अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

१. अलङ्कार धारण गर्ने -प्रस्तावना

विविध संस्कृतिका व्यक्तिहरु प्रतिदिन अलङ्कार (गहना) लाउछन् । कुनै गहनाको विशेष अर्थ हुन्छ, जस्तै परिवारमा यदि त्यो पैतृक सम्पत्तिको रूपमा मिलेको छ ।  सामान्यतः जब हामी स्त्रिको अलङ्कारको विचार गर्दछौं, त्यस समय पुरुषको लागि पनि आैंठी तथा बालाको बिचार गर्दछौं । जब हामी इतिहासमा पछि फर्केर हेर्छौं, तब हामी पाउछौं कि विभिन्न संस्कृतिहरुमा व्यक्तिहरु विविध धातुहरुका तथा रत्नहरुले बनेका अनेक प्रकारका अलङ्कार लगाउदै आएका छन् । व्यक्ति अलङ्कार किन धारण गर्छ तथा के अलङ्कार धारण गर्नु केवल सौन्दर्य बढाउन बाहेक पनि अन्य कुनै कारण छ, यो जान्नको लागि हामी अति उत्सुक थियौं ।

SSRF मा गरिएको आध्यात्मिक अनुसन्धानले हामीलार्इ यो ज्ञात भयो कि अलङ्कार धारण गर्नाले  व्यक्तिलार्इ आध्यात्मिक लाभ प्राप्त हुन सक्छ । यी फार्इदाहरुमा व्यक्तिमा चैतन्य समाहित हुने, शरीरको कालो शक्ति घट्ने अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) बाट रक्षण हुने तथा एक्यूप्रेशर पद्धति ले आध्यात्मिक उपचार हुने जसता फार्इदा सम्मिलित छन् ।

२. अलङ्कार धारण गर्दा आध्यात्मिक प्रभावको सन्दर्भमा सूक्ष्म-ज्ञानमा आधारित चित्र

निम्नलिखित सूक्ष्म-ज्ञान मा आधारित चित्र SSRF को साधकले आफ्नो विकसित छैटौं इन्द्रिय उपयोग गरि बनाएको हो ।

SSRF को सूक्ष्म-विभागको साधकसँग सूक्ष्म देखेर सूक्ष्म-ज्ञानमा आधारित चित्र बनाउने क्षमता छ । यो उनी आफ्नो साधना तथा सत्सेवाको एक भागको रूपमा गर्दछ ।

सूक्ष्म-ज्ञान मा आधारित चित्र विविध प्रकारका अलङ्कार जस्तै – सुनको अङ्गूठी, कानको झुम्का, सुनको सिकडी (चेन), तामाको ब्रेसलेट तथा फ्रेन्डशीप बैन्ड (फीता) इत्यादि धारण गर्दाका प्रभाव दर्शाउछन् ।

२.१ अनामिका (सबै भन्दा सानो आैलाको नजिकको आैला) मा अलङ्कार (सुनको अङ्गूठी) धारण गर्दा, सूक्ष्म-ज्ञानमा आधारित चित्र

अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

सूक्ष्म-ज्ञान मा आधारित यस चित्रबाट हामी निम्नलिखित सूत्र जान्न सक्छौं :

  • अनामिका आैंलामा सुनको अङ्गूठी धारण गर्नाले, चैतन्य आकर्षित तथा सक्रिय भएर अङ्गूठीबाट प्रक्षेपित हुन्छ । दैवी शक्ति पनि सक्रिय भएर अङ्गूठीबाट प्रक्षेपित हुन्छ ।
  • अङ्गूठीको चैतन्य आैंलामा दबाव निर्मित गर्दछ जसले एक्यूप्रेशर हुन जान्छ । यसले आैंलाबाट कष्टदायक शक्ति निक्लेर जान्छ तथा आैंला चैतन्य ग्रहण गर्दछ ।
  • अनामिका आैंलामा अङ्गूठी धारण गर्न सर्वाधिक राम्रो हुन्छ । त्यसपछि मध्य आैंलामा अङ्गूठी धारण गर्नुहोस् । आध्यात्मिक फाइदाको लागि, स्त्रि बायाँ तथा पुरुष दायाँ हातमा अङ्गूठी अधारण गर्न सक्छ ।

