । यस कारण सूक्ष्म त्याज्य (excretory gases) आन्तरिक अङ्गहरुबाट निक्लेर खाली स्थानमा भरिने प्रक्रिया तीव्र हुन जान्छ । यस अवधिमा मनुष्यको शरीर सूक्ष्म मूल रज-तम घटको संचरणको प्रक्रियाको लागि अति संवेदनशील हुन जान्छ । परिणामस्वरुप व्यक्ति वातावरण तथा पातालको क्षेत्रबाट भइरहेको अनिष्ट शक्तिको आक्रमणको चपेटामा पर्दछ ।

तल दिएको चित्र सूक्ष्म ज्ञानमा आधारित चित्र पेटको बलमा सुत्दा हुने प्रभाव देखाएको छ ।

सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

४. सुत्ने तेस्रो पद्धति – कोल्टे परेर सुत्ने

सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

जब व्यक्ति दायाँ अथवा बायाँ कोल्टे परेर सुत्छ तब मुख्य रुपले कुण्डलिनी शक्तिको सूर्य तथा चन्द्र नाडी सक्रिय हुन्छ ।

तल सूक्ष्म ज्ञानमा आधारित सूक्ष्म चित्रमा, दायाँतर्फ कोल्टे परेर सुत्दा हुने प्रभाव देखाएको छ ।

सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

  • जब व्यक्ति दायाँतर्फ कोल्टे परेर सुत्दछ तब चन्द्र नाडी सक्रिय हुन्छ ।

तल सूक्ष्म ज्ञानमा आधारित सूक्ष्म चित्रमा बायाँतर्फ कोल्टे परेर सुत्दा हुने प्रभाव देखाएको छ ।

सुत्ने विभिन्न पद्धतिहरुको प्रभाव

  • व्यक्ति बायाँतर्फ कोल्टे परेर सुत्दा सूर्य नाडी जागृत हुन्छ, यो सबै भन्दा उत्तम सुत्ने पद्धति हो ।

जब सूर्य तथा चन्द्र नाडी जागृत हुन्छ तब शरीरको कोशाणुमा चेतना सक्रिय रहन्छ । परिणामस्वरुप त्यहाँ उत्पन्न सूक्ष्म मूल तम घटक निम्न स्तरमा रहन्छ अनि चेतना पनि अनिष्ट शक्तिको आक्रमण लडनमा सहायता गर्दछ

५. सारांश

आध्यात्मिक दृष्टिले जबसम्म व्यक्तिको आध्यात्मिक स्तर ५५ प्रतिशत हुदैन उनकोलागि दायाँ अथवा बायाँ तर्फ कोल्टे परेर सुत्नु योग्य हुन्छ ।