सारांश आध्यात्मिक विश्व हाम्रो जीवनलार्इ ८० प्रतिशत सम्म प्रभावित गर्दछ । जीवनको ६५% घटनाहरु पूर्वजन्म तथा यो जन्ममा भएको सबै पूर्वकर्म प्रारब्ध (भाग्य) को रूपमा प्रकट हुन्छ । यो प्रारब्ध विभिन्न घटनाहरुको माध्यमबाट स्थूल (शारिरीक) तथा आध्यात्मिक स्तरमा भोग्नु पर्दछ । प्रारब्धलार्इ प्रभावित गर्ने आध्यात्मिक स्तरको घटकमा अनिष्ट शक्ति (भूत,प्रेत, पिशाच इ.) तथा हाम्रो मृत पुर्खाको सूक्ष्म-देह मूलभूत हुन् । आध्यात्मिक साधनाको छ मूलभूत सिद्धान्त अनुसार साधना गर्नाले, हामीलार्इ यी आध्यात्मिक घटकको प्रभाव हटाउनको लागि सहायक आध्यात्मिक ऊर्जा प्राप्त हुन्छन् ।

यो लेख बुझ्नको लागि अनुरोध छ कि तपार्इ पहिला निम्न लेख पढ्नुहोस् :

  • क्रियमाण अनि प्रारब्ध के हुन् ?
  • प्रारब्ध अनि लेन-देनको नियम

1. प्रस्तावना

यस विभागको अघिल्लो लेखमा गरेको चर्चा अनुसार कुनै पनि समस्याको मूल आध्यात्मिक स्तरमा हुने सम्भावना हुन्छ । यो लेखमा ती आध्यात्मिक कारणहरु तथा त्यसमा विजय प्राप्त गर्ने  सिद्धान्तको अन्वेषण गर्नेछौं ।

समस्याहरुका मूलमा विद्यमान आध्यात्मिक कारणको स्पष्टीकरण दुर्इ दृष्टिकोणले दिन सक्छौं :

हामी दुर्इ दृष्टिकोणबाट समस्याको आध्यात्मिक कारण बताउनेछौं

  1. पहिलो दृष्टिकोण कर्मयोग बाट. यसमा प्रारब्ध र क्रियामाण कर्म अनि लेन-देनको खाताले धेरै मात्रामा जीवनमा प्रभाव पार्छ ।
  2. दोस्रो आध्यात्मिक दुनिया जसले हाम्रो प्रारब्ध अनि क्रियामाण कर्ममा प्रभाव पार्छ

२. कर्ममार्ग (योग) अनुसार दृष्टिकोण

कर्ममार्गमा स्वाभाविक रूपले जे रोप्छ, त्यही पाउँछ यो सिद्धान्त अनुसार साधना गर्दछ ।

जीवनमा हामीलार्इ सुख तथा दुःखको अनुभव किन हुन्छ, यदि यसमा विचार गर्यौ भने कर्ममार्ग अनुसार जीवनको हरेक सुख तथा दुःख अनि जीवनको सबै घटना हाम्रो प्रारब्ध कर्म अथवा क्रियमाण कर्मको कारण अनुभव गर्दछौं ।

क्रियमाण कर्म : केही घटना (प्रसङ्ग), विचार, कृत्य अनि आचरण व्यक्तिको सम्पूर्ण नियन्त्रणमा हुन्छ । यस्तो कृत्यमा हामी आफ्नो मन (सम्वेदना अनि भावना) तथा बुद्धिको (निर्णयक्षमता) उपयोग गरि तदनुसार कर्म गर्दछौं । सामान्य रूपमा वर्तमान समयमा हाम्रो ३५% जीवन आफ्नो इच्छा अथवा इच्छाशक्ति अनुसार निश्चित हुन्छ ।

प्रारब्ध कर्म : हाम्रो जीवनको जुन भाग हाम्रो पूर्वजन्मको कर्म अथवा यो जन्मको घटनामा निर्भर हुन्छ तथा त्यसमा हाम्रो इच्छाशक्तिको कुनै नियन्त्रण हुँदैन, त्यो प्रारब्ध अनुसार हुन्छ । सामान्य नियम यस्तो हुन्छ कि जीवनको सबै ठूलो घटना प्रारब्धानुसार हुन्छ । यो घटनामा जन्म, विवाह, गम्भीर दुर्घटना, रोग इ. मूलभूत हुन् । वर्तमान समयमा यसको मात्रा कुल जीवनमा ६५% हुन्छ । विभिन्न प्रकारका सम्वेदना तथा घटनालालार्इ दिने प्रतिक्रिया हाम्रो प्रारब्ध अनुसार हुन्छन् ।

