अनिष्ट शक्ति द्वारा प्रभावित अथवा आविष्ट हुँदा लक्षणहरु

विषयसूची

. प्रस्तावना

आध्यात्मिक अनुसन्धान द्वारा ज्ञात भएको छ कि सम्पूर्ण विश्वको लगभग सबै व्यक्ति जीवनमा कुनै न कुनै समय अनिष्ट शक्ति द्वारा प्रभावित भएको हुन्छ विश्वको लगभग ३०% जनसंख्या अनिष्ट शक्ति द्वारा आविष्ट प्रभावित अथवा आविष्ट हुँदा व्यक्तिको क्षमता अनजानमा नै तीव्र गतिले घटेर जान्छ त्यसैले यो सन्दर्भमा शीघ्रातिशीघ्र बुझ्न आवश्यक जसले त्यसमा उपचार गर्न सकोस् ।

अनिष्ट शक्तिद्वारा प्रभावित हुने प्रक्रिया आध्यात्मिक स्तरमा हुन्छ (अर्थात पञ्चज्ञानेन्द्रिय, मन अनि बुद्धि भन्दा बाहिर), त्यसैले व्यक्ति प्रभावित अथवा आविष्ट भएको अथवा नभएको सम्बन्धी ज्ञान केवल ७०% आध्यात्मिक स्तर भन्दा माथिको सन्त अथवा व्यक्ति जसको छैठौं ज्ञानेन्द्रिय जागृत , त्यसलार्इ थाहा हुन सक्छ । अधिकतर व्यक्तिको आध्यात्मिक स्तर उच्च नहुने तथा छैठौं ज्ञानेन्द्रिय अतिजाग्रत नभएको कारण आविष्ट तथा प्रभावित भएको स्थिति अनभिज्ञ रहन्छ

यो लेखमा हामीले अनिष्ट शक्ति द्वारा शरीरको विभिन्न तन्त्रलार्इ प्रभावित गर्दा देखार्इ दिने केही विशिष्ट लक्षणको सूची दिएका छौं यी लक्षण सामान्यतया हुने सम्बन्धित तन्त्र प्रभावित भएमा पनि देखार्इ दिन्छ । त्यसैले जब लक्षणको कारण स्पष्ट हुँदैन, श्रेष्ठ पारम्पारिक उपचारद्वारा पनि लक्षण नष्ट हुँदैन अथवा बारबार उत्पन्न हुन्छ, तब हामी बौद्धिक स्तरमा अनिष्ट शक्तिको कारण हुने सम्भावनाको सन्दर्भमा विचार गर्न सक्छौं

. अनिष्ट शक्ति द्वारा आविष्ट हुँदा कस्तो शारीरिक लक्षण देखाई दिन्छ ?

सरलतासँग बुझ्नको लागि हामीले यसको वर्गीकरण गरेका छौं

. पञ्चज्ञानेन्द्रिय

  • मुखमा नमिठो स्वाद
  • आँखा भित्रतर्फ तानि रहेको, जलन इत्यादि अनुभव हुने
  • आेठ, मुख अनि घाटी सुक्ने
  • अनिष्ट शक्तिको रजतम को कारण प्रभावित व्यक्तिको मुख अनि शरीरमा चिपचिपा आवरण बन्ने
  • तैलीय (oily) त्वचा
  • त्वचामा डाबर आउने
  • भयप्रद स्पर्श अनुभव हुने

. वेदना

  • सुर्इले घोचेको समान सम्वेदना
  • मस्तिष्क दुखाइ अनि माईग्रेन (migraines)
  • कमरमा तीव्र वेदना, पूर्ण शरीरमा वेदना तथा चल्न नसक्ने
  • घाटी दबाएको जस्तो अनुभव हुने

. शरीरको नवद्वारसँग सम्बन्धित लक्षण

सात्विकता को प्रभावमा आउँदा अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच .) शरीरको नवद्वार अर्थात दुर्इ आँखा, दुर्इ नासिका, दुर्इ कान, मुख, पुरुषको लिङ्ग/स्त्रीको योनि अनि मलद्वारको माध्यमबाट छोडेर जान्छ त्यस समय व्यक्तिको यी मध्य कुनै पनि द्वारबाट वायु बाहर उत्सर्जित हुने अनुभव हुन्छ अथवा कसैलार्इ खाँसी, हार्इ आउने, डकार, हाच्छिउं गर्ने आदिको अनुभव हुन सक्छ