२.२ कनमा गहना धारण गर्दा सूक्ष्म-ज्ञानमा आधारित चित्र

अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

सूक्ष्म-ज्ञान मा आधारित यस चित्रबाट हामी निम्नलिखित सूत्र जान्न सक्छौं :

  • सात्त्विक कर्णाभूषण धारण गर्नाले ईश्‍वरीय तत्त्व आकर्षित भएर कर्णाभूषणबाट प्रक्षेपित हुन्छ।
  • आनन्द को प्रवाह कर्णाभूषण तर्फ आकर्षित हुन्छ तथा त्यसबाट आनन्दको कण प्रक्षेपित हुन्छ ।
  • चैतन्य आकर्षित हुन्छ तथा पूरै शरीर तथा वातावरणमा फैलेर जान्छन् ।

२.३ घाँटीमा अलङ्कार धारण गर्दाको सूक्ष्म-ज्ञान मा आधारित चित्र

अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

सूक्ष्म-ज्ञान मा आधारित यस चित्रबाट हामी निम्नलिखित सूत्र जान्न सक्छौं :

  • घाँटीमा सुनको सिकडी धारण गर्नाले चैतन्यले पूरित अग्नि तत्त्व (तेज तत्त्व) को तरङ्ग आकर्षित भएर वातावरणमा प्रक्षेपित हुन्छ ।
  • घाँटीमा सुनको सिकडी धारण गर्ने व्यक्तिको आसपासको वातावरणमा विद्यमान रज-तम कण नष्ट हुन्छ ।
  • व्यक्तिमा अग्नितत्त्व (तेज तत्त्व) को निर्मिति हुनुको कारण क्षात्रभाव जागृत हुन्छ । साधना गर्न सक्नको लागि तथा अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस, इत्यादि) का विरुद्ध युद्ध गर्नको लागि क्षात्रभाव साधकको एउटा महत्त्वपूर्ण गुण हो ।

२.४ नाडीमा (हातमा) अलङ्कार धारण गर्दा सूक्ष्म-ज्ञानमा आधारित चित्र

अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

सूक्ष्म-ज्ञान मा आधारित यस चित्रबाट हामी निम्नलिखित सूत्र जान्न सक्छौं :

  • तामाको बालाले चैतन्य आकर्षित तथा सक्रिय भएर प्रक्षेपित हुन्छ । हातको सबै तर्फ चैतन्यको एउटा सुरक्षात्मक वलय पनि निर्मित हुन्छ ।
  • तामाको बालामा (ब्रेसलेट) मा सूर्य देवताको तत्त्व आकर्षित तथा सक्रिय भएर प्रक्षेपित हुन्छ ।
  • हातमा तारक शक्ति पनि सक्रिय भएर प्रक्षेपित हुन्छ ।

२.५ नाडी (हात) मा फ्रेन्डशीशिप ब्रेसलेट (फीता) बाँध्दा सूक्ष्म-ज्ञान मा आधारित चित्र

अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

सूक्ष्म-ज्ञान मा आधारित यस चित्रबाट हामी निम्नलिखित सूत्र जान्न सक्छौं :

