हाम्रो व्यक्तित्वमा पहिलाका जन्मका प्रभाव

. मनको आध्यात्मिक पक्षको परिचय

एउटै परिस्थितिमा अलग व्यक्ति अलग प्रतिक्रिया दिन्छन्, यो बुझ्नको लागि व्यक्तिको मनको आध्यात्मिक पक्ष एउटा महत्वपूर्ण पक्ष हो । कुनै परिस्थितिमा व्यक्ति कसरी प्रतिक्रिया दिन्छ, कहिले काहि यो उनको स्वभाव भन्दा विपरीत हुन सक्छ । यो सिद्धान्त आधुनिक मनोविज्ञानलार्इ अज्ञात छ, जसको कारण व्यक्तिलार्इ वास्तवमा सहायता गर्नको लागि यसको प्रभावकारिता सीमित हुन जान्छ ।

. पहिलाको जन्महरुले अवचेतन मन तथा व्यक्तित्वलार्इ प्रभावित गर्दछन्

त्यसो भए मनलार्इ आध्यात्मिक आयामले कसरी प्रभावित गर्छ ?

हामीले हाम्रो अन्य ट्यूटोरियलमा मन कसरी कार्य गर्छ, यो विस्तारमा बुझाएका छौं । मनलार्इ विस्तारसँग बुझ्नको लागि, हामी निम्नलिखित ट्यूटोरियल देख्नको लागि सुझाव दिन्छौं :

हाम्रो व्यक्तित्वमा पहिलाका जन्मका प्रभावमनको कार्यात्मक प्रकृति

हाम्रो व्यक्तित्वमा पहिलाका जन्मका प्रभावप्रारब्ध

हाम्रो व्यक्तित्वमा पहिलाका जन्मका प्रभावहामी जुन काम गन्छौं त्यो किन गन्छौं

 

 

 

 

 

 

मनुष्य अनेक पक्षहरुले मिलेर बनेको हुन्छ । तिनीहरु हुन् स्थूल देह, प्राणशक्ति, मन, बुद्धि, सूक्ष्म देह तथा आत्मा । आत्मा हो, जुन प्रत्येक व्यक्तिमा विद्यमान ईश्वर हो । मन हाम्रो विचार, भावना तथा इच्छाको घर हो तथा यो हाम्रो व्यक्तित्वलार्इ प्रभावित गर्ने सर्वाधिक शक्तिशाली घटक हो । मनुष्यको मन दुर्इ भाग मिलेर बनेको हुन्छ :

बाह्य मन : यो हाम्रो विचार तथा भावनाको त्यो भाग हुन्छ जसको हामीलार्इ जानकारी हुन्छन् । यद्यपि यो हाम्रो मनको १० प्रतिशत भाग मात्र हुन्छ । बाह्य मन पूर्णतः अवचेतन मनले नियन्त्रित हुन्छ । यो अवचेतन मनको लागि दुकानको अग्रभाग समान हो ।

अवचेतन मन : अवचेतन मनमा यस जन्म तथा विगत जन्ममा निर्मित अथवा घटनाले परिवर्तित असंख्य संस्कार हुन्छन् । उदाहरणको लागि, कुनै व्यक्तिमा प्रतिशोध लिने संस्कार, प्रतिशोध लिने गहिरो सोचको कारण हुन सक्छ, जुन उनको यस जीवनकालमा अथवा कुनै पूर्व जन्ममा घटित विशेष प्रसङ्गले निर्मित तथा दृढ भएको हुन सक्छ ।

हामीमध्ये धेरैलार्इ अज्ञात छन्, हामीले पृथ्वीमा धेरै जीवन जिएका छौं । हामी आफ्नो लेन देन खाता पूर्ण गर्नको लागि फेरि फेरि जन्म लिन्छौं । हामीले कसरी हाम्रो विगतको जीवन जियौं अनि कसरी हामीले हाम्रो क्रियामाणको उपयोग गर्यौं यसले हाम्रो व्यक्तित्वलार्इ आकार दिन्छन् । व्यक्तित्वको गुण संस्कारको रुपमा अवचेतन मनमा जम्मा भएका निरन्तर हाम्रो जीवन कालमा गरेका कार्यहरु अनि विचारहरु द्वारा प्रबलित तथा स्वरुप लिन्छन् । यदि हामी सामान्य व्यक्तिको पहिलाको जीवन र त्यसले व्यक्तित्वमा प्रभाव, यो हेर्ने हो भने तल दिए अनुसार प्रभावको अनुपात हुनेछ ।

