आध्यात्मिक उपचारको प्रभावकारितालार्इ प्रभाव पार्ने कारकहरु

SSRF को सुझाव छ कि शारीरिक अनि मानसिक रोगको लागि आध्यात्मिक उपचारको साथ-साथै चिकित्सकीय उपचार जारी राख्नुहोस् ।
पाठकलार्इ अनुरोध छ कि आफ्नो विवेकनुसार कुनै पनि आध्यात्मिक उपचार गर्न सक्नुहुन्छ ।

आध्यात्मिक उपचारको प्रभावकारितालार्इ प्रभाव गर्ने कारकहरु अनेक हुन्छन् साथै विभिन्न पक्षहरुमा निर्भर गर्दछन् । यी विभिन्न पक्षहरु बीचको अन्तरक्रिया जटिल हुन्छन् तथा आध्यात्मिक उपचारको प्रभावकारितामा मुख्य अन्तर्निहित कारक व्यक्तिको गुणवत्ता र आध्यात्मिक अभ्यासको मात्रामा हुन्छ । केवल अतींद्रिय संवेदनक्षमता अथवा छैटौं इन्द्रिय ले युक्त व्यक्तिले नै सामस्याको विविध कारकहरुको भूमिका जान्न सक्छ ।

विभिन्न पक्षहरु यस प्रकार छन्:

आध्यात्मकि उपचारलाई प्रभावित गर्ने कारकहरु के-के हुन् ?

१. प्रभावित व्यक्ति
२. उत्तरदायी कारक अर्थात मूल आध्यात्मिक कारणको प्रकार
३. समस्याको कारण
४. प्रयुक्त आध्यात्मिक उपचार
५. आध्यात्मिक उपचारक

१. प्रभावित व्यक्ति

अ. व्यक्तिको प्रारब्ध

व्यक्ति कति छिटो निको हुन सक्छ, यो व्यक्तिको सौम्य, मध्यम अथवा तीव्र प्रारब्धमा  निर्भर गर्दछ । तीव्र प्रारब्ध भएको अवस्थामा व्यक्तिले निर्धारित समयसम्म पिडा भोग्नु पर्दछ, प्रभावित व्यक्तिलार्इ सर्वप्रथम आध्यात्मिक उपचार गर्ने विचार आउदैन अथवा उनको लागि उपचार अनुपलब्ध हुन सक्छ । यदि उनलार्इ जानकारी गरायो भने पनि उनी आफ्नो कुरामा अडिक रहन्छ अनि भन्छ म त्यसमा विश्वास गर्दिन । सन्दर्भको लागि आध्यात्मिक उपचारको विविध पद्धतिहरुद्वारा स्वस्थ हुने सम्भावनामा प्रारब्धको प्रभाव तालिकामा हुर्नुहोस् ।

आ. व्यक्तिको साधना तथा आध्यात्मिक स्तर

व्यक्तिको आध्यात्मिक स्तर तथा उनले गरेको साधना यो निश्चित गर्ने एकमात्र महत्वपूर्ण कारक हो कि व्यक्ति र्इश्वरबाट कति संरक्षण प्राप्त गर्न सक्छ । यदि व्यक्तिको आध्यात्मिक स्तर कम छ भने पनि र्इश्वर उनलार्इ मद्धत गर्दछ यदि उनीमा र्इश्वर प्राप्तिको तीव्र इच्छा छ भने तब र्इश्वर कष्टमाथि विजय प्राप्त गर्नमा सहायता गर्दछ किन कि कष्ट उनको साधनामा अवरोध बन्न सक्छ । कष्ट माथि विजय प्राप्त गर्नुको अर्थ हो कष्ट हटेर जाने अथवा कम हुने अथवा व्यक्तिलार्इ कष्ट झेलनको लागि सामर्थ्य मिल्ने, यस कारण उनी अप्रभावित रहने ।

हामी मध्य जो साधना गरिरहेका छौं

  • आध्यात्मको ६ मूलभूत सिद्धान्त अनुसार होस् तथा
  • साधना बढाउनको लागि निरन्तर प्रयासरत रहने

आध्यात्मिक उपचारबाट पूर्णत: तथा स्थायी रुपमा शीघ्र लाभ प्राप्त हुने अवसर अधिक हुन्छ ।