जुन प्रारब्धको साथ हाम्रो जन्म हुन्छ, त्यो हाम्रो सबै पूर्वजन्मको एकत्रित लेन-देन (संचित) को एउटा भाग हुन्छ । प्रारब्धको माध्यमले हामी आफ्नो पूर्वजन्मको कृत्य अनि विचारको फल भग्दछौं ।

हाम्रो प्रत्येक कर्म (लेन-देन को) खाता खोल्छन् अथवा मेटाउछन् । कर्म यी दुबैको मिलाप पनि हुन सक्छ, अर्थात् केही मात्रामा (लेन-देन) निर्माण गर्ने अथवा मेटाउने । खातामा जोड अथवा घटाउ पनि हुन् सक्छ । हामी यदि (लेन-देन को) खाता मेटाउछौं भने, त्यो प्रारब्ध कर्मानुसार हुन्छ अनि जब हामी खाता निर्माण गर्छौं, तब त्यो क्रियमाण कर्म अनुसार हुन्छ ।

  • जोनले यदि मेरीलार्इ ठगेर उनीलार्इ ५ अङ्ग (यूनिटस) कष्ट दिएको थियो भने, त्यस कर्मले उनको लेन–देनको लेखा हट्न पनि सक्छ अथवा निर्माण पनि हुन सक्छ अथवा दुवै हुन सक्छ ।
  • अर्कोतर्फ जोन यदि मेरीलार्इ नयाँ गाडी दिन्छ भने, यो कर्मले लेन-देनको खाता मेटिन पनि सक्छ अथवा निर्माण पनि हुन सक्छ अथवा दुवै पनि हुन सक्छ ।

अत्यधिक सक्रिय  छैटौं ज्ञानेंद्रिय नहुनुको कारण हाम्रो कर्मले लेखा हटायो अथवा निर्माण गर्यो, हामी यो कहीले पनि पहिचान सक्दैनौ । जसले सन्तको आध्यात्मिक स्तर प्राप्त गरेकाछन्, केवल उनीनै छैटौं ज्ञानेंद्रियको माध्यमद्वारा जान्न सक्छ कि लेखा मेटियो अथवा निर्मित भयो ।

जोन अनि मेरीको प्रसङ्मा, यदि ठगने लेखा मेटेर गयो भने कदाचित पूर्वजन्ममा निर्मित भएको होला अथवा यो जन्मको भूतकालमा मेरीद्वारा यतिनै तीव्रताको कष्ट जोनलार्इ दिएको हुन सक्छ । यो भन्न आवश्यकता छैन नराम्रो लेखा मेटाउने समय जीवनमा  धेरै कष्ट भोग्नुपर्छ ।

धेरै पटक हामी देख्छौं सज्जन व्यक्ति अप्रिय परिस्थितिबाट गर्इ रहेको हुन्छ जसको उनी पात्र हुँदैन ।   अक्सर हामी यो वाक्य सुन्छौं कि ‘यो ईश्वरको इच्छा हो’ अथवा ‘यो रहस्य हो’ । सत्य यो हो कि कुनै रहस्य छौन । प्रत्येक घटना कुनै कारणवश नै हुन्छ अनि लेन-देन, प्रारब्ध तथा क्रियमाण कर्मको नियमद्वारा नियन्त्रित  हुन्छ ।

  • प्रारब्ध तथा लेन–देन खाता बारे अज्ञानवश व्यक्ति निराशग्रस्त भर्इ छाती पिटेर रुन थाल्छ कि “मैले त्यस्तो के गरेको थियो र यो सबै सहनु परि रहेको छ?”
  • कहीलेकाही यसले गर्दा व्यक्ति ईश्वरलार्इ दोस दिन थाल्छ अथवा ईश्वरको तथा जीवनको निष्पक्षता प्रति श्रद्धा कम हुन्छ ।
  • अधिकतर प्रसङ्गहरुमा व्यक्तिलार्इ प्रारब्धको सिद्धान्तको ज्ञान नहुनुको कारण, उनी बुझ्दैन कि त्यस्तो प्रसङ्ग सामना कसरी गर्ने अथवा त्यसमा विजय कसरी प्राप्त गर्ने, जुन उनको पूर्व-कर्मद्वारा निर्मित भएको हो । (सूत्र क्र. ४ को सन्दर्भ लिनुहोस् )
  • यदि व्यक्तिलार्इ लेन–देनको सिद्धान्त सम्बन्धी शिक्षा दियो भने, उनीसँग प्रसङ्गलार्इ दार्शनिक दृष्टिकोणले बझ्ने त रहन्छ नै, जहाँ सक्दो प्रयास गर्दा पनि अनिष्ट भयो ।
  • साथै उनी थप नकरात्मक प्रारब्ध (भाग्य) सिर्जना नगर्नुमा होसियार हुनेछ ।

