नरिवल फुटाएर कुदृष्टि (नराम्रो नजर) हटाउने धार्मिक कृत्य

पद्धति : कुदृष्टि हटाउनको लागि नरिवलको उपयोग

नरिवल इष्ट अनि अनिष्ट दुवै प्रकारका तरङ्गहरु आकर्षित गर्न सक्छ । कष्टप्रद शक्तिको समस्या अधिक तीव्र भएमा कुदृष्टि हटाउनको लागि नरिवल उपयोग गर्न अधिक उपयुक्त हुन्छ ।

यो धार्मिक कृती गर्नको लागि के आवश्यक हुन्छ ?

पध्दति

  • पहिलो चरण : प्रार्थना

    • जुन व्यक्तिमा यो धार्मिक कृत्य गरिने हो, त्यो व्यक्ति श्री हनुमानलार्इ शरणागत भावले नमस्कार गरिसकेपछि प्रार्थना गर्नुहोस् : ‘हे श्री हनुमान , मलार्इ (पूरा नाम लिनुहोस्) हुने कष्ट यो नरिवलको टुप्पोमा अवशोषित (absorbed) हुन दिनुहोस् अनि धार्मिक कृत्य गर्ने (व्यक्तिको पूरा नाम उच्चारण गर्नुहोस्) कुनै पनि प्रकारको कष्ट हुन नदिनुहोस् । कृपया ममा विद्यमान सम्पूर्ण कालो शक्ति नरिवलको टुप्पोमा अवशोषित भर्इ नष्ट हुन दिनुहोस् ।’
    • धार्मिक कृत्य गर्ने व्यक्ति अनिष्ट शक्तिले प्रभावित नहोस् साथै धार्मिक कृत्य प्रभावी होस्, यसको लागि श्री हनुमान लार्इ प्रार्थना गर्नुहोस् ।
  • दोस्रो चरण : धार्मिक कृत्य

    • अनिष्ट शक्तिको कष्टबाट पीडित अनि जसमा धार्मिक कृत्य गरिने हो, उनी काठको पिर्का अथवा आसनमा पूर्व दिशामा मुख गरेर घुँडालार्इ छाती नजिक राखेर बस्नुहोस् (तलको चित्र हेर्नुहोस्)। हातलार्इ माथि पट्टि फर्काएर घुँडामा राख्नुहोस् ।
    • धार्मिक कृत्य गर्ने व्यक्ति आफ्नो हातमा नरिवल समातेर प्रभावित व्यक्तिको अगाडि उभिनुहोस् (तलको चित्र हेर्नुहोस्) । नरिवलको टुप्पो प्रभावित व्यक्ति तर्फ फर्काउनुहोस् । प्रभावित व्यक्ति नरिवलको टुप्पोलार्इ हेरिराख्नु साथै निरन्तर नामजप गरि रहनुहोस् ।
    • प्रभावित व्यक्तिको खुट्टादेखि टाउकोसम्म तीन पटक नरिवल घडीको सुर्इको दिशामा घुमाउनुहोस् । धार्मिक कृती गर्ने व्यक्ति घडीको सुईको दिशामा प्रभावित व्यक्तिलार्इ तीन पटक परिक्रमा गर्नुहोस् ।

      यस्तो गरिरहेको समय जसमा धार्मिक कृती गरिरहेको छ उनको तर्फ निरन्तर नरिवलको टुप्पो फर्केकोहोस् । यसको लागि परिक्रमा गर्ने समय पीडित व्यक्तिको नजिकै नभएर  किनारबाट यसरी परिक्रमा गर्नुहोस् जसले शरीरको एक भाग उनको तर्फ होस् । परिक्रमा गर्ने समय माथि दिएको प्रार्थना निरन्त गरिरहनुहोस् ।