इ. आध्यात्मिक उपचारको उपायमा विश्वास

जसलार्इ आध्यात्मिक उपचारमा कम विश्वश छ अथवा छदैछैन त्यसको तुलनामा जसलार्इ विश्वास छ उनी शीघ्र तथा पूर्ण रुपले लाभांवित हुन्छ । यद्यपि जसलार्इ विश्वास छैन उनलार्इ पनि आध्यात्मिक उपचारको पूरै लाभ नमिले पनि लाभ अवश्य मिल्दछ ।

र्इ. आध्यात्मिक उपचारको नियमितता तथा तीव्रता

आध्यात्मिक उपचारको नियमितता तथा तीव्रता उपचारको गति निश्चित गर्दछ ।

उ. आध्यात्मिक उपचार वैज्ञानिक दृ्ष्टिले अथवा अचूकताले कसरी गरिन्छ ।

यदि आध्यात्मिक उपचारको उपाय योग्य आध्यात्मिक पद्धतिले गरेन भने त्यसको प्रभाव घट्दछ अथवा नगण्य हुन जान्छ । यसले आध्यात्मिक उपचारको उपाय तथा योग्य क्रियान्वयनको लागि आध्यात्मशास्त्रको अध्यन गर्नुपर्ने महत्वलार्इ बल दिन्छ ।

ऊ. कष्ट प्रारम्म भएपछि कति शीघ्र आध्यात्मिक उपचार सुरु गरिन्छ

जुन कष्टको मूल कारण आध्यात्मिक आयाममा हुन्छ कष्ट प्रारम्भ भएपछि जति छिटो आध्यात्मिक उपचार आरम्भ गर्दछ त्यति रोम्रो परिणाम मिल्दछ ।

ए. के आध्यात्मिक उपचार स्वत: गरिरहेको छ अथवा सन्तको मार्गदर्शनबाट

स्वत: गरेको आध्यात्मिक उपचारको तुलनामा सन्तद्वारा बताएको आध्यात्मिक उपचारले अधिक राम्रो परिणाम दिन्छ । यस्तो यस कारण हुन्छ कि सन्तद्वारा बताएको आध्यात्मिक उपचार पछाडि उहाँको संकल्प हुन्छ । साथै सन्तद्वारा बताएको विशिष्ट उपाय तुरुन्त गर्नाले परिणाम अत्यन्त प्रभावकारी हुन्छ ।

ऐ. प्रभावित व्यक्तिको चारैतर्फ कालो शक्तिको आवरको मात्रा

व्यक्तिको चारैतर्फ कति कालो शक्तिको आवरण छ त्यति नै लामो समय आध्यात्मिक उपचार लाभकारी हुनमा लाग्दछ । वास्तबमा प्रारम्भमा उपचार कालो आवरण हटाउन कार्य गर्दछ जसले गर्दा आध्यात्मिक उपचारको प्रभाव व्यक्तिसम्म पुग्न सकोस् ।

२. उत्तरदायी कारक

१. प्रभावित गर्ने पूर्वज अथवा अनिष्ट शक्तिको शक्ति

यदि कष्ट दिने पूर्वज अथवा अनिष्ट शक्तिको शक्ति कम छ भने आध्यात्मिक उपचारले व्यक्तिको कष्ट तुरुन्त तथा पूर्ण रुपले ठीक गरि दिन्छ । यस कारण प्रारम्भमा व्यक्तिप्रति आध्यात्मिक उपचार प्रभावशून्य प्रतीत हुन सक्छ किन कि आक्रमण गर्ने अनिष्ट शक्ति अथवा पूर्वजको शक्ति अधिक हुन सक्छ जसले आध्यात्मिक उपचारको प्रभावलार्इ प्रतिरोध गर्न सक्छ ।

२. एउटा अथवा एउटा भन्दा अधिक उत्तरदायी कारकहरु

यदि कष्ट केवल एउटा आध्यात्मिक कारणबाट भएको हो भने आध्यात्मिक उपचारले राम्रो प्रभाव पर्दछ । उदाहरणको लागि यदि व्यक्तिलार्इ पितृदोषको कारण कष्ट (eczema) भएको हो भने ‘श्री गुरुदेव दत्त’ को नामजप आरम्भ गरेको एक हप्तामा ठीक हुन सक्छ, जुन मेलबर्नमा हाम्रो एउटा कार्यशालामा उपस्थित एक व्यक्ति (प्रतिभागी) को प्रकारणमा भएको थियो । तर यदि यहि प्रकारणमा अनिष्ट शक्तिको आक्रमणको कारण भएको हो भने तब जटिल हुन सक्छ अनि आध्यात्मिक उपचारबाट शीघ्र परिणाम पनि मिल्दैन ।