यसको विपरीत राम्रो प्रारब्ध मेटाउने समय अकस्मात अनपेक्षित सुखदायी अनुभव हुन्छ । यही कारण हो कि कहीले हामी देख्छौं कि जो पूर्ण अयोग्य लाग्छ, त्यस्तो व्यक्ति चिट्ठा (lottery) जित्दछ अनि कुनै प्रयास नगरि आरामको जीवन बिताउछ । शास्त्र अनि सिद्धान्त बुझेमा यस्तो घटनाको रहस्य नष्ट भएर जान्छ ।

यस जन्म पूर्व हाम्रो धेरै जन्म भएका छन् । हाम्रो पहिलाको जन्ममा कुनै एउटा समय, हाम्रो पूर्ण जीवन क्रियमाण कर्ममा निर्धारित हुन्थ्यो । यो खाली कागज जस्तै थियो । त्यसपछि जब समय बित्दै गयो, जसरी हाम्रो अनेक जीवन बित्दै गयो अनि मनानुसार कर्म हुदै गयो, हामीले लेन–देनको लेखा निर्माण गर्यौं। यो लेखा पूर्ण मिटाउनको लागि फेरि-फेरि जन्म लिनु पर्दछ । तलको तालिका दर्शाउछ कि समय अनुसार हामी यो लेखामा कसरी वृद्धि गर्दछौं । यो लेन–देन अन्तिमत: हाम्रो कुल लेन–देनमा (सन्चित मा) जोडिन्छन् अनि आगामी अनेकौं जन्ममा हामी त्यसलार्इ प्रारब्धको रूपमा भोग्नु पर्दछन् ।

इसके पूर्व लेख में, हमने जीवन की समस्याओं के कारणों का निम्न प्रकार से साधारण वर्गीकरण किया था । – यो भन्दा पहिलाको लेखमा हामीले जीवनको समस्याको कारण निम्न प्रकारले साधरण वर्गीकरण गरेका थियौं ।

यो वर्गीकरण हाम्रो जीवनको प्रारब्ध सम्बन्धी अंश अनि क्रियमाण कर्म सम्बन्धी अंश सँग कसरी समन्वय राख्दछन् ? तलको तालिका यो समन्वय देखाउँछ ।

कर्म घटना कुल
शारीरिक मानसिक आध्यात्मिक
क्रियमाण (%) १०% १०% १५% ३५%
प्रारब्ध (%) १०% ५५% अन्य दुवै पनि आध्यात्मिक हुन् ६५%
कुल (%) २०% ६५% १५% १००%

टिप्पणी (माथिको तालिकाको रातो रङ्ग संख्यामा आधारित) :

१. यसको उदाहरण यस्तो हुन सक्छ, जहाँ ‘अ’ नामक व्यक्तिलार्इ जानकारी गराएको थियो कि पानी पिउनु पहिला उमाल्न आवश्यक छ । तर पनि आफ्नो स्वास्थ्य प्रति अति आत्मा विश्वासको कारण उनी यो भनेर पानी पिउछ कि म सबै प्रकारको किटाणुहरुलार्इ पचाउन सक्छु । यस पछि यदि त्यो व्यक्तिलार्इ झाडापखाला लाग्दछ भने, भन्न सक्छौ कि यो उनको कर्मको कारण भयो अनि यो क्रियमाण कर्म हो ।

२. यहाँ ‘अ’ नामक एउटा व्यक्तिलार्इ प्रारब्धमा झाडापखला लेखेको थियो; किन कि उनको पूर्व जन्ममा गरेको पापकर्मको कारण केही मात्रामा कष्ट लेखेको थियो । यो प्रसङ्गमा, उनको बुद्धि उनको प्रारब्ध अनुसार कार्य गर्दछ । यद्यपि त्यस व्यक्तिको स्वभाव साधारणतः सङ्कटबाट टाढा रहने छ भने, प्रारब्धमा लेखेको घटना कुनै न कुनै कारणवश हुन् जान्छ ।

  • अचानक यो व्यक्ति अति आत्म विश्वास लिएर आफ्नो व्यक्तित्व विरूद्ध गएर पानी पीउँछ ।
  • उसलार्इ पानीको बारे बताउने कोही नहुनुको कारण अज्ञानवश संक्रमित पानी पीउदछ ।

