कसरी आध्यात्मिक उपचारकले, उपचार गर्ने ?

SSRF ले शारीरिक र मनोचिकित्सा रोगहरुको उपचारका लागि आध्यात्मिक उपचारको साथ-साथै पारम्पारिक चिकित्सा उपचार निरन्तर गर्नको लागि सल्लाह दिन्छ ।

पाठकलार्इ सल्लाह छ कि आफ्नै विवेकाधिकारमा कुनै पनि आध्यात्मिक उपचार गर्नुहोस् ।

. आध्यात्मिक उपचारको लागि उपयुक्त दुर्इ महत्वपूर्ण सिद्धान्तहरु

आरम्भमा हामीले दुर्इ महत्तवपूर्ण सिद्धान्तहरु बुझ्नु पर्दछन् :

  • आध्यात्मिक उपचारको सर्वश्रेष्ठ प्रकार हो, आफ्नो लागि साधना गर्ने । साधनाले हामी आफ्नो आध्यात्मिक स्रोतहरु बढाउँछौं, जसले आध्यात्मिक आयामबाट हुने आक्रमणको आशंका न्यून हुन्छ । नियमित साधना, कुनै पनि प्रकारको पद्धति द्वारा उपचार गर्नुको तुलनामा दीर्घ काल सम्म दिने सुरक्षात्मक उपाय हो । आध्यात्मिक उपचारकले उपचारको साथ-साथै व्यक्तिहरुलार्इ साधना आरम्भ गर्न अनि नियमितरुपले गर्नको लागि धेरै भन्दा धेरै प्रोत्साहित गर्नुपर्छ । साधना एउटा आध्यात्मिक चिकित्सकको प्रयोगमा पूरक हुन्छ ।
  • हाम्रो जीवनको उद्देश्य ,यस लेखमा हामीले प्रतिपादित गरेका छौं कि र्इश्वरप्राप्तिको लागि आध्यात्मिक विकास गर्नु हाम्रो जीवनको प्रमुख उद्देश्य हो । अत: हामीले सबै क्रिया, आध्यात्मिक उपचार अथवा अन्य कुनै पनि हाम्रो तथा अन्यको आध्यात्मिक प्रगतिमा सहायता होस्, तब हाम्रो लागि सर्वाधिक लाभप्रद हुन्छन् ।

. आध्यात्मिक उपचारकले कसको उपचार गर्नुपर्छ?

उपर्युक्त उल्लेख अनुसार, आध्यात्मिक उपचार गर्ने व्यक्तिलार्इ समय तथा शक्तिको सर्वाधिक फल तब मिल्छ, जब उनी साधनामा बाधा बन्ने आध्यात्मिक समस्या हटाउनको लागि सहायता गर्दछ । यस्तो गर्नाले उनले व्यक्तिहरुलार्इ आध्यात्मिक प्रगति गर्नमा सहायता गर्दछ ।

शुद्ध आध्यात्मिक दृष्टिकोणले हेर्ने हो भने, जुन व्यक्तिको उद्देश्य साधना गर्ने हुँदैन, उनीमा आध्यात्मिक उपचार गर्नको लागि शक्ति व्यय गर्न व्यर्थ हो । यसको कारण हो, जबसम्म व्यक्तिले आध्यात्मिक उपचारको फलोत्पत्ति बढाउनको लागि साधना गर्दैन तब सम्म अधिकतर तात्कालिक उपचार मात्र हुन्छ, किन कि प्रभावित व्यक्तिलार्इ कुनै अन्य क्षेत्रमा प्रभाव पार्न सक्छ अथवा प्रभावित व्यक्तिलार्इ अन्य कुनै अनिष्ट शक्तिले बार-बार प्रभावित गर्न सक्छ । उपचार गर्ने व्यक्ति आफ्नो आध्यात्मिक स्तरको अनुपातमा वैश्विक शक्ति (universal energy) को उपयोग गर्न सक्छ । यसको साथ आध्यात्मिक उन्नतिको लागि व्यक्तिहरुलार्इ सहायता गर्ने दायित्व आउँदछ, जुन जीवनको उद्देश्य अनुकूल छ । यदि यस्तो भएन भने आध्यात्मिक उपचारकको प्रगति रोकिन जान्छ अनि उनको आध्यात्मिक स्तर तल झर्छ । यस कारण अनिष्ट शक्ति उनलार्इ हराउन सक्छ अनि अनुचित लाभ उठाउन सक्छ ।

