अनिष्ट शक्ति के हो तथा व्यक्ति अनिष्ट शक्ति कसरी बन्न जान्छ ?

१. अनिष्ट शक्ति कस्तो हुन्छ ?

कुनै व्यक्तिको मृत्यु भएमा केवल उनको स्थूल देहको अन्त हुन्छ । तर उनको सूक्ष्म-देहको (स्थूल देह छोडेर, अवचेतन मन, बुद्धि, अहं तथा आत्मा मिलेर बनेको हुन्छ) अस्तित्व बनि रहन्छ । यो सूक्ष्म देह ब्रह्माण्डको अन्य लोकमा जान्छ । हामी, के बाट बनेको हुन्छौं तथा मृत्युपछि हामी के छोडेर जान्छौं, यसको विस्तृत विवरणको लागि तल दिएको चित्रको सन्दर्भ लिनुहोस् ।

यसबाट केही सूक्ष्म-देह अनिष्ट शक्ति बन्न जान्छ । अनिष्ट शक्तिको निम्नलिखित लक्षण हुन्छ :

  • यो सूक्ष्म-देह हुन्छ ।
  • यो भूवर्लोक अथवा सप्त पाताल को कुनै एक लोकसँग सम्बन्धित हुन्छ; तर पृथ्वी (भूलोक) मा पनि पाउछ । किन कि अनिष्ट शक्ति ब्रह्माण्डको कुनै पनि सूक्ष्म-लोकका हुन्, अफ्नो इच्छाले अधिक स्थूल लोक जस्तै पृथ्वीमा आउन सक्छ ।
  • पूरा ब्रह्माण्डको अस्तित्व १४ मुख्य लोकहरु (स्तरहरु) मिलेर बनेको छ । त्यसमा ७ लोक सकारात्मक छन् अनि ७ नकारात्मक । पृथ्वी नै एकमात्र स्थूल लोक हो, अन्य सबै लोक सूक्ष्म-स्तरका हुन् । त्यसपछि स्वर्ग सकारात्मक लोकमा एक हो, जाहाँ हामी मृत्युपछि जान सक्छौं ।

    यो ब्रह्माण्डको सकारात्मक लोक जस्तै स्वर्ग अनि त्यस भन्दा उच्च लोकमा हुदैन ।

  • उनमा अतृप्त इच्छा जस्तै कामवासनाको तीव्र इच्छा, मद्यपान (त्यो चीज जुन केवल स्थूल देहको माध्यमबाट नै अनुभव गर्न सकिन्छ) , बदला लिने वृत्ति इत्यादि हुन्छन् ।
  • मनुष्य तथा अन्य सूक्ष्म-देहलार्इ नियन्त्रण गरि त्यसलार्इ कष्ट दिदा अनिष्ट शक्तिलार्इ अत्यधिक सुख मिल्छ । उनको सामान्य उद्देश्य समाजमा अधर्म फैलाउनु हो ।

कुनै व्यक्तिको शरीरको मृत्यु भएपछि यदि त्यो सूक्ष्म-देहको विशेषता तथा उद्देश्य माथि दिएका सूत्रहरुसँग मिल्छन् भने त्यहसलार्इ अनिष्ट शक्ति भन्छ ।

२. मृत्युपछि हामी कहाँ जान्छौं तथा हामी के बन्नेछौं, यो कसरी निश्‍चित हुन्छ ?

जब हाम्रो मृत्यु हुन्छ, हाम्रो जीवन पछिका दिशा धेरै घटकहरुले निश्चित हुन्छन् । ती घटकहरु हुन् :