३. अर्को उदाहरण एउटा स्त्री केटाको बारे जानकारी हुँदा हुँदै जसको इतिहास हिंसाजनक र रक्सीको लत छ । तर पनि त्यस व्यक्तिप्रति स्त्री शारीरिक आकर्षणको कारण फसेर जान्छ । परिणामस्वरूप त्यो केटाले स्त्रीको शारीरिक स्तरमा अनुचित लाभ उठाउँछ ।

४. दोषपूर्ण निर्णय लिदा यस्तो हुन्छ, किन कि प्रारब्ध अनुसार यो घटना घटित हुन अटल थियो । विवाह पश्चात धेरै कष्ट हुनेछ अथवा उनको विवाह विच्छेद हुनेछ, आसपास सबैलार्इ यस्तो स्पष्ट देखार्इ दिदा पनि कुनै व्यक्ति विवाह गर्दछ, यसको एउटै कारण हो । ‘लेन-देन को प्रक्रिया अनि कहीले काही हामी जे गर्छौ किन गर्छौं ?’, यो लेखको सन्दर्भ लिनुहोस् ।

५. कहीले काही कुनै व्यक्ति अनिष्ट शक्ति (भूत, प्रत) द्वारा तर्साउने घर किनेर बस्न थाल्छन् । मित्रले त्यस घरको पहिलाको निवासिलार्इ कुन प्रकारको सङ्कटको सामना गर्न पर्यो भन्दा पनि नसुनि त्यस घरमा बस्न थाल्छन् । यसले अनिष्ट शक्ति क्रोधित हुन्छ अनि उनलार्इ प्रभावित गर्दछ अथवा आवेशित गर्दछ ।

सम्क्षेपमा, प्रारब्ध यस्तो हो जनु हाम्रो सम्पूर्ण जीवनमा हाम्रो विचार, कर्म तथा प्रतिक्रियालार्इ एउटा बादल जस्तै प्रभावित गर्दछ ।

३. आध्यात्मिक आयामको घटक, जुन हामीलार्इ प्रभावित गर्न सक्छ

हाम्रो पञ्चज्ञानेन्द्रिय, मन तथा बुद्धिको समझ भन्दा टाढा एउटा यस्तो सूक्ष्म अनि अमूर्त (intangible) विश्व छ, जसको बारेमा लगभग सबै मनुष्य जाति अनभिज्ञ छ । यो विश्वको अनेक नाम छ – सूक्ष्म-विश्व, सूक्ष्म-आयाम, आत्माको विश्व, आध्यात्मिक जगत अथवा आध्यात्मिक आयाम । यो विश्व देवदूत, अनिष्ट शक्ति, स्वर्ग, पाताल (नर्क) आदिले बनेको छ । जुन विश्वसँग हामी परिचित छै, त्यो यस सूक्ष्म तथा अमूर्त विश्व भन्दा धेरै सानो छ । प्रत्यक्षमा यो परिचित विश्वको मर्यादा (व्याप्ति) सूक्ष्म-विश्वको तुलनामा एक को अनुपातमा अनन्त छ । यो सूक्ष्म-विश्व हाम्रो जीवनलार्इ भारी मात्रामा प्रभावित गर्छ । सूक्ष्म-विश्वको मुख्य घटक हाम्रो जीवनलार्इ प्रभावित गर्दछ उदा. अनिष्ट शक्ति अनि हाम्रो मृत पूर्खाहरुको सूक्ष्म-देह (सामान्यतः यसलार्इ आत्मा भन्छ) ।

सूक्ष्म-विश्वले हाम्रो जीवनमा पार्ने प्रभाव विविध प्रकारको हुन्छ, जुन हाम्रो आध्यात्मिक स्थिति अर्थात आध्यात्मिक स्तर, हामीद्वारा आध्यात्मिक दृष्टिले प्रगति हुनको लागि व्यक्तिगत स्तरमा गरिने तथा सामाजिक स्तरमा गरिने प्रयत्नमा निर्भर हुन्छन् ।

निम्न तालिका देखाउछ कि सूक्ष्म-विश्वको विविध घटको भिन्न आध्यात्मिक स्थिति दुर्इ प्रकारले व्यक्तिलार्इ कसरी प्रभाव पार्दछ ।

