https://www.spiritualresearchfoundation.org/spiritual-healing/spiritual-healing-principles/mechanism-behind-spiritual-healing-methods

SSRF को सुझाव छ कि शारीरिक अनि मानसिक रोगको लागि आध्यात्मिक उपचारको साथ-साथै चिकित्सकीय उपचार जारी राख्नुहोस् ।

पाठकलार्इ अनुरोध छ कि आफ्नो विवेकनुसार कुनै पनि आध्यात्मिक उपचार गर्न सक्नुहुन्छ ।

१. आध्यात्मिक उपचारको प्रकार अथवा पद्धतिहरु

उपचारको दुर्इ प्रकारहरु अथवा पद्धतिहरु छन्, जसले शक्तिको कार्यान्वयन भिन्न प्रकारले हुन सक्छन् । उपचार निम्न प्रकारले गर्न सकिन्छ ।

१. पवित्र जल (तीर्थ) अथवा पवित्र विभूति जस्ता निर्जीव वस्तुको उपयोग ।
२. व्यक्तिको माध्यमबाट:

a. उपचार गर्ने व्यकतिको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दा अधिक अनि साथै आध्यात्मिक कष्ट नभएको आवश्यक हुन्छ ।
b. सन्त (अर्थात ७०% भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्ति).

उपयोग गरिने पद्धतिमा, उपचारको प्रक्रिया अर्थात शक्तिको कार्यान्वयन निर्भर गर्दछ । यस लेखमा हामी आध्यात्मिक रुपले जागृत भएको वस्तुद्वारा गरिने उपचार पद्धतिको विषयमा ध्यान दिनेछौं ।

. उपचार-पद्धति अनि तदनुसार त्यसको कार्यपद्धति

यो सूत्र हामी बल्ब प्रकाशित गर्ने एक सरल उदाहरणद्वारा स्पष्ट गर्नेछौं ।

१. बटन: बल्ब प्रकाशित गर्नको लागि पहिलो चरण हो, उचित बटन दबाउने । यसको अर्थ हो आध्यात्मिक उपचारको लागि कुन साधन अथवा वस्तु छनैट गर्दछौं ।
२. तार: तदुपरांत बिजुलीको प्रवाह तारबाट हुन्छ अनि अन्तिम परिणामको रुपमा दीपक प्रकाशित हुन्छ । कुन दीपक प्रकाशित गर्ने हो, त्यसको लागि कुन बटन दबाउने हो, यो निर्भर गर्दछ । यस प्रकार आध्यात्मिक उपचारमा विविध उपचार पद्धतिहरु विविध प्रकारका परिणाम विभिन्न स्तरका सकारात्मक शक्तिका माध्यमबाट दर्शाउदछन्
३. बल्ब: सबै पद्धतिहरुमा उपचारको अन्तिम परिणाम (अर्थात दिप प्रकाशित हुने) ब्रह्माण्डको ५ मूलभूत तत्व (पञ्चतत्व) को माध्यमबाट देखार्इ दिन्छ ।

https://www.spiritualresearchfoundation.org/spiritual-healing/spiritual-healing-principles/mechanism-behind-spiritual-healing-methods

.१ उपचारको पहिलो पद्धतिको प्रक्रिया : निर्जीव वस्तुहरु

निम्नलिखित निर्जीव वस्तुहरुको प्रकार अनि पञ्चतत्व जसले उपचारलार्इ प्रभावित गर्दछ.

उपचारको लागि प्रयुक्त वस्तु सत सकारात्मक शक्तिको प्रतिशत मात्रा ब्रह्माण्डको मूलभूत तत्व जसको माध्यमबाट कार्य हुन्छ
प्राणिक हीलिङ्गमा प्रयुक्त स्फटिक ०.२५% अग्नि
जन्तर २% अग्नि
पत्थर २% पृथ्वी
स्फटिक २% अग्नि
धार्मिक प्रतीक २% पृथ्वी
विभूति २% अग्नि
चमेलीको काठ २% वायु
पवित्र जल (तीर्थ) (जल + विभूति) २% आप + अग्नि
धूप अथवा इत्र २% पृथ्वी
रङ्ग २% रङ्गको अनुसार परिवर्तित हुन्छन्
यन्त्र (विशिष्ट चित्र) ३% अग्नि
गोमूत्र ३% आप
सन्तद्वारा दिएको पवित्र प्रसाद ४% आप
९०% स्तर भन्दा अगाडिको सन्तको हस्तलिखित ५% अग्नि

टिपण्णी:

 १. सकारात्मक आध्यात्मिक शक्तिहरुका विविध स्तरहरु छन् ।

२. आध्यात्मिक उपचारसँग सम्बन्धित ‘यन्त्र’ एक चित्र हो जसको उद्धेश्य सकारात्मक शक्तिको संचारित गर्नु हो ।

३. यी तीन वस्तुहरु जीवित प्राणिसँग सम्बन्धित छन्, जसले चैतन्य आकर्षित तथा प्रक्षेपित गर्न सक्छ । चैतन्य एक संस्कृत शब्द हो जसको अर्थ, र्इश्वरीय चेतना । यो र्इश्वरीय तत्वको सर्वशक्तिमान अनि सवर्ज्ञता हो । र्इश्वरीय चेतना, मूल सूक्ष्म सत्वगुण भन्दा अधिक सूक्ष्म अनि शक्तिमान हुन्छ । त्यसैले जब र्इश्वरीय चेतना संक्रमित गर्दछ तब सात्विक्तामा वृद्धि हुन्छ । टिपण्णी: १ देखि १०० सम्मको मापमा हेर्ने हो भने कुनै पनि निर्जीव वस्तुमा र्इश्वरीय चेतना ० (शून्य) हुन्छ अनि अधिकतम निर्जीव वस्तुमा ६ हुन्छ, जुन कि सन्तको समाधिमा हुन्छ । पढ्नुहोस् लेख : कसलार्इ सन्त मान्ने

यहाँ पनि हामी आध्यात्मिक उपचारको मूलभूत सिद्धान्त अनुसार, प्रभावित भागमा सात्विकता बढाएर अनिष्ट शक्तिको प्रभाव व्यक्तिमा न्यून गर्दछ । यो बढेको सात्विकता ब्रह्माण्डको कुनै पनि एक मूल तत्व अथवा अनेक तत्वसँग मिलेर उपचार प्रक्रिया पूर्ण गर्दछ ।

माथि दिएको तालिका पढ्ने पद्धति :

पवित्र जलको उदाहरण हेरौं । यसले जुन भागमा छर्केको छ त्यहाँ सकारात्मक आध्यात्मिक ऊर्जामा २ % वृद्धि ल्याउदछ । उपचार ब्रह्माण्डको मूल आप अनि तेजतत्वको माध्यमबाट हुन्छ ।

स्पिरिच्युल साइन्स रिसर्च फाऊंडेशन (SSRF)  आध्यात्मिक उपचारको लागि नुन मिश्रित जल (नुन-पानी) द्वारा आध्यात्मिक उपाय गर्ने सुझाव दिन्छ । यद्यपि माथिको तालिकामा हामीले नुन-पानीलार्स सम्मिलित गरेका छैनै किन कि यो आध्यात्मिक उपाय माथि दिएका उपायाहरु मध्य फरक छ । विशेष रुपले माथि तालिकामा सम्मिलित वस्तुहरु सकारात्मक आध्यात्मिक शक्ति बढाउने क्षमता राख्दछ । जबकि नुन-मिश्रित जल (नुन-पानी) द्वारा गरिने आध्यात्मिक उपाय मात्र अनिष्ट शक्ति हटाउनको लागि प्रयुक्त हुन्छ । यो ७० प्रतिशत आपतत्व तथा ३० प्रतिशत पृथ्वीतत्वको स्तरमा कार्य गर्दछ ।

३. सारांश

  • आध्यात्मिक उपचारको प्रत्येक साधन कसरी उपयोग गर्ने अनि कहिले गर्ने, यी सम्बन्धमा विस्तृत विवरण हामीले वस्तुहरुको माध्यमबाट आध्यात्मिक उपचार अनुभागमा स्पष्टसँग दिएकाछौं । कृपया सन्दर्भको लागि लेख पढ्नुहोस् “व्यक्तिको माध्यमबाट गरिने आध्यात्मिक उपचार पद्धतिको प्रक्रिया” ।
  • आध्यात्मिक उपचारको लागि माथि दिएको तालिकामा उल्लेख गरेको वस्तुको उपयोग गर्नु भन्दा पहिला, उपयोग गरिरहेको समय तथा उपयोग गरिसकेपछि आर्ततापूर्ण प्रार्थना तथा भाव वृद्धिको लागि प्रयासले उपचारको क्षमता बढ्दछ ।
  • नियमित साधनाको साथ आफ्नो कृत्य, विचार तथा वातावरण सात्विक राख्नाले आध्यात्मिक उपचारको क्षमता बढ्दछ ।