1. जीवनको उद्देश्य – प्रस्तावना

प्राय: हामी यो प्रश्न पूछौं कि, जीवनको अर्थ के हो ?’ अथवा ‘जीवनको उद्देश्य के हो ?’ अथवा ‘हामी जन्म किन लिन्छौं ?’ जीवनको सन्दर्भमा प्रायजसो हाम्रो आफ्नो योजना हुन्छ, तर आध्यात्मिक दृष्टिले सामान्यत: जन्म दर्इ कारणले हुन्छ । यी दुर्इ कारणहरुले हाम्रो जीवनको उद्देश्य मूलरुप परिभाषित गर्छन् । यी दर्इ कारणहरु हुन् :

  • विभिन्न व्यक्तिहरुसँग लेन-देन हिसाब पूरा गर्नको (चुकाउनको) लागि ।
  • आध्यात्मिक प्रगति गरि र्इश्वरसँग एक रुप भर्इ अन्तिम ध्येय साध्य गर्नको लागि, जसले जन्म-मृत्युको चक्रबाट मुक्ति मिल्छ ।

२. अफ्नो लेन-देन चुकान (पूर्ण गर्नु)

अनेकौं जन्ममा भएका हाम्रो कर्म एवं क्रियाका परिणामस्वरुप हाम्रो खातामा धेरै लेन-देन जम्मा हुन्छ । यो लेन-देन हाम्रो कर्मको स्वरुप अनुसार राम्रो अथवा नराम्रो हुन्छ । सर्वसाधरण नियमानुसार वर्तमान युगमा हाम्रो ६५% जीवन प्रारब्धानुसार (जो हाम्रो नियन्त्रणमा हुदैन) अनि ३५% जीवन हाम्रो क्रियमाण कर्म अनुसार (इच्छानुसार नियन्त्रित) हुन्छ । हाम्रो जीवनको सबै महत्वपूर्ण घटना अधिकतर प्रारब्धानुसार हुन्छ । यी घटनाहरुमा, जन्म, परिवार (कुल), विवाह, सन्तान (छोराछोरी), गम्भीर रोग तथा मृत्युको समय आदि समावेश हुन्छ । जुन सु:ख अथवा दु:ख हामी आफ्नो प्रियजनहरुलार्इ दिन्छौं अथवा तिनीहरुबाट पाउछौं, यो हाम्रो पूर्व लेन-देनको कारण हुन्छ । यही लेन-देन निर्धारित गर्छ हाम्रो जीवनको सम्बन्धको स्वरुप, तथा त्यसको आरम्भ अनि अन्त कस्तो हुन्छ ।

वर्तमान जन्ममा हाम्रो जुन प्रारब्ध छ त्यो वास्तवमा हाम्रो संचितको एक अंश हो, जुन अने जन्मदेखि हाम्रो खातामा जम्मा भएको हुन्छ ।

यदि हाम्रो जीवनमा पूर्व निर्धारित यस लेन-देन अनि प्रारब्ध हामी पूरा गर्छौं तर जीवनको अन्तमा क्रियमाण (ऐच्छिक) कर्मद्वारा पनि बढ्छ । जीवनको अन्तमा यो हाम्रो समस्त लेन-देनमा संचितको रुपमा जोडिन्छ । परिणामस्वरुप यस लेन-देन चुकाउनको लागि पुन: जन्म लिनु पर्छ अनि हामी जन्म-मृत्युको चक्रमा फसछौं ।

सन्दर्भ : जन्म-मृत्युको चक्रमा हामी कसरी फसछौं, यसको विवरण ‘जन्म-मृत्युको चक्रबाट मुक्ति (मोक्ष)’ यस लेखमा प्रस्तुत छ ।

