पापको परिणाम

. परिचय

पाप अनि पुण्य के हो ? यस लेखमा हामीले वर्णन गरेका छौं कि पाप यस्तो कर्मको परिणाम हो, जुन अरुको हानिको लागि उत्तरदायी हुन्छन् ।

यो लेखमा हामी पाप गर्नेले कुन प्रकारको परिणाम अथवा दण्ड भोग्नु पर्दछ, यसको व्याख्या गर्नेछौं ।

. जुन व्यक्तिले पाप गर्छ किन उनलार्इ दण्ड मिल्दैन ?

हामी देख्छौं कि अपराधीहरु, भ्रष्ट मानिसहरु वा अधिकारीहरु र राजनीतिज्ञहरु धेरै पापी कार्यहरु गरिरहेका छन् तर पनि ऐश्वर्यपूर्ण जीवन बिताइ रहेका हुन्छन् । ती मानिसहरुले किन उनीहरुको पापको दण्ड पाइरहेका छैन्न्, यो प्रश्नले धेरै व्यक्तिहरुलार्इ खिन्न भइरहेका हुन्छन् ।

ती मानिसहरु आफ्नो अघिल्लो जन्मको पुण्यको कारण खुसी छन् । जबसम्म उनीहरुको  पुण्यको भण्डार समाप्त हुँदैन तबसम्म भगवानले पनि केही गर्न सक्नुहुँदैन । तर जब उनीहरुको पुण्यको भण्डार समाप्त हुन्छ, रोग, गरीबी, मृत्यु पश्चात नरकमा यातना इत्यादि को रुपमा उनीहरुले आफ्नो पापको नतिजा भोग्नु पर्दछन् । छोटकरीमा, कोही पनि पाप कर्मबाट बच्न सक्दैन्न् ।

पूर्वजन्मको पुण्य हुँदा पनि दुष्ट वृत्ति भएको कारण, अनिष्ट ऊर्जा त्यस्तो व्यक्तिको मन र बुद्धिमा नियन्त्रण प्राप्त गर्दछ र उनको व्यक्तित्वको दोषहरुलार्इ मजबूत गर्दछ । फलस्वरुप तिनीहरुले धेरै भन्दा धेरै पाप गर्दछन्, त्यसकारण उनीहरुको पुण्य छिट्टै समाप्त हुन्छन् । एक पटक तिनीहरुको पुण्य समाप्त भएपछि नकारात्मक ऊर्जा उनीहरुलार्इ सबै तर्फबाट घेरिदिन्छन्, नियन्त्रणमा राख्छन् र तिनीहरुलार्इ अनेक प्रकारको कष्ट पुराउँछन् । मृत्यु पछि पनि त्यस्ता व्यक्तिहरु धेरै वर्षसम्म नरकमा यातना सहन्छन् ।

३. नरकमा दु:ख

मृत्युपछि नरकको विभिन्न लोकहरुमा अनुभव हुने कष्टको जानकारी हाम्रो लेख ‘मृत्यु पश्चात हामी कहाँ जान्छौं ?’ मा दिएको छ ।

४. मृत्यु पश्चात हुने कष्ट अनि अगाडिको यात्रा

एक चोटि पापीहरुले नरकमा पीडा भोग्न समाप्त भइसकेपछि के यसले तिनीहरुको पीडाको अन्त्यको संकेत गर्दछ?

यसको जवाफ हो पापीहरुको यात्रा तल उल्लेख गरिएको जस्तै दुर्इ तरिकामा जारी हुन्छन् ।

४.१ यदि कम पाप भयो भने

धेरै वर्षको दु:ख अनि अत्यन्त गरिबि पछि पापीको मनोवृत्ति परिवर्तन हुन्छ । उनीहरु गरिब प्रति संवेदनशील बन्न जान्छन् । उनीहरुको अन्तात्मा अरुप्रति प्रेमले भरिन्छन् । धेरै जन्म पछि, उनीहरु स्वार्थी कम बन्छन् र उनीहरु धेरै मायालु बन्दछन् । अत: नम्रता अनि मानवताको गुणको बलमा यस्तो व्यक्तिको वास्तविक अर्थमा आध्यात्मिक उन्नति हुन थाल्दछ ।

यस प्रकार जब व्यक्तिले कष्ट भोग्नु पर्छ तब उसको उद्देश्य उनको जीवनको भलार्इ गर्नुनै हुन्छ ।

४.२ यदि धेरै पाप भयो भने

चरम पापीहरु जसले आफ्ना मानव जन्मको दुरुपयोग गरेका छन्, केही हजार वर्षका लागि फेरि मानव जन्म पाउदैन । नरकमा सजाय पछि, केही व्यक्तिहरु तल उल्लेख गरिएको रुपमा जन्म हुन्छन् ।

