प्रार्थनाको परिभाषा

प्रार्थना – यो शब्द ‘प्र’ र ‘अर्थ’ बाट मिलेर बनेको हो, जसको अर्थ हो पूर्ण तल्लीनताको साथ निवेदन गर्नु । आर्को शब्दमा भन्नु पर्दा प्रार्थनाको तात्पर्य हो, ईश्वरसँग कुनै वस्तुको लागि  तीव्र तडपसँग गरिने निवेदन ।

प्रार्थनामा आदर, प्रेम, आवेदन एवं विश्वास समाहित हुन्छ । प्रार्थनाको  माध्यम द्वारा भक्त आफ्नो असमर्थतालाई स्वीकार गरेर ईश्वरलाई कर्ता मान्दछ । प्रार्थनामा ईश्वरलाई  कर्ता मान्नुको  तात्पर्य यो हो कि हाम्रो अन्तर्मनले यो स्वीकार गर्दछन् कि ईश्वर  हाम्रो सहायता गर्नुहुन्छ साथै  कार्य  पूर्ति पनि गरिदिनु हुन्छ । भक्तिको आध्यात्मिक (भक्तियोगको) पथमा अग्रसर हुनको लागि प्रार्थना, साधनाको  एउटा महत्त्वपूर्ण साधन हो ।