प्रार्थनाको महत्त्व

आफ्नो आध्यात्मिक उन्नति बुझ्नको लागि एक महत्त्वपूर्ण मापदण्ड यो हो कि, हाम्रो मन, बुद्धि तथा अहं कुन सिमासम्म लय भएको छ । (तल दिएको टिप्पणी २ को सन्दर्भ लिनुहोस् ।)

1-nepal_m_importance_of_prayer_for_nepal

आफ्नो जन्मदेखि एउटा कुरा हामी सबै देख्छौं कि हाम्रो अभिभावक, शिक्षक तथा मित्र, हाम्रो पंचज्ञानेंद्रिय, मन, तथा बुद्धिको बृद्धि गर्न लागिरहन्छ । वर्तमान संसारमा पंचज्ञानेंद्रिय, मन, तथा बुद्धिसँग सम्बन्धित कुरा जस्तै बाह्य सौन्दर्य, धेरै तलब, मित्र-मंडली इत्यादि मा अत्यधिक बल दिने गर्छ । हामी मध्य अधिकांश जीवनको कुनै पनि मोडमा बताउदैन कि, हाम्रो जीवनको उद्देश्य स्वयंबाट परे गर्इ आफ्नो अन्तरमा विद्यमान र्इश्वरलार्इ खोज्नु हो ।

त्यसैले जब हामी साधना आरम्भ गर्छौं, तब हामी पंचज्ञानेंद्रिय, मन, तथा बुद्धिमा ध्यान केन्द्रित गर्ने बानी छोड्नु पर्छ, यो संस्कारलार्इ मेटाउनु पर्छ । पंचज्ञानेंद्रिय, मन, तथा बुद्धिमा हाम्रो निर्भरता तथा सम्बन्धित संस्कारलार्इ कम गर्ने एक महत्तवपूर्ण साधन हो – प्रार्थना ।

प्रार्थना कृत्य यो दर्शाउछ कि, व्यक्ति जसलार्इ प्रार्थना गरिराखेको छ, उनको शक्तिलार्इ आफ्नो शक्ति भन्दा उच्च मान्छ । त्यसैले, प्रार्थना गर्नाले व्यक्ति आफ्नो निर्बलता व्यक्त गर्छ तथा उच्च शक्तिको शरण गएर सहायताको विनती गर्छ । यो आफ्नो अहंलार्इ चोट पुराउनु समान हो किन कि प्रार्थनाको तात्पर्य यो हो कि व्यक्ति आफु भन्दा उच्च मन तथा बुद्धिसँग सहायता माग्छ । यस प्रकार पुनः-पुनः प्रार्थना गर्नाले हामी आफ्नो सीमित मन तथा बुद्धिबाट निक्लेर उच्चतर विश्वमन तथा विश्वबुद्धिसँग सम्पर्क गर्न पाउछ । यस्तो गरि रहनाले कालांतरमा हाम्रो मन तथा बुद्धिको लय हुनमा सहायता मिल्छ । यस प्रकार आध्यात्मिक प्रगतिको लागि पुनः-पुनः तथा निष्ठापूर्ण प्रार्थनाले मन, बुद्धि तथा अहंको लयमा सहायता मिल्छ ।