  • फ्रेन्डशीप बैन्ड बाँध्नाले भावनाको कुण्डलीकार वलयको निर्मिति भएर सक्रिय हुन्छ । असपसको वातावरणमा पनि भावनाको कण प्रक्षेपण हुन्छ ।
  • हातको सबैतर्फ आकर्षण तथा मायावी शक्ति का पनि प्रक्षेपण हुन्छन् । मायावी शक्ति त्यस बैन्ड लगाउने अथवा देख्ने व्यक्तिमा सुखदायक भावना निर्मित गर्दछ । जबकि त्यसबाट प्रक्षेपित हुने स्पदन नकारात्मक हुन्छ ।
  • त्यस बैन्ड लगाउने व्यक्तिको, देहमा तथा आस-पास को वातावरणमा कालो शक्तिको कण प्रक्षेपित हुन्छ ।

३. विविध पदार्थबाट बनेको अलङ्कार लगाउने

३.१ प्रयुक्त धातुको प्रकार

अलङ्कार लगाउने व्यक्ति कति मात्रामा आध्यात्मिक लाभ आत्मसात गर्न सक्छ यो अलङ्कार बनाउनको लागि कुन प्रकारका धातु प्रयोग भएका छन्, त्यसमा निर्भर गर्दछ । तल दिएको तालिकामा प्रत्येक धातुको प्रकारमा पाइने चैतन्यको मात्रा दर्शाएको छ । स्वर्ण अर्थात सुन सर्वाधिक सात्त्विक छ, त्यसपछि चाँदी आउछ ।

धातुको प्रकार

चैतन्यको परिमाण (प्रतिशत)

सुन ७०
चाँदी ३५
तामा १५
अन्य (फलाम, जिङ्क, कांस्य)

अध्यात्मशास्त्र अनुसार, शक्तिशाली अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) बाट रक्षणको लागि कमरदेखि माथि लगाउने अलङ्कार सुनको हुनु पर्छ । सुन तेजतत्त्वमा वृद्धि गर्दछ जसले कमर भन्दा माथिको चक्र मा सकारात्मक शक्ति अवशोषित गर्न मद्दत गर्दछ ।

कनिष्ठ (तल्लो स्तरिय) अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) बाट रक्षणको लागि कमर भन्दा तल लगाउने अलङ्कार चाँदीको हुनु पर्दछ । चाँदीमा रजप्रधान इच्छा-तरङ्गलार्इ ग्रहण गर्ने क्षमता हुन्छ ।

३.२ प्रयोग रत्नको प्रकार

अलङ्कारमा जोडेको रत्न जस्तै हीरा, माणिक, नीलम, मूंगा तथा पन्ना हामीमा आध्यात्मिक रूपले लाभदायक प्रभाव पार्दछ । सूर्य, चँद्रमा तथा अन्य खगोलीय पिण्ड (celestial bodies) बाट आउने सूक्ष्म-किरण यी रत्नहरुबाट आकर्षित गर्ने तत्त्वको आधारमा प्रतिबिम्बित गर्दछन् ।

निम्नलिखित तालिका प्रत्येक रत्नको लाभ बताउछ ।

रत्नको प्रकार व्यक्तिमा प्रभाव
माणिक स्थूल देहको सुरक्षा तथा शक्ति प्रदान गर्दछ ।
हीरा स्थूलदेह तथा मनोदेहलार्इ शुद्ध गर्दछन् । यो तेज तत्त्वसँग सम्बन्धित छ ।
मूंगा प्राणशक्तिको रूपमा चैतन्यलार्इ शरीरमा संरक्षित गर्दछ । यो व्यक्तिलार्इ विविध कार्य गर्नको लागि उत्साहवर्द्धन गर्दछ ।
मोती चैतन्य निरन्तर सक्रिय हुनुको कारण व्यक्ति ज्यादा मात्रामा सतर्क तथा प्रसन्नचित्त व्यक्ति बन्नमा सक्षम बनाउछ । यो आप तत्त्वसँग सम्बन्धित छ ।
पन्ना निर्गुण ईश्वरीय शक्ति तत्त्व निरन्तरता बनाइ राख्दछ ।