. पाचनतन्त्र

  • व्यक्तिलार्इ भोजन गर्नबाट रोख्ने : भोकमा कमी, अन्न देख्ने बितिकै उल्टि आउने, अन्नबाट टाढा गएपछि हल्का लाग्ने
  • भोक तीव्र हुने, बारबार भोक लाग्ने अनि अत्यधिक भोजन गर्ने :  अन्नको पाचनको लागि तेजतत्त्वको आवश्यकता हुन्छ जबकि मनुष्य प्रधानतः पृथ्वीतत्त्वले बनेको हुन्छ, अत्यधिक भोजन पाचन गर्न सक्दैन तर यदि उनी अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच .) ले आविष्ट छ भने तब पचाउन सक्छ अनिष्ट शक्ति वायुतत्त्वले बनेको हुन्छ, त्यसैले उनी अग्नितत्त्वको सहायताले भोजन पाचन गर्न सक्छ ब्रह्माण्डको मूलभूत तत्त्व (पञ्चतत्त्व) – यो लेखको सन्दर्भ लिनुहोस्

. प्रजनन तन्त्र

  • सन्तान नहुने
  • बारबार गर्भपात हुने
  • मृत बच्चाको जन्म हुने

. दुर्घटना

  • बिजुलीको झटका
  • घरेलु दुर्घटना जस्तै तातो तेल भाडाबाट उछुटिने
  • कुनै एउटै स्थानमा बारबार वाहन दुर्घटना हुने

. गतिविधिसॅंग (motor organs) सम्बन्धित अङ्ग (अवय)

  • बढेको रजोगुणको कारण छटपटि अनि अस्थिरता
  • विचित्र गतिविधि
  • अनुहारको स्नायुमा संकुचन

. ध्वनि निकाल्ने

  • कराउने अनि अस्वाभाविक (अचम्मको) ध्वनि निकाल्ने त्यसपछि केही पनि याद नआउने
  • जीवजन्तुको आवाज निकाल्ने
  • अनिष्ट शक्ति आविष्ट व्यक्तिको माध्यमबाट विपरीत लिङ्गको आवाज निकाल्ने

. प्राणशक्तिमा प्रभाव

प्राणशक्ति सूक्ष्म जीवनदायिनी शक्ति हो ।

आध्यात्मिक दृष्टिले प्रगत अनि अप्रगत व्यक्तिको प्राणशक्ति

प्राणशक्ति (प्रतिशतमा)
. आध्यात्मिक दृष्टिले प्रगत व्यक्ति १३०
. आध्यात्मिक दृष्टिले अप्रगत व्यक्ति १००

 

अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच .)  द्वारा दिएको कष्टको तीव्रतानुसार प्राणशक्तिको मात्रा (प्रतिशतमा)

कष्टको तीव्रता प्राणशक्तिको मात्रा (प्रतिशतमा)
९५
१० ९०
२० ७०
३० ५०
४०* ३०**

* वर्तमान समयमा अधिकतम कष्टको सम्भावित मात्रा सामान्यतया ४०% हुन्छ

कष्टको स्वरूप दुबै प्रकारको हुन सक्छअनिष्ट शक्ति द्वारा प्रभावित अथवा आविष्ट हुने

** प्राणशक्ति कम हुनुको कारण हो, अनिष्ट शक्तिसँग लड्नमा खर्छ हुने । ३०% भन्दा कम भएमा व्यक्तिको मृत्यु हुन जान्छ

प्राणशक्ति कम हुनाले ध्यान नलाग्ने :  ध्यानको लागि मनको एकाग्रता अनिवार्य हुन्छ प्राणशक्ति कम हुँदा मनसँग कार्य गर्नको लागि शक्ति हुँदैन त्यसैले ध्यान लाग्न असम्भव हुन्छ तब पनि मनमा तीव्र भावना अनि भय हुन्छ, किन कि यी विचारको लागि अल्प प्राणशक्ति पर्याप्त हुन्छ, अनि ती भावना अनिष्ट शक्ति द्वारा नै उत्पन्न गरेको हुन्छ