३. यदि कष्टको कारण पूर्णरुपले शारीरिक अथवा मानसिक आयाममा छ

यदि कष्टको कारण पूर्णरुपमा शारीरिक अथवा मानसिक आयाममा छ भने आध्यात्मिक उपचारको प्रभाव त्यति प्रभावशाली हुदैन जति आध्यात्मिक आयामको प्रकरणमा हुन्छ । उदाहरणको लागि यदि व्यक्तिमा पितृदोषको कारण व्यसनको लत लागेको हो भने एक हप्तामा व्यसन मुक्त अनुभव गर्न सक्छ जस्तै हाम्रो दुबर्इको कार्यशालामा एउटा प्रतिभागीको प्रकरण मा भएको थियो । यदि उनको व्यसन शारीरिक अथवा मानसिक कारणले भएको हो भने आध्यात्मिक उपचारको परिणाम त्यति प्रभावशाली हुन सक्दैन ।

तथापि पूर्ण विचार गर्यौं भने कष्ट पूर्णरुपमा शारीरिक अथवा मानसिक आयाममा भए पनि आध्यात्मिक उपचारद्वारा व्यक्तिलार्इ लाभ मिल्दछ । आध्यात्मिक उपचारले शारीरिक अथवा मानसिक उपचारको प्रभावकारिता बढाउनको लागि कार्य गर्दछ । यसको साथ-साथै व्यक्तिको चारैतर्फ भएको कालो शक्तिको आवरण पनि दूर हुन जान्छ । यसरी व्यक्तिको स्वास्थलाभ अनि परंपरागत चिकित्साको प्रभाव बढाउनको लागि सहायक हुन्छ ।

४. उत्तरदायी कारकले एकै पल्ट प्रभावित गरेको छ अथवा निरन्तर प्रभावित गरिरहेको छ

यदि आध्यात्मिक उत्तरदायी कारकले व्यक्तिलार्इ एक पल्ट मात्र प्रभावित गरेको छ भने तब आध्यात्मिक उपचारको परिणाम सीमित अवधिमा नै शीघ्र तथा अधिक पूर्ण रुपमा प्राप्त हुन्छ । तर यदि उत्तरदायी कारक व्यक्तिलार्इ निरन्तर प्रभावित गरिरहेको छ भने तब आध्यात्मिक उपचार पनि निरन्तर गर्नु आवश्यक हुन्छ जबसम्म उत्तरदायी कारक सक्रिय रहन्छ ।

एउटा व्यक्तिको उदाहरण दिन्छु जुन भुत-प्रेतले तर्साउने घरमा गएपछि असामान्य व्यवहार दर्शाउँछ तथा त्यहाँको कालो शक्तिले प्रभावित हुन जान्छ । यस्तो स्थितिमा थोरै समयको आध्यात्मिक उपचारले नै उनलार्इ फार्इदा मिल्दछ ।

तर यदि भूत-प्रतले तर्साउने घरमा कुनै अनिष्ट शक्तिद्वारा आविष्ट भयो भने तथा त्यसपछि असामान्य व्यवहार दर्शाउँछ भने तब उनको कष्टको लक्षणहरु हटाउनको लागि आध्यात्मिक उपचार दीर्घकालसम्म निरन्तर गर्न आवश्यक हुन्छ अनि कष्टबाट मुक्ति पाउनको लागि वास्तवमा लामो समय लाग्दछ ।

३. कष्ट

१. एउटा अथवा अनेक कष्टहरु

यदि व्यक्तिलार्इ, एउटै मात्र कष्ट छ जस्तै अनिष्ट शक्तिको आक्रमणको कारण भएको एक्जिमा (eczema) हो भने अनेक कष्ट जस्तै एक्जिमाको साथ-साथै असामान्य व्यवहार इत्यादि हटाउने तुलनामा शीघ्रतासँग दूर हुन्छ ।

२. परिवर्तनीय अथवा अपरिवर्तनीय क्षति

आध्यात्मिक उपचारको गति र प्रभावको सीमा परिवर्तनीय क्षति अथवा अपरिवर्तनीय क्षति भएको छ, यसमा निर्भर गर्दछ । उदाहरणको लागि यदि मृगौलामा भूतको आक्रमणको कारण अपरिवर्तनीय क्षति भएको छ भने तीव्रताले उच्च स्तरको आध्यात्मिक उपचारको उपाय गर्नुपर्दछ । शरिरको अङ्गहरुमा क्षति भएको छ भने त्यसलार्इ ठिक गर्न सम्भव छ तर यसको लागि तीव्र आध्यात्मिक अभ्यास (spiritual practice) को साथ-साथै उच्च स्तरको आध्यात्मिक उपाय गर्न आवश्यक हुन्छ ।