आध्यात्मिक उपचारकलार्इ अनुरोध छ कि केवल उपचार गर्नको लागि भावनमा आएर आफूले आफैलार्इ नहराउनुहोस् । यदि कष्ट सहनु व्यक्तिको प्रारब्धको नै एउटा अंग हो, तब यस्तोमा उनको कष्ट केवल केहि समयको लागि घटाउन हाम्रो बसा हुन्छ । व्यक्तिले विशिष्ट मात्रामा कष्ट सहनुनै पर्छ । यदि व्यक्तिमा आध्यात्मिम उपचार गर्नुको उद्देश्य ‘आध्यात्मिक आयामको अस्तित्वमा श्रद्धा निर्णण भएर उनीलार्इ साधना आरम्भ गर्नको लागि प्रेरणा मिल्ने’ तब आध्यात्मिक दृष्टिले यो अधिक श्रेयस्कर हुन सक्छ ।

आध्यात्मिक उर्जा शक्ति प्रयोग गरेर सांसारिक इच्छा पूरा गर्नु आध्यात्मिक उपचारको अनुचित प्रयोग हो । तल दिएको आकृति दर्शाउँछ कि आध्यात्मिक शक्तिको उपयोग गर्ने क्षमतामा वृद्धि आरम्भ हुँदा, कुनै उपचारको पास कति आध्यात्मिक विकल्प हुन्छ ।

कसरी आध्यात्मिक उपचारकले, उपचार गर्ने ?

 

. आध्यात्मिक उपचारको माध्यमले अर्को व्यक्तिलार्इ सहायता कहिले गर्नुपर्छ ?

कहिले-काहि उच्च स्तरको अनिष्ट शक्ति र्इश्वरप्राप्ति गर्ने साधकको साधनामा बाधा ल्याउने उद्दश्यले उनीमाथि आक्रमण गर्दछ । आक्रमणको प्रतिकार गर्नको लागि आवश्यक आध्यात्मिक शक्ति साधकमा हुँदैन । त्यसैले निम्न अवस्थाहरुमा साधकको आध्यात्मिक शक्तिलार्इ आध्यात्मिक उपायको माध्यमबाट वृद्धि गर्न आवश्यक हुन जान्छ :

  • जब बाधा तीव्र स्वरुपको हुन्छ अनि तत्काल हस्तक्षेप गर्न आवश्यक हुन जान्छ ।
  • जब आफ्नो मानसिक तथा आध्यात्मिक दुर्बलताको कारण उनी आफ्नो प्रयन्तले हटाउन सक्दैन ।
  • जब कुनै व्यक्ति अचेत भएको कारण शारीरिक दृष्टिले आध्यात्मिक उपाय गर्न सक्दैन ।
  • जब व्यक्ति विशिष्ट उपाय सम्बन्धि राम्रोसँग प्ररिचित हुँदैन ।

. सारांश – आध्यात्मिक उपचारको लागि केहि महत्वपूर्ण कुराहरु

आध्यात्मिक उपचारको प्रयोग पूरै विश्वमा गरि रहेको छ । के को आधार अनि कहिले उपचार गर्ने, केवल यसको सिद्धान्त अनि आध्यात्मिक दृष्टिकोण जान्नाले उपचारको जीवनको उद्देश्य साध्य भर्इरहेको छ अथवा छैन, यो हामीले सुनिश्चित गर्न सक्छौं । आध्यात्मिक उपचारकले नियमित साधना गर्न आवश्यक हुन्छ । यसले आध्यात्मिक उपचारको लागि बढि रहेको हानिकारक अहं रोक्नमा सहायता मिल्दछ । नियमित साधनाले आध्यात्मिक उपचारलार्इ अनिष्ट शक्तिको आक्रमण बाट पनि रक्षा हुन्छ ।

आफ्नो रोगीको लागि उत्तम आध्यात्मिक उपहार हो, पीडित व्यक्तिलार्इ साधना आरम्भ गर्नमा सहायता गर्ने, जसले उनी आध्यात्मिक स्तरमा आफ्नो सहायत गर्नमा आत्मानिर्भर हुन जान्छ । यो व्यक्तिलार्इ ‘माछा नदिने तर माछा समात्नको लागि बल्क्षी दिने’ र उनलार्इ आत्मानिर्भर बनाउने समान हो ।

यदि आध्यात्मिक उपचारलार्इ आध्यात्मिक उपचार को सिद्धान्तको लेखमालाको यस लेख अथवा अन्य कुनै पनि लेखको सन्दर्भमा कुनै प्रश्न छ भने कृपया हामीलार्इ SSRF login section मा ‘प्रश्न सोध्नुहोस्’ यस सुविधको माध्यमबाट हामीलार्इ सम्पर्क गर्नुहोस् ।