. मानसिक कष्ट अनि लक्षण

जब व्यक्ति अनिष्ट शक्तिले प्रभावित अथवा आविष्ट हुन्छ, उनीमा निम्न मानसिक लक्षण देखाई दिनछ :

  • बिना कुनै कारण आफ्नो सहयोगी अथवा परिवारको सदस्यसँग कुरा गर्ने इच्छा नहुने
  • बिना कुनै कारण आफ्नो सहयोगी अथवा परिवारको सदस्यसँग आफूलार्इ टाढा राख्ने इच्छा हुने ।
  • आफ्नो मूल स्वभाव भन्दा भिन्न आचरण गर्ने
  • बिना कुनै कारण बेला-बेला रुने,  भयभीत हुने,  चिन्ता,  निराशा,  भय,  मनोवैज्ञानिक रोग,  आत्महत्याको विचार इत्यादि व्यक्तिलार्इ खोपडी,  भयप्रद दृश्य आदि देखाएर डर देखाउनको लागि अनिष्ट शक्तिको मात्र % शक्ति खर्ज गर्नुपर्छ
  • सन्देह अथवा नकारात्मक विचार :  अनिष्ट शक्ति व्यक्तिलार्इ अस्थिर बनाउनको लागि उनको मनमा सन्देह अनि नकारात्मक विचार उत्पन्न गरिदिन्छ यसले व्यक्ति चिन्तित अनि चिडचिड बन्न जान्छ नकारात्मक विचारहरुको केही उदाहरण :
    • कसैको घाटी दबाउने इच्छा हुने
    • अहंकार वृद्धि हुने
    • ईश्वर प्रति श्रद्धा न्यून हुने
  • अरु प्रति क्रोध : जब अनिष्ट शक्तिले प्रभावित अथवा आविष्ट व्यक्तिलार्इ बिना कुनै ठोस कारण अरु प्रति क्रोध आउँछ, तब सम्भव कि यो अनिष्ट शक्तिको कारण नै हो यस्तो प्रसङ्गमा क्रोधतर्फ ध्यान दिनुहुँदैन ।
  • अरुलार्इ हानि पुराउने विचार आउने :  आविष्ट व्यक्तिको मनमा स्वयंलार्इ अथवा अरुलार्इ हानि पुराउने विचार आउन सक्छ भूत निकाल्नको लागि प्रयत्न गर्ने समय, व्यक्तिमा अरुलार्इ हानि पुराउने विचार आउँन सक्छ यस्तो स्थितिमा आरम्भमा नै जब आविष्ट व्यक्तिमा आवेशन/अनिष्ट शक्ति पूर्णतः प्रकट भएको हुँदैन अथवा पीडित व्यक्तिको आफ्नो अस्तित्व केही मात्रामा शेष हुन्छ, तब नै उनीले अन्य व्यक्तिलार्इ आफ्नो यी विचारहरुको अवगत गराउँनु पर्छ, अन्यथा एक पल्ट पूर्ण प्रकटीकरण भएपछि स्वयंमा नियन्त्रण हराउँदा आविष्ट व्यक्ति उपचार गर्ने व्यक्तिलार्इ हानि पुराउँन सक्छ

. यौन सम्बन्धी लक्षण

  • यौन वासना कम हुने अथवा बढेर जाने
  • यदि कुनै स्त्री, स्त्रीको लिङ्गदेहले आविष्ट हुन्छ भने, तब उनले अन्य पुरुष भूतलार्इ सीधै आकृष्ट गर्छ अथवा अन्य कुनै पुरुष जो पुरुष भूतबाट आविष्ट छ त्यसको माध्यमबाट आकृष्ट गर्छ यस्तो स्त्रीलार्इ विपरीत लिङ्गको व्यक्तिसँग विवाह नगरि सीधै सम्बन्ध राख्नमा कुनै आपत्ति हुँदैन केही केही कारण बताएर उनी विवाह आदि बाटा टाढा रहन्छ

. निद्रासँग सम्बन्धित समस्या

  • नीन्द्रा नआउने
  • अत्यधिक नीन्द्रा आउने
  • नीन्द्रामा हिड्नेसन्दर्भ को लागि पढ्नुहोस् लेख : नीन्द्रामा हिड्ने
  • निद्रामा पक्षाघात (sleep paralysis)