४. प्रयुक्त आध्यात्मिक उपचार

१. प्रयुक्त आध्यात्मिक उपचारको प्रकार

आध्यात्मशास्त्रको छ: मूलभूत सिद्धान्त अनुसार निरन्तर साधना गर्नु सबै भन्दा उत्तम आध्यात्मिक उपचार हो ।

अन्य आध्यात्मिक उपचार उपायहरु मध्य निम्न ब्रह्माण्डीय तत्वमा आधारित उपचार भन्दा उच्च ब्रह्माण्डीय तत्वसँग सम्बन्धित उपचारले शीघ्र परिणाम दिन्छ ।

उदाहरणको लागि, इत्रको प्रयोग गरेर गरिने आध्यात्मिक उपचार सबै भन्दा निम्नस्तरको तत्वसँग सम्बन्धित हुन्छ अर्थात पृथ्वीतत्वसँग सम्बन्धित हुन्छ । यो उपचार आप-तत्वसँग सम्बन्धित ‘नुन पानीको उपचार भन्दा निम्न स्तरको हुन्छ ।

२. प्रयुक्त उपचार विशिष्ट मुल्यांकनद्वारा गरिएको हो अथवा मात्र अनुमान लगाएको हो

उत्तरदायी कारकको विशिष्ट मुल्यांकनपछि आध्यात्मिक उपचारको प्रयोगले शीघ्र एवं पूर्ण परिणाम दिन्छ । यसको कारण यो हो कि अतींद्रिय संवेदीग्रहण क्षमता अथवा छैटौं इन्द्रियको प्रयोगले हामी यथार्थ उत्तरदायी कारक अथवा कारकलार्इ सही ढङ्गले थाहा पाउन सक्छौं तथा समस्या उत्पन्न हुनुको यथार्थ क्रियापद्धति पनि थाहा पाउन सक्छौं । यसले योग्य आध्यात्मिक उपचार थाहा पाउनको लागि बाटो देखार्इ दिन्छ । यसले शीघ्र तथा अधिक पूर्ण रुपले एवं स्थायी परिणाम दिन्छ । तथापि यदि कसैले त्यतिकै अथवा आफ्नो इच्छा अनुसार कुनै विशिष्ट आध्यात्मिक उपचार गर्दछ भने त्यसबाट १०० प्रतिशत प्रभावी हुने सम्भावना अल्प हुन्छ । यसको कारण यो हो कि समाजमा धेरै व्यक्तिको छैटौं इन्द्रिय अविकसित छन् जसले गर्दा उत्तरदायी कारकको अचूक निदान सम्भव हुन सक्दैन । फलस्वरुप योग्य आध्यात्मिक उपचार प्राप्त हुन सक्दैन । तब पनि आध्यात्मिक उपचारको प्रयोग गर्नाले हाम्रो कष्टको तीव्रता  घट्ने सम्भावना बढेर जान्छ ।

३. एक अथवा अनेक उपचारहरुको उपयोग गर्ने

यदि अनेक आध्यात्मिक उपचारहरुलार्इ सामूहिक रुपमा गर्यौं भने अधिक लाभ मिल्दछ । उदाहरणको लागि विभूति लगाउने, नुन-पानी को उपचार गर्ने तथा र्इश्वरको नामजप गर्ने । यी मध्य केवल एउटा मात्र उपचार गर्नुको अपेक्षा सबै सामूहिक रुपले गर्दा राम्रो परिणाम प्राप्त हुन्छ ।

४. आध्यात्मिक उपचारको लागि प्रयोग गर्ने वस्तुहरुको उपलब्धता

उपचारको लागि सबै आवश्यक तथा असली वस्तुहरुको उपलब्धता राम्रो परिणाम सुनिक्ष्चित गर्दछ । उदाहरणको लागि गोमूत्रको उपयोग आध्यात्मिक उपचारको लागि वर्णसंकर रहित गार्इको स्वच्छ मूत्रको प्रयोगले राम्रो परिणाम प्राप्त हुन्छ ।

