आध्यात्मिक अभ्यासबाट आध्यात्मिक अनुभवहरु प्राप्त

अध्यात्ममा बौद्धिक ज्ञानको महत्त्व केवल २% हुन्छ र ज्ञानलार्इ अनुभव गर्नुको महत्त्व ९८ % हुन्छ । यी अनुभवहरुलार्इ आध्यात्मिक अनुभूति भनिन्छ र यसले हामीलार्इ अध्यात्मशास्त्रको विज्ञानमा बौद्धिक समझमा विश्वास उत्पन्न गर्न मद्द गर्दछ । अनुभूतिहरु धेरै प्रकारका हुन सक्छन् ।

पञ्चज्ञानेन्द्रियको केहि यस्तो पनि अनुभूतिहरु हुन्छन् जुन कुनै तर्क संगत कारण बिना पनि आउने गर्दछ ।

उदाहरणको लागि कुनै व्यक्ति शान्त कोठामा झ्याल र ढोका बन्द गरेर निर्विघ्न रूपमा ध्यान गर्न बसेको हुन्छ । अचानक उसलाई चन्दन धूपको सुगन्ध आउन थाल्छ । उ आश्चर्य चकित भएर यता उता हेर्न थाल्छ की सुगन्ध कहाँ देखि आर्इरहेको छ । उ घरको आस-पास हेर्न थाल्छ, झ्याल खोलेर पनि हेर्छ । उ जहाँ जान्छ सुगन्धले उसको पीछा गर्छ । यो र्इश्वरले हामीलाई उत्साहित गराउने एउटा तरिका हो | अनुभूति सम्बन्धि अधिक जानकारीको लागि हाम्रो लेख पढ्नुहोस् ।

दोस्रो तर्फ बाट हामी अनुभव गर्न सक्छौं कि साधनाको सिद्धान्त अथवा तत्तव अनुसार जीवन जीउनाले कुन प्रकारले देवताहरुको सहायता हामीलाई मिल्ने गर्छन् । यस कारणले हाम्रो त्यो सिद्धान्तमा विश्वास बढ्छन् र हामी त्यसलार्इ आत्मसात पनि गर्ने गर्छौं ।