  • जीवन बिताउने हाम्रो जीवन सैलीको आधारमा हाम्रो अवचेतन मनमा निर्मित संस्कारका संख्या एवं उनका प्रकार । कृपया पढ्नुहोस हाम्रो लेख मनको संस्कारजुन हाम्रो मूल प्रकृति एवं व्यक्तित्व बताउछन् ।
  • हाम्रो अहं : यहाँ अहं शब्दको प्रयोग आध्यात्मिक अर्थमा गरिएको छ । यसको दैनिक उपयोग, आत्मबल, स्वयं प्रशंसाको साथै म भगवान भन्दा अलग हुँ अर्थात द्वैत मनोवृत्ति सम्मिलित हुन्छ । द्वैतको अर्थ हो, स्वयं र्इश्वरबाट अलग सम्झनु । अहं कार्यरत यहाँसम्म हुन्छ कि, हामी अफ्नो आत्मा अथवा स्वयंमा विद्यमान र्इश्वर सहित पहिचान राख्नुको सट्टा अफ्नो पंचज्ञानेंद्रिय, मन तथा बुद्धिले पहिचान राख्न थाल्छन् ।
  • अफ्नो जीवनकालमा गरिएको कर्मको प्रकार
  • अफ्नो जीवनकालमा गरिएको साधना को प्रकार तथा त्यसको मात्रा
  • हाम्रो प्रारब्ध
  • मृत्युको प्रकार – स्वाभाविक एवं शान्त, हिंसक अथवा दुर्घटना
  • अन्तिम संस्कार को प्रकार
  • मृत्युपछि को जीवनलार्इ सहायताको लागि मृत्यु पश्चात अफ्नो वंशजद्वारा गरिएको अध्यात्मशास्त्रमा आधारित धार्मिक विधियां

३. अनिष्ट शक्ति को बन्न सक्छ ?

व्यक्तिको मृत्युपछि अनिष्ट शक्ति बन्ने सम्भावना प्रायः तब हुन्छ, जब

  • उनको अनेकौं अतृप्त इच्छहरु छन् ।
  • उनीमा धेरै स्वभावदोष छ, जस्तै – क्रोध, भय, लालच इत्यादि ।
  • मनमा अत्यधिक नकारात्मक संस्कार छ ।
  • अत्यधिक अहं छ ।
  • उनले अन्यलार्इ क्षति पुराएको छ तथा अन्यलार्इ हानि गर्ने उनको मूलभूत स्वभाव छ ।
  • अधिल्लो स्तरको साधनाको अभाव छ जसमा, तन, मन एवं बुद्धि र्इश्वरप्राप्तिको लागि समर्पित गरिन्छ ।
समष्टि आध्यात्मिक स्तरको अर्थ हो समाजको लागि गरिने साधना (समष्टि साधना) द्वारा प्राप्त गरिएको आध्यात्मिक स्तर । व्यष्टि आध्यात्मिक स्तरको अर्थ हो व्यक्तिगत स्तरमा गरिने साधना (व्यष्टि साधना) द्वारा प्राप्त गरेको आध्यात्मिक स्तर । वर्तमान समयमा समाजको लागि आध्यात्मिक प्रगति (समष्टि साधना) गर्ने ७०% प्रतिशत महत्व छ जब कि व्यक्तिगत साधना (व्यष्टि साधना) को ३०% प्रतिशत महत्व छ ।

५० प्रतिशत (समष्टि) अथवा ६० प्रतिशत (व्यष्टि) आध्यात्मिक स्तर प्राप्त गरेको व्यक्ति, जसमा अहं अल्प छ, त्यही व्यक्ति स्वर्ग लोक तथा त्यो भन्दा आगाडिको लोकमा जानको लागि सक्षम हुन्छ । त्यो व्यक्ति अनिष्ट शक्ति बन्दैन । बाँकी मानवजाति, मृत्युपछि भुवलोक तथा नरकमा जान्छ । भुर्वलोकको अधिकांश सूक्ष्म-देह अनिष्ट शक्ति बन्ने सम्भावना अत्यधिक हुन्छ । नरकको सबै सूक्ष्म-देह अनिष्ट शक्ति नै हुन् । वास्तवमा, यदि कुनै सज्जन छ तर उनको साथ साधनाबाट प्राप्त पर्याप्त आध्यात्मिक शक्ति छैन भने मृत्युपछि अनिष्ट शक्ति बन्ने सम्भावना हुन्छ । यो यस कारणले हुन्छ कि उच्च स्तरीय अनिष्ट शक्ति आक्रमण गरि उनलार्इ अफ्नो नियंत्रणमा लिन्छ । पृथ्वी जस्तै ब्रह्माण्डको अन्य लोकमा ‘जसको लठ्ठी उसैको भैसी’ (might is right) हुन्छ, अर्थात केवल शक्तिशाली नै अस्तित्वमा रहन सक्छ । उच्च स्तरीय अनिष्ट शक्ति (राक्षस, दानव, इत्यादि) अफ्नो अधिक आध्यात्मिक शक्तिले कम आध्यात्मिक शक्ति भएका सज्जनको सूक्ष्म-देहबाट उनको इच्छा विरुद्ध काम गराउछ अनि यस प्रकार अप्रत्यक्ष रूपमा उनलार्इ अनिष्ट शक्ति बनाउछ । केही समय पछि सज्जन सूक्ष्म-देह पनि हार मानि अनिष्ट शक्ति बन्न जान्छ तथा मनुष्यलार्इ कष्ट दिने अथवा अफ्नो सांसारिक इच्छाहरु पूरा गर्दा उनलार्इ पनि सुख मिलन थाल्छ ।