3. आध्यात्मिक प्रगति

समष्टि आध्यात्मिक स्तरको अर्थ हो समाजको लागि गरिने साधना (समष्टि साधना) द्वारा प्राप्त गरिएको आध्यात्मिक स्तर । व्यष्टि आध्यात्मिक स्तरको अर्थ हो व्यक्तिगत स्तरमा गरिने साधना (व्यष्टि साधना) द्वारा प्राप्त गरेको आध्यात्मिक स्तर । वर्तमान समयमा समाजको लागि आध्यात्मिक प्रगति (समष्टि साधना) गर्ने ७०% प्रतिशत महत्व छ जब कि व्यक्तिगत साधना (व्यष्टि साधना) को ३०% प्रतिशत महत्व छ ।

कुनै पनि साधना पथमा आध्यात्मिक विकासको चरम हो, परमेश्‍वरमा विलीन हुनु । यसको अर्थ हो, हामीमा तथा हाम्रो चारै तर्फ अनि विद्यमान ईश्‍वरको अनुभव गर्नु, जो हाम्रो पञ्चज्ञानेंद्रिय, मन तथा बुद्धिको पहिचान हुदैन । यो १००% आध्यात्मिक स्तरमा सम्भव हुन्छ । वर्तमान युगमा अधिकतर व्यक्तिको आध्यात्मिक स्तर २०-२५% हुन्छ अनि उनमा आध्यात्मिक विकासको लागि साधना गर्ने कुनै रूचि हुदैन । उनको अधिकाधिक पहिचान पञ्च ज्ञानेंद्रिय, मन अनि बुद्धिबाट हुन्छ । यसको प्रभाव हाम्रो जीवनमा व्यक्त हुन्छ, उदाहरणार्थ, जब हामी अफ्नो सौंदर्य प्रति अधिक ध्यान दिन्छौं अथवा हामीमा अफ्नो बुद्धि अथवा सफलताको अहंकार हुन्छन् ।

साधनाद्वारा हाम्रो जब समष्टि आध्यात्मिक स्तर ६०% अथवा व्यष्टि आध्यात्मिक स्तर ७०% हुन्छ, तब हामी जन्म-मृत्यु को चक्रबाट मुक्त हुन जान्छ । त्यस पछि हाम्रो शेष लेन-देन महर्लोक अनि अगाडिको उच्च सूक्ष्म लोकमा चुकाउन सक्छौं (पूर्ण गर्न सक्छ) । ६०% (समष्टि) अथवा ७०% (व्यष्टि) आध्यात्मिक स्तर अधि पुगेका केही जीव मानवताको आध्यात्मिक मार्गदर्शन गर्नको लागि पृथ्वीमा जन्म लिन रूचि राख्दछन् ।

आध्यात्मको ६ मूलभूत सिद्धान्त अनुसार साधना गरेमा नै आध्यात्मिक विकास सम्भव हुन्छ । जुन आध्यात्मिक मार्ग यी ६ मूलभूत सिद्धान्त पालन गर्दैन, त्यस अनुसार साधना गर्ने व्यक्तिको विकासमा अवरोध आउछ ।

संदर्भ : ‘साधनाको लागि स्वर्ग अथवा नर्क जस्ता अन्य लोक को तुलनामा भूलोक को महत्व’

४. हाम्रो जीवनको लक्ष्यको सन्दर्भमा यसको के अर्थ छ ?

हामी मध्य धेरै व्यक्तिहरुका जीवनका केही लक्ष्य हुन्छन्, उदाहरणार्थ डाँक्टर बन्नु, धनवान बन्नु अथवा प्रतिष्ठा कमाउनु अथवा कुनै विशिष्ट क्षेत्रमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नु । लक्ष्य कुनै पनि होस्, अधिकांश व्यक्तिको लागि त्यो प्राय: एवं प्रमुखत: सांसारिक नै हुन्छ । हाम्रो सम्पूर्ण शिक्षा प्रणाली यस प्रकार विकासित गरेको छ कि हामी यी सांसारिक लक्ष्यका अनुकारण गर्न सकोस् । अभिभावक हुनुको नाताले हामी पनि आफ्नो बच्चाको सामुन्य यी सांसारिक लक्ष्य राखि शिक्षित गर्छौं, तथा त्यस्ता व्यवसायको लागि प्रोत्साहित गर्छौं जसले ज्यादा आर्थिक लाभ मिलोस् ।

कसैको मनमा यो प्रश्न आउन सक्छ कि यी सांसारिक लक्ष्य कसरी जीवनको आध्यात्मिक ध्येय अनि पृथ्वीमा जन्म लिनुको कारणसँग सद्भाव राख्न सक्छ ?