५. उपचारको लागि प्रयुक्त वस्तुको शक्ति

अपनाउन गर्इरहेको आध्यात्मिक उपचारको प्रभावकारिता पनि उपचारको लागि प्रयुक्त वस्तुहरुको शुद्धता एवं शक्ति द्वारा सुनिक्ष्चित हुन्छ । उदाहरणको लागि यदि विभूति आध्यात्मिक उपचारको रुपमा प्रयोग गरिने हो भने पूजाघरमा जलाएको अन्य घूप भन्दा SSRF द्वारा निर्मित घूपबाट प्राप्त विभूति अधिक शक्तिशाली हुन्छ ।

६. उपचारमा प्रयुक्त हुने वस्तुहरुमा कालो आवरणको मात्रा

आध्यात्मिक उपचारको लागि प्रयोग हुने सबै वस्तुहरु जस्तै विभूति, तीर्थ इत्यादि यदि रज-तम वातावरणमा राख्यो भने ती वस्तुहरुमा रज-तम को आवरण आउदछन् । यसको साथ-साथै परिसरमा विदय्मान अनिष्ट शक्ति अथवा व्यक्तिलार्इ प्रभावित गर्ने अनिष्ट शक्ति ती वस्तुहरुमा कालो शक्तिको आवरण निर्मित गर्न सक्छ । यी दुवै प्रसङ्गमा आध्यात्मिक उपचारको लागि प्रयोग गरिने वस्तुहरुको प्रभावकारिता अत्यधिक घटेर जान्छन् । त्यसैले ध्यान राख्नुहोस् कि वस्तुहरुलार्इ सात्विक वातावरण जस्तै पूजाघरमा राख्नुपर्छ तथा रज-तमको प्रभाव जस्तै कुनै प्रभावित व्यक्तिको सम्पर्कमा आउने इत्यादि बाट टाढा राख्नु पर्दछ ।  यसको साथै हाम्रो यो पनि सुझाब छ कि प्रत्येक पटक आध्यात्मिक उपचार गर्ने समय यी वस्तुहरुको प्रयोग गर्नु भन्दा पहिला शुद्ध गर्नको लागि प्रार्थना गर्ने अथवा जल मिश्रित गोमूत्र अथवा तीर्थ इत्यादि छर्किन सक्छ ।

५. आध्यात्मिक उपचारक

१. उपचारको आध्यात्मिक स्तर तथा शक्ति

यो आवश्यक हुन्छ कि जो आध्यात्मिक उपचार गर्दछ उनको आध्यात्मिक स्तर न्यूनतम ५० प्रतिशत हुनु पर्दछ । यो स्तरमा मनको लाय हुन आरम्भ भर्इसकेको हुन्छ तथा उपचारक वैश्विक इच्छा-शक्ति ग्रहण गर्न आरम्भ हुन्छ । किन कि उनले सूक्ष्म-शक्ति प्राप्त गर्न सक्छ त्यसैले उनको आध्यात्मिक उपचार गर्ने क्षमता अत्यधिक बढेर जान्छ ।

अर्को तर्फ जुन उपचारको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दा कम हुन्छ, आध्यात्मिक उपचार गर्ने क्षमता कम हुनुको साथ-साथै उपचारकलार्इ उच्चस्तरीय अनिष्ट शक्तिद्वारा आविष्ट गर्ने सम्भावना रहन्छ । त्यसैले जुन व्यक्ति उनीद्वारा उपचार गराउछ, उनलार्इ पनि आविष्ट गर्ने जीवद्वारा प्रभावित अथवा आविष्ट गर्ने सम्भावना रहन्छ ।

विभूति फुक्ने जस्तो आध्यात्मिक उपयाको प्रकारणमा, जहाँ विभूति जस्तो अचेतन वस्तुको प्रयोग गरिन्छ त्यहाँ आध्यात्मिक उपाय केवल ५ प्रतिशत प्रभावशीलता वस्तु अर्थात विभूतिमा निर्भर गर्दछ, शेष ९५ प्रतिशत प्रभावशीलता विभूति फुक्ने उपचारकमा निर्भर गर्दछ ।

२. उपचारको ज्ञान र बुझाइ

कहिले काहि उपचारकमा आध्यात्मिक उपचार गर्ने क्षमता सहज र अंतर्निहित हुन्छ अथवा आफ्नो अभिभावक अथवा मार्गदर्शकबाट आध्यात्मिक उपचारको पद्धतिहरु सिकदछ । सामान्यत: यदि यो क्षमता विशिष्ट तथा आध्यात्मिक उपचार पछाडिको आध्यात्मिक शास्त्रको गहन ज्ञान अनि बुझाइ छैन भने तब उपचारको क्षमता अत्यन्त सीमित हुन जान्छ