जब अलङ्कारमा सात्त्विक धातु अथवा रत्न हुन्छ, त्यसतर्फ ईश्वरीय तत्त्व पञ्चतत्त्वको माध्यमबाट आकृष्ट हुन्छ । व्यक्ति द्वारा धारण गरिएको अलङ्कार प्रति भाव यसले सर्वाधिक लाभ प्राप्त गर्नमा सहायता गर्दछ ।

४. विभिन्न कलाकृति भएको अलङ्कार धारण गर्ने

जब हामी अलङ्कारको सूची-पुस्तिका हेर्छौं, तब अलङ्कारको विविध कलाकृति, अनेक आकार तथा बनावट हामीलार्इ विस्मित गरिदिन्छ । अधिकतर हाम्रो रोजाइको आधार हुन्छ सुन्दरता बढाने खाल्को ; तर आध्यात्मिक दृष्टिकोणले अनेक घटकहरुमा हामीले ध्यान राख्नुपर्छन् ।

अलङ्कारको कलाकृति सात्त्विक हुन सक्छ अथवा तामसिक । सात्त्विक कलाकृति सकारात्मक शक्ति प्रक्षेपित गर्दछ तथा आनन्द प्रदान गर्दछ । अधिकतर सात्तिवकता गोलाकार अथवा फूलको दल आकारमा हुन्छ । तामसिक कलाकृति नकारात्मक स्पन्दन प्रक्षेपित गर्दछ । यो नकारात्मक स्पन्दन व्यक्तिको शरीरको चक्रलार्इ प्रभावित गरि उनको स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्छ ।

आगाडि एउटा सात्त्विक कलाकृति भएको सुनको सिकडी तथा एउटा तामसिक कलाकृति भएको सिकडीको उदाहरण दिएको छ :

सात्त्विक कलाकृति भएको अलङ्कार

तामसिक कलाकृति भएको अलङ्कार

अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

अलङ्कर धारण गर्दा आध्यात्मिक प्रभाव

यो उदाहरणबाट हामी केवल सुन्दर देख्ने आधार मात्र होइन; आध्यात्मिक सिद्धान्तको आधारमा अलङ्कार छनैट गर्ने महत्त्व बुझ्न सक्छौं । अलङ्कार छनैट गर्ने समय हामी त्यसबाट प्रक्षेपित हुने सूक्ष्म-स्पन्दनको सूक्ष्म-परीक्षणद्वारा प्राप्त गर्ने प्रयास गर्न सक्छौं । केहि मिनेट ईश्वरको नाम जप गरेपछि सूक्ष्म-परीक्षण गर्नु श्रेयस्कर हुन्छ किनकि यसले मन केन्द्रित हुन्छ ।

५. अलङ्कारको शुद्धता

कालो शक्ति : अनिष्ट शक्ति द्वारा उपयोग गरिने प्राथमिक अस्त्र हो कालो शक्ति । कालो शक्ति, एक आध्यात्मिक शक्ति हो, जसले पृथ्वीमा हुने कुनै पनि घटनामा हेर-फेर गर्ने क्षमता हुन्छ । आक्रमण गर्ने अनिष्ट शक्ति कति शक्तिशाली छ, यसमा दुष्प्रभावको विस्तार निर्भर गर्छ ।

हामी जुन अलङ्कार धारण गर्छौं, त्यसले प्रभावी रूपले अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) बाट हाम्रो रक्षण गर्दछन् । जब अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) हामीलार्इ आफ्नो कालो शक्तिको माध्यमबाट आक्रमण गर्ने प्रयास गर्दछ तब हामीमा प्रत्यक्ष रूपले आक्रमण गर्नु पहिला हामीले लगाएको अलङ्कारमा आक्रमण गर्दछ । यस कारणले, कालो शक्ति हटाउनको लागि  नियमित रूपले आफ्नो अलङ्कारको शद्धि गर्नु पर्छ ।