  • तेस्रो चरण : नरिवल फोड्ने

    धार्मिक कृती सम्पन्न भएपछि नरिवललार्इ जहाँ तीन सडकहरु मिल्छन् त्यहाँ अथवा श्री हनुमानको मन्दिरमा अथवा कुनै पनि पवित्र स्थानमा, ‘बजरङ्ग बली हनुमानको जय’ यो जयघोष गर्दै फुटाउनुहोस् । यदि माथि उल्लेख गरेको स्थान उपलब्ध नभएमा कुनै पनि पवित्र स्थान अथवा घर पछाडि फुटाउन सकिन्छ ।

    नरिवल फुटाउदा यी कुराहरु हुन सक्छन् :

    • व्यक्तिको कष्टप्रद शक्तिले प्रभावित हुनाले नरिवल भारी हुने, धेरै टुकडामा फुट्ने अनि पानी माथिको दिशामा १-२ मीटर उचाइसम्म जाने ।
    • कहिलेकाहीं नरिवल बिग्रेको पाइन्छ ।
    • कहिलेकाहीं तीव्र कष्ट भएको कारण बलपूर्वक फुटाउदा पनि नरिवल फुट्दैन; किन कि भित्रको कष्टप्रद शक्ति प्रार्थना अनुसार श्री हनुमान द्वारा नष्ट हुन चाहदैन ।
    • कष्टप्रद शक्ति धेरै बलियो भएमा नरिवल अचानक हुतेर जाने अनि खोजदा पनि भेटिदैन । यसबाट नरिवलमा अवशोषित (absorbed) भएको कष्टप्रद शक्ति  हामी अनुमान लगाउन सक्छौं ।
      धार्मिक कृतीमा प्रयोग गरिने नरिवलमा हुने प्रभाव प्रभावित व्यक्तिमा गरिएको कालो जादू गर्नुको मुख्य उद्देश्य कालो जादूको तीव्रता (प्रतिशतको मात्रामा)

      १. नरिवल भारी हुने

      निरन्तर अस्थिरता, विचार गर्न कठिनाई होस्, यसको लागि कालो जादू गर्ने

      २०

      २. नरिवल भित्रको पानी सुकेर जाने

      भोक नलाग्ने, यसको लागि अन्नको माध्यमद्वारा कालो जादू गर्ने

      २९

      ३. नरिवल कालो हुने/सडेर जाने

      हड्डी खोक्रो बनाउनको लागि कालो जादू गर्ने

      ३२

      ४. नरिवल धेरै टुक्रा भएर फुट्ने

      शरीरको प्रत्येक कोशमा कालो शक्ति संक्रमित गर्नको लागि गरिने कालो जादू

      ३५

      ५.नरिवल नफुट्ने

      व्यक्तिको मृत्यु होस्, यसको लागि कालो जादू गर्ने

      ४०

      ६. नरिवल उडेर जाने अनि खोजदा पनि नपाउने

      व्यक्तिको मृत्यु होस् अनि उनको सूक्ष्म-देह नियन्त्रणमा ल्याउनाको लागि कालो जादू गर्ने

      ७०

      ७. हातमा लिएर प्रत्यक्ष भूमिमा ठोकेर फुटाउनु पहिलानै धेरै टुक्रा हुने

      प्रभावित व्यक्तिको मनमा आत्महत्याको विचार दिने अनि आचरणहोस्, यसको लागि कालो जादू गर्ने

      १००

      यो पद्धतिको उपयोग गर्दा धेरै व्यक्तिहरुलार्इ एकै सथ राखेर एउटै समयमा उनीहरुको कुदृष्टि हटाउन सम्भब हुन्छ ।

  • चौथो चरण : नरिवल फ्याकि दिने

    • श्री हनुमानलार्इ अनिष्ट शक्तिको नाश हुनको लागि प्रार्थना गर्दै, टुक्रिएको नरिवलको टुक्राहरु प्लास्टिकको झोलामा सङ्कलन गरि त्यसलार्इ बाँधेर घरको परिसरदेखि टढा फोहर सङ्कलन गर्ने भाडामा फाल्न सक्छ ।