हाम्रो वेबसाईटमा अध्यात्म शास्त्र शोध संस्थानले (एस.एस.आर.एफ ले) नियमित ‘साधना’ को महत्वलाई व्यापक रुपले जोड दिएको छ ।

यो भागको उद्देय हो – ‘तपाई आज नै साधना सुरु गर्न के गर्न सक्नु हुन्छ’, यो तुरुन्त जान्नको लागि तपाईलाई सहायता गर्नु ।

तपाई चाहे कुनै पनि धार्मिक पन्थ अथवा संस्कृतिसँग सम्बद्ध हुनुहुन्छ, अध्यात्म शास्त्र शोध संस्था तत्काल गर्न योग्य निम्नलिखित ३ मुद्दाहरु सुझाव दिन चाहन्छ, जसले तपाईको आध्यात्मिक यात्रा आरम्भ होस् अथवा त्यसलाई सहायता होस् ।

१. आफ्नो जन्म पन्थको अनुसार देवताको नाम जप गर्ने

हाम्रो जन्म त्यही पन्थमा हुन्छ, जुन हाम्रो आध्यात्मिक यात्रा आरम्भ गर्नको लागि अनुकूल हुन्छ । त्यसैले हामी आफ्नो पन्थनुसार देवताको जुन रुप अथवा प्रतीकको उपासना गर्छौं, त्यहि हाम्रो आध्यात्मिक यात्राको लागि वर्तमाप चरणमा सर्वाधिक लाभदायक हुन्छ । प्रत्येक पन्थ अनुसार देवाताका विभिन्न नाम, एक परमेश्वरको विभिन्न रुपका प्रतिनिधि हुन् । आफ्नो जन्म पन्थ अनुसार देवताको नामजप गरि हामी ईश्वरको त्यस रुपलाई पुकारछौं अनि उनको दिव्य शक्ति आत्मसात गर्छौं । यो हाम्रो लागि सबै भन्दा आवश्यक सामान्य आध्यात्मिक टनिक (general spiritual tonic) जस्तै हो, जो हाम्रो लागि सर्वाधिक आवश्यक्ता रहन्छ ।

आउनुहोस् केहि उदाहरण हेरैं हाम्रो जन्म पन्थ अनुसार कुन देवताको नामजप गर्ने ।

कुन देवताको नामजप गर्न आवश्यक ?

कुन पन्थमा जन्म भयो ? कुन नामजप गर्ने ?
बौद्ध ॐ मणिपद्मे हुं ।, नमो बुद्धाय ।
ईसाई कैथोलिक : हेल मेरी (ईश्वरलाई प्राथना)
प्रोटेस्टंट : हेल जीजस (पर्वतबाट उपदेश)
हिन्दू

कुलदेवताको नाम अथवा कसैलाई कुलदेवताको नाम ज्ञात छैन भने ‘श्री कुलदेवतायै नम:’

कुलदेवताको नाम जप्ने पद्धति : कुलदेवताको नाम अगाडि ‘श्री’ लगाएर नामलाई चतुर्थ विभक्ति लगाउॅंने तथा अन्तिममा नम: लगाउँने ।

उदाहरणको लागि, यदि कुलदेवता : श्री गणपति हो भने ‘श्री गणेशाय नम:’ यदि भवानी माता हो भने ‘श्री भवानीमातायै नम:’ अथवा ‘श्री भवानी देव्यै नम:’

मुस्लिम या अल्लाह, अल्लाह हु अकबर, रहीम इत्यादि
जैन नवकार मन्त्र (ॐ नमो अरिहन्ताणं….)
ज्यू जेहोवाह, याहवेह, अडोनाइ अथवा ज्यू पन्थमा दिएका भगवानका नामहरुबाट
सिख वाहे गरु । श्री वाहे गुरु ।, सुखमणि साहेब ।, जपजी साहेब ।/td>
जोराष्ट्रियन १०१ नामहरु छन् । मनन (mediation) गर्दा ध्यानमा आएको नाम साधकलाई बताउँछ ।

नामजप सम्बन्धि केहि सुझाव:

1. कसरी तपाईलाई सुविधाजनक हुन्छ, त्यसरी नामजप गर्नुहोस् : तपाई मन मननै, मौखिक रुपमा अथवा माला लिएर जप गर्न सक्नु हुन्छ । तपाईको लागि कुन पद्धति सुविधाजनक छ, त्यहि पद्धति अपनाउन सक्नु हुन्छ ।

 

 

2. कुनै पनि समयमा, जहाँ पनि : तपाई जहाँ भए पनि, जहिले पनि जप गर्न सक्नु हुन्छ । उदाहरण. कार्यलय जादाको समयमा, खाना बनाउदै गर्दा अथवा कुकुरलाई घुमाउन लैजादा पनि नामजप गर्न सकिन्छ ।

 

 

3. नामजपको संख्या : जति धेरै नामजप गर्छैं त्यति धेरै आध्यात्मिक लाभ हुन्छ । तपाई पाच मिनेट प्रतिदिनबाट आरम्भ गर्न सक्नु हुन्छ अनि केहि महिनामा त्यसलाई बढाएर केहि घण्टा गर्न सक्नु हुन्छ ।

 

 

4. नामजप नियमित गर्नुहोस् : लगनसँग नामजप गर्नाले तपाई शान्तिको अनुभव गर्न पाउनु हुन्छ जुन पहिले कहिल्यै अनुभव गर्नु भएको थिएन । तपाईको सांसारिक जीवनमा पनि सुधार हुन थाल्छ ।

 

 