एक व्यक्तिको स्वाभावदोषको लागि योगदानको रुपमा पहिलाका जन्महरु प्रतिशतको रुपमा वजन
पहिलाका १००० जीवनहरु ३०%
पहिलाका ७ जीवनहरु ६१%
वर्तमान जीवन ९%
जम्मा १००%

एउटा उदाहरण लियौं, व्यक्तिको वर्तमान जीवनमा रिसको स्वाभावदोष । बच्चा हुँदा नै रिस उठ्न सक्ने तथा रिस प्रदर्शन गर्ने । यो ध्यान दिन महत्तवपूर्ण छ कि क्रोधको व्यक्तित्व दोष अचानक यो जीवनमा सुरु हुँदैन । वास्तवमा यो संस्कार हो, जुन अनेकौं जीवन कालहरुले सुदृढ अनि आकार दिन्छ ।

  • कसैको रिसको प्रकृति ३०% पहिलका १००० जीवनहरुमा विभिन्न परिस्थितिहरुमा रिसले प्रतिक्रिया व्यक्त गर्नाले, रिसको स्वाभाव दोष उत्पन्न हुन्छ । रिसलार्इ सक्रिय रुपले कम गर्नको लागि कृति नगर्नाले, यो विभिन्न जीवन कालहरुमा अनियन्त्रित रुपले वृद्धि हुन जान्छ ।
  • पछिल्लो ७ जीवनहरुले ६१% योगदान दिएको हुन्छ जसले रिसको स्वाभावदोष अवचेतन मनमा अझै दृढ हुन्छ ।
  • त्यसैले वर्तमान जन्ममा, व्यक्तिमा रिसको स्वाभावदोष पहिलानै दृढ हुन्छ । जसरी एक व्यक्ति आफ्नो वर्तमान जीवन जीउछ, यस्तो परिस्थिहरु हुन्छन् जसले व्यक्तिमा रिस उत्पन्न गर्न सक्छन्, यसले व्यक्तिको दोषलार्इ अझ बल प्रदान गरि दृढ बनाइदिन्छ । तर रिसको यस प्रकारको सबै प्रतिक्रियाका श्रेय केवल ९% सम्म हुन्छ, जुन त्यस व्यक्तिको व्यक्तित्वमा दोषको रुपमा विकसित हुन्छ । सामान्यत: कुनै पनि व्यक्तिको व्यक्तित्व दोषको प्रकृतिको ९१% पहिलाको जीवनको कारण हुन्छ ।

अवचेतन मनको संस्कारको कारण उत्पन्न विचार बाह्य मनमा कुनै बाह्य कारण (उद्दीपन) को उपस्थिति अथवा अनुपस्थितिमा पनि प्रतिसाद दिदै निरन्तर आघात गरिरहन्छ । कसैको मनमा नकारात्मक संस्कार जस्तै क्रोध, घृणा तथा ईर्ष्याको संस्कार जति दृढ रहन्छ उनको बाह्य मन त्यतिनै अधिक नकारात्मक विचारले भरिएको रहन्छ , जसले व्यक्तिलार्इ निरन्तर नकारात्मक तथा दुःखको स्थितिमा धकेलि दिन्छ ।