स्वाभाविक नीन्द्रा अनि अनिष्ट शक्ति द्वारा निर्मित नीन्द्रा (ग्लानि) मा अन्तर

प्राकृतिक नीन्द्रा अनिष्ट शक्ति द्वारा निर्मित नीन्द्रा (ग्लानि)
परिणाम केही समयको लागि प्रतीक्षा गर्न सम्भव टाउनको भारी हुने, तत्काल सुत्नु अनिवार्य हुन जाने
उपाय मुखमा पानी छर्किने नामजप अनि अन्य आध्यात्मिक उपाय
  • नराम्रो सपना आउने
    • डर लाग्दो अनि विचित्र अनुहार अथवा भूतको प्रकार देख्ने
    • आफ्नो प्रियजनको मृत्युको सपना देख्ने अथवा सपना देख्ने व्यक्ति द्वारा प्रियजनको हत्या भएको सपना देख्ने
    • आफ्नो परिचित अथवा प्रिय व्यक्तिलार्इ अनिष्ट शक्ति द्वारा आविष्ट भएको देख्ने अनि जागृत अवस्थामा उनी देखेर भय लाग्ने
    • परिवाको एउटा अथवा अनेक व्यक्तिहरुलार्इ सर्पले हानि पुराएको देख्ने

. वैवाहिक कलह

  • दाम्पतिमा यदि एउटा व्यक्ति सात्त्विक छ भने अन्य व्यक्तिमा विद्यमान अनिष्ट शक्तिलार्इ उनको सात्त्विकता सहन नहुनाले उनको सान्निध्यमा रहदा कष्ट हुन्छ अनिष्ट शक्ति सात्त्विकताबाट बच्नको लागि दाम्पतिमा अनबन उत्पन्न गर्छ ।
  • दुबै अनिष्ट शक्ति द्वारा आविष्ट भएमा पनि अनबन हुन्छ
  • शारीरिक, मानसिक अनि यौन शोषण

. बौद्धिक कष्ट

  • बौद्धिक फलोत्पत्ति न्यून हुने, विर्सनु, अंतःप्रेरणा कम हुने
  • सामान्य कुरा बुझ्नमा कठिनाई आउॅंने, जुन कि त्यस व्यक्तिको लागि अस्वाभाविक हो

. आर्थिक हानि

  • कुनै व्यक्ति द्वारा ठगिने
  • कार्यालयमा राम्रो वातावरण हुँदा पनि कर्मचारि द्वारा पारदर्शी व्यवहार नगर्ने
  • यन्त्रमा बारबार समस्या उत्पन्न हुने

. आध्यात्मिक लक्षण

. पञ्चज्ञानेन्द्रिय सम्बन्धित कष्ट

जागृत अवस्था, ध्यानावस्था अथवा सपनामा व्यक्ति निम्न प्रकारको कष्ट अनुभव गर्न सक्छ

  • दुर्गन्ध
  • भयप्रद दृश्य
  • टाउकोको सबै तर्फ कालो वलय देखाई दिने
  • भयप्रद दृश्य : मृत शरीर (प्रेत), राक्षसी अनि विरूप अनुहार, माथि मानवी अनुहार तल हड्डिको कंकाल, झ्याल भित्र केवल औंलाहरू देखि कुहिनासम्मको हात, आफ्नो पेट भित्र शव जलिरहेको, वृक्षमा झुण्डिरहेको भूत
  • भूतहरुको रङ्गीबिरङ्गी शोभायात्रा
  • साधकको मृत शरीर, परिचितको जलिरहेको शरीर देख्ने
  • बिग्रिएको शवले भरिएको ट्रक लादै गरेको देख्ने
  • आँखामा चमक