१. वृक्ष वा एक पत्थरको रुपमा जीवन जीउने

२. कीराको रुपमा जन्म

३. माछा, गिद्घ, चमेरा आदि जस्ता प्रजातिहरुमा जन्म

४. भारी उठाउने पशुको रुपमा जन्म (यदि पापको मात्रा धेरै अधिक छ भने तिनीहरु त्यस्ता जनावरहरुको प्रजातिमा ३० देखि ४० पटक जन्मनु आवश्यक हुन्छ र त्यसपछि धेरै गरीब परिवारमा जन्म हुन्छ जहाँ सबै परिवारको सदस्यहरु जीवनको लागि परिश्रम गर्नुपर्छ ।)

५. कुरुप, विकलांग, अथवा रोगग्रस्त व्यक्तिको रुपमा जन्म

६. दुर्लभ जाती नहुने रोगबाट पीडित जस्तै क्यान्सर इत्यादिको कष्ट

७. भिकारी बन्ने

माथि दिएको जानकारीबाट हामी बुझ्न सक्छौं कि जो मनुष्य भएर अपराध गर्दछ, उनलार्इ अवश्य दण्ड मिल्दछ अनि दण्ड द्वारा नै पाप भोग्नु पर्दछ । यस प्रक्रियाको माध्यबाट उनीहरुलार्इ पनि परिवर्तन गर्ने मौका दिएको छ यदि उनीहरुले थप पाप गर्दैन भने सजायको श्रृंखलाबाट मुक्त हुन्छन् ।

५. पापकर्मको परिणामस्वरुप रोग अनि समस्याहरु

तलको तालिकाले विभिन्न पापहरु र त्यसको परिणामस्वरुप आउने जन्महरुमा र मृत्युपछिको जीवन बारे जानकारी दिन्छ –

पापको कारणले आउने जन्म वा नरकमा भोग्नु पर्ने परिणाम

स्त्रीद्वारा गरिएको पाप मनुष्यको रुपमा जन्म पशुको रुपमा जन्म
श्रीमानसँग नराम्रो व्यवहार श्रीमानसँग क्रोधपूर्वक कुरा गर्ने कान नसुन्ने, सात जन्मसम्म निर्धनता कुकुर्नी, स्यालनी
श्रीमानलाई नदिइ एक्लौ खाने चमेरा जो गदेउला खान्छ अनि पछि आफ्नै मलमूत्र खान्छ ।
व्यभिचार अन्य पुरुषलाई वासनाको दृष्टिले हेर्ने निर्धनता, डेडे हेराई
अन्य पुरुषको साथ व्यभिचार कुकुर्नी
पुरुषद्वारा गरिने पाप मनुष्यको रुपमा जन्म पशुको रुपमा जन्म
दोस्रो विवाह आउने सात जन्मसम्म दुर्भाग्य
स्त्रीलाई गर्भपात गर्नको लागि बाध्य गर्ने प्रजनन अक्षमता, यदि पुत्र भयो भने उसको अल्पायु हुने
परस्त्रीगमन वासनापूर्वक अन्य स्त्रीलाई हेर्ने नेत्रविकार
मित्रको पत्नीसँग शारीरिक सम्बन्ध कुकुर
भाईको पत्नीसँग सम्बन्ध गधा, त्यसपछि सर्प योनिमा जन्म अन्तमा नरक
स्त्री अनि पुरुष दुवैको पाप मनुष्यको रुपमा जन्म पशुको रुपमा जन्म
आफ्नो धर्म अतिरिक्त अन्य धर्मको आलोचना निर्धनता
अन्य व्यक्तिले कति खाई रहेको छ हेर्ने अन्धोपन
अन्यको न्यूनता, दुर्बलताको सदैव चर्चा गर्ने हृदय रोग
पापिहरुसँग मित्रता गर्ने गधा
धोका दिने भोजन पछि उल्टी गर्ने

यो तालिकाले चोरीको परिणामको विस्तृत जानकारी एवं उदाहरण दिन्छ –

चोरी मनुष्यको रुपमा जन्म पशुको रुपमा जन्म
सामान्य खराब नङ्ग
पानी काग
फल कुरूपता वन्य पशु
दूध कुष्ठ रोग
मह चील
अन्न फियो रोग
वस्त्र, तामा, फलाम, कपास अनि नुन सेतो दाग
घरेलु वस्तु अनि भाडाकुडा काग
पुस्तक अन्धापन
सुन मूत्ररोग, मधुमेह कीरा, फटयाङ्ग्रा
जो मर्न लागेको छ, उनको वस्तुहरु आजीवन कारावास
धन जो समाजको हो त्वचा संबंधी असाध्य व्याधि

६. संक्षेपमा – पापको परिणाम

जो पाप गर्छ, उसले त्यसको परिणाम भोग्नु पर्छ । यदि हामीले यो जन्ममा भोगेन भने, मृत्युपछि अथवा आउने जन्महरुमा अवश्य भोग्नु पर्दछन् । यदि हामीले जीवनको समस्याहरु प्रति सकारात्मक दृष्टिले हेर्छौं कि यो समस्याहरु हाम्रो पापकर्मको फल हुन् तब हामी आफ्नो जीवनमा राम्रो परिवर्तन ल्याएर आध्यात्मिक उन्नति गर्न सक्छौं । पापको प्रायश्चित यस प्रक्रियाले हाम्रो सहायता गर्न सक्छ ।