संक्षेपमा : यो साधनालाई कम्तिमा ६ महिना तपाईको क्षमतानुसार उत्तम प्रयास गर्नुहोस् । तपाईको जीवनमा फाईदा नै हुनेछ ।

२. एक नामजप जुन डिसेम्बर २०२५ सम्मको लागि आध्यात्मिक रुपमा अनुकूल छ

आध्यात्मिक अनुसन्धान मार्फत, हामीले वर्ष डिसेम्बर २०२५ सम्म आध्यात्मिक रूपमा सबैभन्दा अनुकूल नमजप फेला पारेका छौं।

त्यो नामजप हो ||ॐ नमो भगवतेवासुदेवाय||

https://www.spiritualresearchfoundation.org/userfiles/download.php?path=%2Fuserfiles%2Faudio%2Fchants_deities%2F7.+Shree+Krushna.mp3&as3cf-fix-wp-check-file-type-ext=.php

नामजप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस्

https://www.spiritualresearchfoundation.org/userfiles/download.php?path=/userfiles/audio/chants_deities/20210830_Krushna_MAV_T_30min.mp3&as3cf-fix-wp-check-file-type-ext=.php

नामजप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस्

यस मन्त्रको अर्थ हो, “सृष्टिको पालनपोषण गर्ने ईश्वरीय सिद्धान्तलाई म नमन गर्दछु”.

वर्तमान समय र विश्वमा रहेको अस्थिरतालाई ध्यानमा राख्दै, हामी हाम्रो प्राथमिक नामजपको रूपमा ॐ नमोभगवते वासुदेवाय नामजप गर्न सिफारिस गर्दछौं। यस नामजपले तपाईलाई आगामी समयमा आवश्यक आध्यात्मिक ऊर्जा र सुरक्षा प्रदान गर्नेछ। यदि तपाईले ॐ नमोभगवते वासुदेवाय नामजप गर्न थाल्नुभयो भने, आफ्नो जन्म धर्म अनुसार नामजप दोहोर्याउनु आवश्यक छैन।

भगवानको जुन नामजप गर्न रोज्नुहुन्छ, जपमा नियमित हुनु बढी महत्त्वपूर्ण हुन्छ। यो किनभने वर्तमान युगमा नामजपको आध्यात्मिक अभ्यास सिफारिस गरिएको छ र हामीलाई ईश्वरतर्फ जान मद्दत गर्दछ।

. अतृप्त पूर्वजको कारण हुने कष्ट (पितृदोष) बाट रक्षाको लागि संरक्षक नामजप

आज विश्वमा लगभग सबै जाना पितृ दोषबाट (अतृप्त पूर्वको कारण हुने कष्टबाट) प्रभावित छन् । यसको विस्तृत जानकारी अनुभाग पितृ दोष (अतृप्ति पूर्वजको कारण हुने कष्ट) मा दिएको छ ।

भगवान दत्तात्रेय ईश्वरको त्यो रुप हो, जो पितृ दोषबाट हाम्रो रक्षा गर्छ । पितृ दोषबाट निवारणको लागि उनको नामजपले सुरक्षा कवच बन्दछ ।

यो सुरक्षात्मक नामजप सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्

वास्तविक नामजप हो ।। श्री गुरुदेव दत्त ।। यो सुरक्षात्मक नामजप सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्

।। श्री गुरुदेव दत्त ।। नामजप सम्बन्धी सुझाव

मात्रा : हाम्रो सुझाव हो कि पितृ दोषको तिव्रता अनुसार तपाई ।। श्री गुरुदेव दत्त ।। नामजपको संख्या निर्धारित गर्नुहोस् । पितृ दोषको कारण उत्पन्न कष्ट अथवा समस्याका प्रकार जान्नको लागि हाम्रो लेख – पितृ दोष (अतृप्त पूर्वको कारण हुने कष्ट) को व्याख्या के हो ? अवश्य पढ्नुहोस् ।

  1. यदि पितृ दोष छैन भने अथवा कम छ भने भविष्यमा यस बाट बच्नको लागि प्रतिदिन १ अथवा २ माला ।। श्री गुरुदेव दत्त ।। नामजप गर्नुहोस् ।
  2. यदि पितृ दोष मध्यम छ भने प्रतिदिन २ देखि ४ घण्टा ।। श्री गुरुदेव दत्त ।। नामजप गर्नुहोस् ।
  3. यदि पितृ दोष तीव्र छ भने प्रतिदिन ४ देखि ६ घण्टा ।। श्री गुरुदेव दत्त ।। नामजप गर्नुहोस् ।

टिप्पणी : केहि समय पहिला दिएको सूचना अन्तर्गत नामजपको तुलनामा समय बढेको छ । वर्तमान अनि भविष्यमा पितृदोष अनि अनिष्ट शक्तिको पिडा वृद्धिको कारण यो संख्या बढाएको हो ।

४. आफ्नो आध्यात्मिक ज्ञान बढाउँने

अध्ययन : अध्यात्म शास्त्रको विभिन्न अङ्गका अध्यनले तपाईलाई नियमित साधनाको महत्व ज्ञान हुनेछ । यसले तपईको शङ्काको सामाधान पनि हुन्छ । निम्न लिखित लेख पढ्न उपयुक्त हुनेछ ।

  • अनन्त सुखको लागि आध्यात्मिक शोध तथा साधना के हो : मूलभूत सिद्धान्त
  • साधना सम्बन्धी अनुभाग

टिप्पणी : तपईको अनुभव नि:सङ्कोच बताउनुहोस् तथा साधना आरम्भ गरे पछि मनमा उत्पन्न कुनै पनि प्रश्न सोध्नुहोस् ।