अवचेतन मनमा हाम्रो वर्त्तमान जीवनकालको प्रारब्ध पूण गर्नको लागि आवश्यक सबै संस्कार पनि विद्यमान रहन्छन् । त्यस्तो संस्कार लेन-देन केन्द्र सँग जोडेको हुन्छ, यस केन्द्रमा व्यक्तिको जीवनमा प्रारब्धको कारण निश्चित घटनाका प्रविष्टि (पहिलाको जन्मको कारण) रहन्छ । व्यक्तिको लेन-देन अथवा प्रारब्धको आधारमा, मनमा विद्यमान लेन-देन को केन्द्र नै निश्चित गर्दछ कि व्यक्ति आफ्नो जीवनको घटना तथा परिस्थितिलार्इ कुन प्रकार प्रतिसाद दिन्छ । प्रारब्धको भाग हाम्रो नियन्त्रणमा हुँदैन । यस जन्ममा अथवा पूर्व जन्ममा हामीद्वारा अर्जित पाप तथा पुण्यको कारण प्रारब्ध हाम्रो सुख अथवा दुख नियन्त्रित गर्दछ । आध्यात्मिक अनुसन्धानद्वारा हामीलार्इ ज्ञात भयो कि वर्त्तमान युगमा लगभग ६५ प्रतिशत हाम्रो जीवन पूर्वनिर्धारित हुन्छन् । त्यसैले जुन प्रारब्धलार्इ साथ लिएर हामी जन्म लिन्छौं, हाम्रो सुख अथवा दुःख भोग्नमा यसको ठूलो प्रभाव हुन्छ । हाम्रो जीवनमा मानसिक वेदनाको प्रमुख कारणमा एउटा हो, हाम्रो स्वभाव दोष (जुन हाम्रो नकारात्मक प्रारब्धलार्इ आफ्नो खेल खेल्न दिन्छ) ।

यदि हाम्रो कुनै व्यक्तिसँग लेन-देन छैन, तब पनि स्वभाव दोष यस्तो अनुचित कृत्य गराउन सक्छ, जसले अरुलार्इ कष्ट हुन्छ अनि यस प्रकार नयाँ नकारात्मक कर्म अथवा नकारात्मक लेन-देनको निर्माण हुन जान्छ । यदि हामी कसैलार्इ दुःख दिन्छौं भने तब कर्मको नियम अनुसार हामीले  वर्त्तमान जन्ममा अथवा आउने जन्ममा त्यही मात्रामा दुःख भोग्नु पर्दछन् ।

. पहिलका जन्महरुबाट हाम्रो साथ भएका स्वभाव दोषहरुका अनिष्ट शक्ति लाभ उठाउँछ

आध्यात्मिक आयामको अनिष्ट शक्ति प्रायः हाम्रो स्वभाव दोषको उपयोग आफ्नो लाभको लागि गर्दछ । यो विशेषतः ती व्यक्तिहरुका साथ हुन्छन् जो अनिष्ट शक्तिले आविष्ट हुन्छन् । मान्नुहोस् कि कसैको क्रोध एउटा विशेष परिस्थितिमा ५ इकाई हुन्छ, अनिष्ट शक्ति यसलार्इ ९ देखि १० इकाईसम्म बढाउन सक्छ । यस प्रकार परिस्थितिको अनुपातमा उनको प्रतिक्रिया असमान गरि प्रसङ्गलार्इ सामान्य भन्दा अझै नराम्रो गरिदिन्छ । उदाहरणको लागि, पति-पत्नी बिज एउटा गम्भीर वाद-विवादमा अनिष्ट शक्ति उनको स्वभाव दोषको लाभ उठाउन सक्छ अनि उनीबाट क्रोधको आवेशमा यस्तो अनावश्यक कुरा बोलाउन सक्छ कि उनको सम्बन्ध बिगरेर जान्छ । स्वभाव दोष मनको दुर्बलता हो (जुन पहिलाका धेरै जन्ममा निर्मित भइरहन्छ) जसको माध्यमले अनिष्ट शक्ति हामीलार्इ प्रभावित गर्न सक्छ, तथा हामीमा पकड दृढ गर्न सक्छ ।

यहाँ बुझ्नको लागि मुख्य कुरा यो हो कि मुख्यतः हाम्रो स्वभाव दोष जस्तै क्रोध तथा अपेक्षाको कारण नै हामी पूर्वनिर्धारित प्रारब्धको कष्ट पूर्णताले भोग्दछौं । यो हाम्रो यस जीवनकाल अथवा पहिलाको जन्मका पापका कारण हुन्छन् । आफ्नो स्वभाव दोषको कारण हामी नयाँ नकारात्मक लेन-देन पनि निर्मित गर्न सक्छौं ।