. स्पर्श अनुभव गर्ने

  • कोही आफ्नो छेउमा सुतेको भान हुने
  • कोही च्यादर खीचि रहेको छ, यस्तो प्रतीत हुने
  • कसैले उठाई रहेको छ, यस्तो प्रतीत हुने
  • कोठामा कोही घूमि रहेको छ, यस्तो प्रतीत हुने
  • कसैले शरीरमा हात राखि रहेको छ अथवा उनको शरीरमा हात घुमार्इ रहेको छ, यस्तो प्रतीत हुने
  • थप्पड हानेको जस्तो लाग्ने
  • बलात्कारसूक्ष्मज्ञान मा आधारित चित्रयौन उत्पीडन पढ्नुहोस्
    • कसैले बिस्तारामा जबरजस्ती तानी रहेको छ, यस्तो प्रतीत हुने
    • शरीरको भागहरुमा विचित्र स्पर्श भएको अनुभव गर्ने
    • नीन्द्रमा कराउने
    • जाग्ने समय कमरमा वेदना हुने
    • जाग्दा खेरि तल्लो पेट (lower abdomen) मा वेदना हुने
    • श्वेतप्रदर (योनिबाट श्वेत स्राव हुने)
    • अमावस्या अथवा पूर्णिमाको दिन कष्टमा वृद्धि हुने

. ध्वनि सुनाई दिने

  • श्वास लिर्इ रहेको ध्वनि सुनाई दिने
  • कोही हिडि रहेको आवाज सुनाई दिने
  • चीचाएको सुनाई दिने
  • कसैले आफ्नो नाम बोलाएको सुनार्इ दिने

. सात्त्विक वस्तुबाट हुने कष्ट

  • विभूति, तीर्थ, प्रसाद इत्यादि को सम्पर्कमा आउँदा कष्ट हुने
  • पवित्र चिन्हलार्इ स्पर्श गर्न नसक्ने उदा. देवताहरुको  चित्र, क्रॉस इत्यादि
  • सन्तसँग मिल्ने तथा तीर्थस्थल जान नमान्ने :  अनिष्ट शक्तिले प्रभावित अथवा आविष्ट व्यक्ति सन्त, तीर्थस्थल अथवा मन्दिरमा जाना टाल्छ कोही व्यक्ति यस्तो सात्त्विक वातावरणमा प्रकट हुन जान्छ प्रकट हुनाले उनको कालो शक्ति न्यून हुन जान्छ यसबाट बच्नको लागि अनिष्ट शक्ति व्यक्तिलार्इ सात्त्विक प्रभावित क्षेत्रमा अथवा व्यक्ति नजिक जानु भन्दा पहिलानै छोडि दिन्छ अनि त्यस स्थान अथवा सात्तविक व्यक्ति भएको ठाउँबाट बाहिर आउने बितिकै पुनः आविष्ट गर्छ

. देवताको नामजपबाट कष्ट हुने

  • नामजप गर्न भूल्ने
  • नामजप गर्न नसक्ने
  • नामजप गर्ने समय अथवा पश्चात टाउकोमा वेदना हुने
  • नामजप गर्ने समय सास थुनेको प्रतीत हुने
  • नामजप गर्ने समय टाउकोमा विचित्र अनुभव हुने अनि त्यस पश्चात अचेत हुने

१०. सारांश

  • अनिष्ट शक्ति उनी द्वारा प्रभावित अथवा आविष्ट व्यक्तिमा विविध प्रकारको लक्षण उत्पन्न गर्दछ
  • यी लक्षण कुनै शारीरिक अथवा मानसिक रोगको लक्षण अथवा अन्य सांसारिक उदा. आर्थिक समस्या जस्तो लक्षण समान प्रतीत हुन सक्छ
  • वास्तविक मूल कारण पता लागाउने (अर्थात अनिष्ट शक्ति) केवल सन्त अथवा ती व्यक्ति द्वारा गर्न सकिन्छ, जोसँग अति जाग्रत छैठौं ज्ञानेन्द्रिय
  • अति जाग्रत छैठौं ज्ञानेन्द्रियको अभावमा जब समस्यालार्इ सर्वश्रेष्ठ पारम्पारिक उपाय पश्चात पनि समाधान हुँदैन तब हामी बौद्धिक स्तरमा तर्क गर्न सकछौं कि समस्याको मूल कारण अनिष्ट शक्ति नै हो
  • यदि आध्यात्मिक उपचारले समस्याको समाधान हुन्छ भने स्पष्ट हुन्छ कि समस्याको कारण अनिष्ट शक्ति नै हो
  • ६ मूलभूत सिद्धान्त अनुसार नियमित साधना गर्नु नै सर्वश्रेष्ठ आध्यात्मिक उपचार हो