उत्तर धेरै सरल छ । हामी सांसारिक लक्ष्य पछाडि भाग्छौं; यसको लागि भागिरहन्छौं कि हामीलार्इ सन्तोष एवं आन्नद (सुख) प्राप्त होस् । सामन्यत: हाम्रो हरेक कृत्य मायावी सर्वोत्कृष्ट र चिरस्थायी आन्नद प्राप्त गर्ने अभिलाषाले प्रेरित हुन्छ । तर वास्तवमा सांसारिक लक्ष्य पूर्ति भए पछि पनि सन्तोष अल्प कालको लागि मात्र टिक्छ । हामी कोही अन्य सुख पाउने सपना देख्न थाल्छौं

‘परम अनि चिरस्थायी सुख’ प्राप्ति केवल साधनाबाट मात्र सम्भव हुन्छ, जुन ६ मूल सिद्धान्तमा आधारित हुन्छ । सर्वोच्च श्रेणीको सुख, जुन आन्नद हो, यो र्इश्वरको गुणर्धम हो । जब हामी र्इश्वरसँग एकरुप हुन्छौं तब हामी पनि त्यस चिरस्थायी आन्नदको अनुभूति हुन्छन् ।

यसको अर्थ यो हाइन कि हामी आफ्नो दैनिक जीवनमा जो गरिरहेकाछौं त्यो सबै छोडेर केवल साधनामा मात्र ध्यान केन्द्रित गर्नु । यसको आशय यो हो कि सांसारिक जीवनको साथ साधनाको संयोजनमा परम अनि चिरस्थायी सुख प्राप्ति सम्भव हुन्छ । साधनाको लाभको विस्तृत विवेचन ‘चिरस्थायी सुखको लागि आध्यात्मिक शोध’ मा दिएको छ ।

सम्क्षेपमा हाम्रो जीवनको लक्ष्य, आध्यात्मिक प्रगतिको आशय जति अनुरुप हुन्छ त्यती नै हाम्रो जीवनमा अधिक समृद्ध हुन्छ अनि त्यतीनै हामीलार्इ कष्ट अल्प हुन्छ । निम्नलिखित उदाहरणले यो स्पे्ट हुन्छ कि आध्यात्मिक विकास एवं परिपक्वताको फलस्वरुप, जीवन प्रति हाम्रो दृष्टिकोण कसरी परिवर्तित हुन्छ ।

व्यवहारिक दृष्टिकोण आध्यात्मिक दृष्टिकोण
अज्ञान क्या है ? व्यवहारिक विषयों के ज्ञान का अभाव ऐसा मानना कि “मैं” केवल देह और मन ही हूँ
‘स्व’ को समझने का अर्थ क्या है ? ऐसा मानना कि “मैं” केवल देह और मन ही हूँ “मैं” का अर्थात स्वयं में विद्यमान ईश्वरीय अंश का
बोध और अनुभव होना
सफलता की व्याख्या क्या है ? सम्मान, पैसा, प्रतिष्ठा इ. प्राप्त होना आध्यात्मिक प्रगति

५. सांसारिक जीवन अनि आध्यात्मिक उद्देश्य बीच सद्भावका उदाहरणहरु

एस.एस.आर.एफ. मा हामीसँग यस्ता कयौं स्वयंसेवक छन्, जुन यथाक्षमता अफ्नो समय तथा कुशलता ईश्वर सेवामा अर्पित गरिरहेका छन् । उदाहरणार्थ,