यसबाट सिक्नको लागि यो हो की, यदि हामी अध्यात्मको सार्वभौमिक ६ सिद्धान्त अनुसार साधना गरेन भने तथा अफ्नो अहं घटाएन भने मृत्युपछि हामी अनिष्ट शक्ति बन्न सक्ने अत्यधिक सम्भावना हुन्छ ।

४. को अनिष्ट शक्ति बन्दैन ?

त्यो व्यक्ति जुन,

  • र्इश्वर प्राप्ति (आध्यात्मिक उन्नतिको सर्वोच्च शिखर) उद्देश्यले साधना गर्छ ।
  • मनमा संस्कार तथा स्वभावदोष अल्प छ ।
  • अहं अल्प छ ।
  • ५० प्रतिशत (समष्टि) अथवा ६० प्रतिशत (व्यष्टि) आध्यात्मिक स्तर भन्दा माथि छ ।,/li>

जब यस्तो व्यक्तिको मृत्यु हुन्छ, तब उच्च लोक जस्तै, स्वर्ग तथा त्यस भन्दा आगाडिको लोकमा जान्छ । आफ्नो आध्यात्मिक शक्ति तथा र्इश्वरबाट सुरक्षा मिल्नुको कारण अनिष्ट शक्ति न उनलार्इ प्रभावित गर्न सक्छ तथा न उनलार्इ अफ्नो नियंत्रणमा लिन सक्छ ।

५. आध्यात्मिक स्तर तथा अनिष्ट शक्ति

अनिष्ट शक्तिमा आधारित, पूरै खण्डमा हामीले बताएका छौं कि उच्च स्तरीय अनिष्ट शक्ति अफ्नो कठोर साधना तथा तपस्याको कारण अत्यधिक आध्यात्मिक शक्तिले युक्त हुन्छ । यस कारण उनको आध्यात्मिक स्तर उच्च हुन्छ तथा आध्यात्मिक शक्ति पनि अधिक हुन्छ । यो विरोधाभास प्रतीत भएर कसैको मनमा यो प्रश्न आउन सक्छ कि, आध्यात्मिक स्तर उच्च हुँदा पनि कोही अनिष्ट शक्ति कसरी बन्न सक्छ ? ७० प्रतिशत आध्यात्मिक स्तरको कुनै सन्तको आध्यात्मिक शक्ति तथा उच्चतर अनिष्ट शक्ति जस्तै पाँचवै पातालको सूक्ष्म-मान्त्रिकको आध्यात्मिक शक्ति समान हुन सक्छ । तर उनीहरुमा मूल अन्तर निम्नलिखित छन् :

  • सन्त अफ्नो तन, मन, धन, अहं इत्यादि र्इश्वरलार्इ समर्पित गरि एकरूप हुने उद्देश्यले साधना गर्छ ।
  • उच्चतर अनिष्ट शक्ति अथवा अत्यधिक आध्यात्मिक शक्ति भएको व्यक्ति (जो मृत्यु पछि अनिष्ट शक्ति बन्न जान्छ) पराशक्ति पाउने उद्देश्यले साधना गर्छ जसले गर्दा र्इश्वर समान बन्न सकोस अनि यस प्रकार उनमा अत्यधिक अहं हुन्छ ।

सन्त अफ्नो र्इश्वरीय तत्व अथवा अन्तरमा विद्यमान र्इश्वरसँग पहिचान राख्छ । अर्को तर्फ सूक्ष्म-मान्त्रिक आफ्नो आध्यात्मिक शक्तिमा धेरै घमण्ड राख्छ तथा आफ्नो अहं अर्थात पंचज्ञानेंद्रिय, मन एवं बुद्धिसँग पहिचान राख्छ ।