प्रार्थनाको लाभ

  • साधनामा सुधार : प्रार्थनाले हाम्रो साधना तीन स्तरबाट प्रभावित गर्दछ । कर्म, विचार र भाव :
    • कर्म : प्रार्थना गरेर हामी जुन कार्य आध्यात्मिक लाभ पाउनको लागि गर्दछौं, त्यो कार्य भावपूर्वक हुन्छ । त्यसैले चूक, गलतिहरु अल्प हुन्छ । अतः प्रार्थनाले  साधनाको विभिन्न प्रयास (जस्तै नामजप, सत्संग, सत्सेवा आदि) ईश्वर अथवा गुरु (ईश्वरको मार्गदर्शक तत्व) को अपेक्षा अनुरूप हुन्छ ।
    • विचार : जब सम्म मन सक्रिय रहन्छ, बिचारको श्रृंखला बनी रहन्छ । यो मनलाई विलय गर्नको लागि बाधक हुन्छ । व्यर्थ विचारहरुले उर्जा पनि अपव्यय हुन्छ । यस्लाई रोक्नको लागि प्रार्थना अत्यन्त उपयोगी साधन हो । प्रार्थनाले चिन्ता घटाउदछ र अन्य चिन्तन बढ्दछ ।
    • भाव : भावपूर्ण प्रार्थनाले साधकमा चिन्तन प्रक्रिया आरम्भ हुन्छ र उसलाई अन्तर्मुख बन्नमा सहायता हुन्छ ।
  • नामजपको प्रभावमा वृद्धि : साधकहरु ईश्वर प्राप्तिको लागि नामजप गर्दछन् । ईश्वर प्राप्तिको लागि इच्छा र भाव तीव्र छ भने मात्र नामजप वास्तवमा प्रभावकारी हुन्छ । एउटा सन्त नामजपमा यति मग्न हुनुहुन्थ्यो कि उहाँलाई  बाह्य जगतको ध्यान हुदैन थियो । यति तीव्र भावसँग नामजप गर्ने मनुष्य विरलै हुन्छ । तथापि उत्कृष्ट नामजप हेतु बारम्बार प्रार्थना गर्नाले भाव जागृत हुन्छ र हाम्रो नामजप ईश्वरको चरणोसम्म पुग्दछ ।
  • साधनामा दैवी सहायता : जब साधक आफ्नो साधनाको लागि पूरक कुनै वांच्छित प्रयास हुन, विचार गर्न, दृष्टिकोण अपनाउनको लागि ईश्वरसँग निष्ठा पूर्वक प्रार्थना गर्दछ तब असाध्य प्रतीत हुने कार्य पनि गुरुको कृपाले सहज सम्पन्न हुन्छ ।
  • गलतिहरुको लागि क्षमा प्राप्त गर्ने : गलती हुदा यदि हामी शरणागत भावकोसाथ ईश्वर अथवा गुरुसँग प्रार्थना गर्दछौं, तब हाम्रो गलतीलार्इ क्षमा गरिदिनुहुन्छ। तर प्रार्थना अनि शरणागत भाव गलतीको तीव्रताको अनुरूप हुनु पर्दछ ।
  • अहंकार कम गर्ने: प्रार्थनाको समयमा हामी ईश्वरको समक्ष याचना गर्दछौं । त्यो समयमा आफ्नो घमण्ड त्यागेर हामी विनीत भावको साथ आफ्नो इच्छा, मानवीय दुर्बलता तथा ईश्वरसँग निर्भरता स्वीकार गर्दछौं । फलस्करूप हाम्रो अहंकार शीघ्र घट्नमा मद्दत हुन्छ । सन्दर्भप्रार्थनाको महत्त्व
  • अनिष्ट शक्तिबाट रक्षा : अनिष्ट शक्तिबाट (भूत, प्रेत, पिशाच) रक्षा हेतु प्रार्थना एउटा प्रभावशालि साधन हो । यसले प्रार्थना गर्ने व्यक्तिको सबैतर्फ सुरक्षा कवच बन्दछ ।
  • आस्थामा वृद्धि : जब प्रार्थनाको उत्तर मिल्दछ तब गुरु र ईश्वरप्रति विश्वास पनि बढ्दछ । साधनाको यात्रामा एकमात्र चलन (currency) हो आस्था ।