पञ्चतत्त्वको प्रयोग गरेर हामी अनेक विधिहरुका माध्यमले आफ्नो अलङ्कारलार्इ आध्यात्मिक रूपले शुद्धि गर्न सक्छौं ।

तेजतत्त्व : SSRF द्वारा निर्मित अगरबत्तिको खरानीबाट बनेको पवित्र विभूति अलङ्कारको सबै भागहरुमा लगाउन सक्छौं ।

वायुतत्त्व : SSRF द्वारा निर्मित अगरबत्तिको खरानीबाट बनेको पवित्र विभूति अलङ्कारमा फूक्नुहोस् अथवा SSRF द्वारा निर्मित अगरबत्तीबाट निक्लने धुवा अलङ्कारलार्इ स्पर्श गराउनुहोस् ।

आकाशतत्त्व : अलङ्कारलार्इ खाली डिब्बा मा केहि समय राख्नुहोस् ।

६. अलङ्कार धारण गर्ने -एक आध्यात्मिक परिप्रेक्ष्य

यो लेखमा हामीले सात्त्विक धातु तथा सात्त्विक कलाकृति अलङ्कारबाट कसरी आध्यात्मिक लाभ प्राप्त गर्न सक्छौं, यसको वर्णन गर्यौं । सात्त्विक अलङ्कारमा समाहित चैतन्यको कारण हामी निरन्तर दैवी शक्तिको सम्पर्कमा रहन सक्छौं अनि यसले हाम्रो साधनामा सहायता हुन्छन् । जसरी-जसरी हाम्रो साधना बढ्छन्, अलङ्कार धारण गर्नेको लागि आवश्यकता घट्दै जान्छन्; किनकि तब हामी साधनाबाट नै सात्त्विकता तथा आध्यात्मिक शक्ति प्राप्त गर्न सक्षम हुन जान्छौं ।

हामी जनु विविध प्रकारका अलङ्कार धारण गर्दछौं ती शरीरको विशिष्ट भागसँग सम्बन्धित हुन्छन् । शरीरको प्रत्येक भाग विशिष्ट चक्रसँग सम्बन्धित हुन्छ । जुन स्थानमा अलङ्कार धारण गरेको छ, त्यहाँ शरीरको सबै तर्फ चैतन्य सक्रिय गरि शरीरको त्यस भागसँग सम्बन्धित चक्र जागृत गर्दछ । उदाहरणको लागि यदि अनाहत चक्र जागृत हुन जान्छ भने तब ईश्वर प्रति भाव पनि जागृत हुन्छ ।

अलङककार धारण गर्दा अन्य लाभ एक्यूप्रेशर पद्धतिबाट प्राप्त हुने लाभ पनि हो । जहाँ अलङ्कार लगाउछ त्यहाँ विद्यमान एक्यूप्रेशर बिन्दु दबिन्छ । यसले शरीरको कालो शक्ति दूर हुन्छ तथा चैतन्य स्वतन्त्र रूपसँग प्रवाहित हुन सक्षम हुन जान्छ । एक्यूप्रेशर पद्धतिले शारीरिक, मानसिक तथा आध्यात्मिक कष्ट दूर हुन सक्छ ।

७. सारांश

  • अलङ्कार धारण गर्नाले हामीमा दैवी शक्ति समाहित हुन्छन्, अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) बाट रक्षा तथा आध्यात्मिक उपचार हुन्छ ।
  • जुन अलङ्कार हामी लगाउछौं त्यो सात्त्विक धातु तथा सात्त्विक कलाकृति युक्त हुनु पर्छ ।
  • नियमित साधना गर्नाले हामी आध्यात्मिक रूपले विकसित हुन थाल्दछौं तथा हामीमा सात्त्विक स्पन्दन तथा आध्यात्मिक शक्ति निर्मित हुन्छन् । तब सात्त्विकता ग्रहण गर्नको लागि अलङ्कार धारण गर्न हामीमा आवश्यकता घट्दै जान्छन् ।