  • हाम्रो एक सदस्य आइ.टी को परामर्शदाता (IT consultant) हुन्, उनी आफ्नो खाली समयमा हाम्रो जालस्थल (website) को प्राविधिक पक्षहरु हेरविचार गर्छ ।
  • संपादकीय विभागको एक सदस्या मनोरोग-चिकित्सक (psychiatrist) हुन् उनी अपलोड (upload) गरेका जानकारी चिकित्सकीय तथा आध्यात्मिक दृष्टिबाट जाच गर्न सहायता गर्छ ।
  • एस.एस.आर.एफ. को एक अन्य सदस्या अफ्नो व्यवसायको लागि विविध देशहरुमा यात्रा गर्छिन् । अफ्नो खाली समयमा देशको समविचारी सङ्गठनलार्इ एस.एस.आर.एफ. को जालस्थलको जानकारी दिन्छ ।
  • एक गृहिणी आध्यात्मिक कार्यक्रममा आनेहुरुको लागि खाद्यपदार्थ बनाउनमा सहायता गर्छिन् ।

अफ्नो दिनचर्या अध्यात्मीकरण गर्नाले एस.एस.आर.एफ. को सदस्यहरुका जीवनमा धेरै सकारात्मक परिवर्तन भएका छन् । आन्नदमा वृद्धि हुनु अनि दुःखको मात्रा अल्प हुनु यी महत्वपूर्ण परिवर्तन हुन् । जीवनको कुनै दुःखले भरेको प्रसङ्गमा अथवा दर्दनाक स्थिति मा उनी अनुभव गर्छ कि मानै कसैले उनको आस-पास सुरक्षा कवच बनाइ दिएको छ ।

६. फेरि-फेरि जन्म लिनु किन अनुचित छ ?

कहिले काहि व्यक्ति सोच्छ कि फेरि-फेरि जन्म लिनु किन अनुचित छ र ? जसरी हामी वर्तमान कलियुमा (संघर्षका युगमा) अगाडि बढ्छौं जीवन समस्या तथा दु:खले घेरिछ । अध्यात्मिक अनुसन्धान देखाउछ कि विश्वभरमा समान्यत: ३०% समय मनुष्य खुशी रहन्छ तथा ४०% समय दुखी रहन्छ । बाकि ३०% समयमा मनुष्यलार्इ सुख-द:खको अनुभव हुदैन । उदाहरण, जब व्यक्ति बाटोमा हिडिरहेको छ अथवा कुनै व्यवहारिक कार्य गरिरहेको छ तब उनको मनमा सुखदायक अथवा दुखदायक विचार हुदैन उनी केवल कर्य गर्छ ।

यसको प्राथमिक कारण हो कि अधिक्तर व्यक्तिका आध्यात्मिक स्तर अल्प हुन्छ । यसकारण धेरै पल्ट हाम्रो निर्णय एवं आचरणले अरुलार्इ कष्ट हुन्छ । साथै वातावरणमा रज-तम फैलाउछ । फलस्वरुप नकारात्मक कर्म अनि लेन-देनको हिसाव बढ्छ । त्यसैले अधिक्तर मुनष्यको लागि वर्तमान जन्मको अपेक्षा आउने जन्म दुखदायी हुन्छ ।

विश्वमा आर्थिक, वैज्ञानिक अनि प्राविधिक प्रगति भएको छ तर हामी सुख (जुन हाम्रो जीवनको मुख्य ध्येय हो) यसमा पहिलाको पिढि भन्दा कम छौं ।

हामी सबै सुख चाहन्छौं तर प्रत्येकको अनुभव छ कि जीवनमा दु:ख आउछ । आउने जन्म तथा भविष्यको जीवनमा सर्वोच्च तथा चिरन्तन सुख प्राप्त हुने निशचिति हुदैन । केवल आध्यात्मिक उन्नति अनि र्इश्वरसँग एकरुप नै निरन्तर अनि स्थायी सुख दिन सक्छ ।