३. सूक्ष्म संवेदी तथा क्रियात्मक क्षमता

उच्चस्तरीय सूक्ष्म संवेदी क्षमता भएको उपचारकले कष्ट उत्तरदायी कारक थाहा पाउनमा सक्षम हुन्छ । (हाम्रो छैटौं इन्द्रियले असाधरण गतिविधि ग्रहण गर्ने क्षमताको गहनता को सन्दर्भ लिनुहोस्) । उच्चस्तरीय सूक्ष्म संवेदी क्षमताबाट वास्तवमा बच्ने प्रयास गरिरहेका उत्तरदायी जीव थाह पाउनमा सहायता हुन्छ । यसले विशिष्ट आध्यात्मिक उपचारको राम्रो योजना बनाउनमा पनि सहायता हुन्छ ।

उच्चतर सूक्ष्म क्रियात्मक क्षमता भएको उपचारकसँग उच्चस्तरीय अनिष्ट शक्तिसँग युद्ध गर्ने क्षता हुन्छ तथा सफलतापूर्वक उनिमा विजय प्राप्त गर्न सक्छ ।

४. गुरुको कृपा

तुलनात्मक दृ्ष्टिले जुन उपचारकलार्इ गुरु अथवा सन्तको कृपा प्राप्त भएको छ, उनी द्वारा गरिएको आध्यात्मिक उपचारले शीघ्र तथा अधिक पूर्ण परिणाम दिन्छ, जसलार्इ गुरु अथवा सन्तको कृपा प्राप्त भएको छैन, चाहे उनको अनुभव त्यतिकै होस् तथा आध्यात्मिक स्तर समान किन नहोस् तर पनि उनीद्वारा गरिको उपचारको परिणाम कम हुन्छ । यसको कारण यो हो कि जुन उपचारकलार्इ गुरु अथवा सन्तको कृपा प्राप्त हुन्छ उनको पछाडि र्इश्वरीय शक्ति हुन्छ । त्यसैले उपचार गर्ने शक्ति अत्यधिक हुन्छ ।

५. यदि उच्चस्तरीय अनिष्ट शक्तिद्वारा प्रभावित भएको छ भने तब उपचारमा वृद्धि हुन सक्छ ।

कहिले काहि उपचारक स्वयं उच्चस्तरीय अनिष्ट शक्ति जस्तै सूक्ष्मस्तरीय मान्त्रिकद्वारा आविष्ट भएको हुन्छ । यस्तो प्राय यो स्थितिमा हुन्छ जब

  • उपचारको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दा अल्प हुन्छ
  • उपचारक ख्याति, बल तथा धनको लालसाको जालमा फसेको हुन्छ
  • उपचारक, सन्त अथवा गुरुको मार्गदर्शनमा कार्य नगरि आफ्नो मन अनुसार कार्य गर्दछ
  • उपचारक आफ्नो आध्यात्मिक शक्ति भन्दा अधिक बलवान अनिष्ट शक्ति हटाउने प्रयास गर्दछ ।

यस्तो अवस्थामा उपचारकको स्वयंको क्षमता भन्दा अधिक राम्रो परिणाम दिन्छ । यो उपयोगी प्रतीत हुन सक्छ तर वास्तवमा कष्ट हटाउने बहानामा आविष्ट गर्ने अनिष्ट शक्ति प्रभावित व्यक्तिमा अत्यधिक कालो शक्ति एकत्रित गरि दिन्छ ।

६. अन्य कारकहरु

१.  परिसरको सात्विकता

सात्विक परिसरमा गरेको आध्यात्मिक उपचारले शीघ्र तथा राम्रो परिणाम दिन्छ किन कि वातावरणको रज-तम हटाउनमा शक्ति खर्च हुदैन । त्यसैले घरमा रज-तमको प्रवाभ हटाउन तथा घरको शुद्धिकारणको लागि उपाय गर्नु राम्रो हुन्छ ।

२. व्यक्तिको जीवनशैली

समान कष्टमा समान आध्यात्मिक उपचार गर्दा सात्विक व्यक्तिलार्इ असात्विक व्यक्तिको तुलनामा अधिक शीघ्रतासँग उपचारको लाभ प्राप्त हुन्छ ।