अध्यात्म अनुभूतिको शास्त्र हो

अध्यात्ममा शब्दको महत्त्व मात्र २% छ, जब कि अनुभवको महत्त्व ९८% छ ।1-nepal_m_spirituality_is_to_be_experienced_for_nepalयो चित्रमा हामी दुर्इ पर्वत बीच खाडल देख्न सक्छौं । कोही पूर्णतह बौद्धिक ज्ञानको एक शिखरबाट, त्यही ज्ञानको अनुभूतिको अर्को शिखरसम्म कसरी पुग्न सक्छ ?

यस चित्रमा पुल, ‘साधना’ को प्रतीक हो। ‘साधना’ बैद्धिक ज्ञानलार्इ प्रत्यक्ष अनुभव गर्न पाउनुमा महत्वपूर्ण भूमिका छ । तर एक अत्यन्त बुद्धिमान व्यक्ति, जसले अध्यात्मको विषयमा धेरै-थोरै पढेको अथवा सुनेको भए पनि ‘साधना’ आचरणमा ल्याउन कठिन हुन्छ । त्यसले अधिकांश बुद्धिजीवी शब्द जालमा फसेर धर्म ग्रन्थलार्इ तर्क-वितर्क गर्छ, जब कि अंततः अध्यात्म अनि धर्म ग्रन्थमा लेखेको शब्दको अनुभूति हुन आवश्यक छ । (सन्दर्भ : आध्यात्मिक अनुभूति के हो ?)

story explaining spiritual conceptsएक पल्ट एउटा गरीब डुङ्गा चालक एक विद्वान व्यक्तिलार्इ डुङ्गाबाट नदी पार गरार्इरहेको थियो ।

यस बीच कुराकानी हुन थाल्यो । विद्वानले केही ग्रन्थको नाम लिएर सोध्यो, के तिमीले यो ग्रन्थ पढेको छ ? डुङ्गा चालकले भन्यो ‘छैन’ यस्तो उत्तर दिए पछि विद्वाले भन्यो ‘तिमीले आफ्नो  आधा जीवन व्यर्थ गरि दियो ।’ चर्चा चलि रहेको थियो डुङ्गामा दुलो परयो अनि डुङ्गा भित्र पानी आउन थाल्यो । यो देखेर डुङ्गा चालकले विद्वानलार्इ सोध्यो ‘श्रीमान के तपार्इलार्इ पैडिन आउछ ?’ विद्वानले भन्यो ‘मैले  पैडिको विषयमा अनेक ग्रन्थ पढेको छु अनि विविध जानकारी प्राप्त गरेको छु; तर मलार्इ पैडि खेल्न आउदैन । यसमा डुङ्गा चालकले भन्यो, तपार्इको सारा जीवन व्यर्थ भयो किन कि यो डुङ्गा अब डुबने छ !

विद्वानको सैद्धान्तिक ज्ञान उनलार्इ कुनै किसिमले काममा आएन, यस प्रकार भवसागर पार गर्नको लागि अनि आनन्द प्राप्तिको लागि केवल शाब्दिक ज्ञान पर्याप्त हुँदैन; तर साधना नै आवश्यक छ ।