  • अध्यात्मिक स्थिति १ : २०% आध्यात्मिक स्तरको व्यक्ति, जो कुनै साधना गर्दैन
  • अध्यात्मिक स्थिति २ : ५०% आध्यात्मिक स्तरको व्यक्ति जो साधना ज्ञानवश अथवा अज्ञानवश आफ्नो लागि साथै समाजको लागि आध्यात्मिक उत्थानको लागि आध्यात्मिक साधनाको ६ मूलभूत सिद्धान्त अनुसार साधना गर्दछ ।

यी सबै घटक शारीरिक, मानसिक, आर्थिक, सामाजिक, शैक्षिक इत्यादि विविध अङ्गहरुबाट हाम्रो जीवनलार्इ प्रभावित गर्दछन् अनि हाम्रो जीवनको समस्याहरुको मूल कारण हुन्छ ।

२०% आध्यात्मिक स्तरको बद्ध जीव (अर्थात जो साधना गर्दैन) ५०% आध्यात्मिक स्तरको साधक (जो समाजको लागि आध्यात्मिक साधना गर्छ)
१. अनिष्ट शक्ति द्वारा कष्ट (भूत१, प्रेत, पिशाच इ.) ३०% ५०%
१अ. कष्टको भान (%) ३०% २०%
१ब. सहन सक्ने क्षमता १०% ३०%
१स. भूतको आध्यात्मिक ऊर्जा ३०% ५०%
२. अच्छी शक्ति द्वारा कष्ट (%) १०% १०%
३. आध्यात्मिक शक्तिसँग सम्बन्धित ३०%
३अ. कुण्डलिनी १०%
३ब. प्राणशक्तिमा कमी २०%
४. अन्य – अन्न, वस्त्र, काल, एकत्रित अवगुण (पापकर्म) इ. १०%
कुल कष्ट ४०% <१००%

टिप्पणि :

१. यसमा अनिष्ट शक्ति द्वारा लगायत पूर्वजद्वारा दिने कष्ट अन्तर्भूत हुन्छ । २०% आध्यात्मिक स्तर अथवा साधना नगर्ने जीव पूर्वजद्वारा प्रभावित हुने सम्भावना अधिक हुन्छ । यो यस कारणले हो कि उच्च स्तर भएको अनिष्ट शक्तिको दृष्टिबाट २०% आध्यात्मिक स्तरको जीव महत्त्वपूर्ण तथा हानिकारक हुँदैन । कृपया यो लेख पढ्नुहोस् – “हाम्रो पुर्खा हामीलार्इ कष्ट किन दिन्छ ?” अर्कोतर्फ जुन व्यक्ति व्यक्तिगत तथा समाजको साधनाको लागि सङ्घर्ष गर्छ, उनी माथि अनिष्ट शक्तिद्वारा आक्रमण हुने सम्भावना अधिक हुन्छ ।

२. यहाँ अधिक आक्रमण यस कारण हुन्छ कि यहाँ जीव व्यक्तिहरुलार्इ आध्यात्मिक विकासमा सहायता गरि समाजमा सत्व गुणको मात्रा बढाउनमा सहयोग गर्दछ । यो महत्त्वपूर्ण छ कि साधना प्रभावकारी बनाउनको लागि ज्ञानवश अथवा अज्ञानवश उनको साधना आध्यात्मिक साधनाको ६ मूलभूत सिद्धान्त अनुसार हुनु पर्छ । तब मात्रै उनी समाजमा शुद्धता (सात्त्विकता) बढाउनमा सहायक हुन्छ । अनिष्ट शक्ति रजतमात्मक हुनुको कारण समाजमा वृद्धिंगत सात्विकताले उनीहरुलार्इ कष्ट हुन थाल्दछ । कृपया यो लेख पढ्नुहोस् – ‘अनिष्ट शक्तिको उद्देश्य ।’

३. ५०% आध्यात्मिक स्तरमा साधना वृद्धिको कारण, आक्रमण सामना गर्नको लागि व्यक्तिको क्षमता स्तर अथवा सुरक्षा तन्त्र अधिक प्रभावी हुन्छ । परिणामस्वरूप उनी माथि आक्रमण हुँदा पनि त्यसको सामना राम्रो तरिकाले गर्न सक्छ अनि त्यसलार्इ झेलन सक्छ ।

४. ५०% आध्यात्मिक स्तरको जीवलार्इ ईश्वरद्वारा सुरक्षा-कवच प्राप्त भएको कारण ३०% कम आध्यात्मिक शक्ति भएको अनिष्ट शक्ति उनलार्इ स्पर्श पनि गर्न सक्दैन । अर्कोतर्फ, कम आध्यात्मिक स्तर भएको व्यक्ति कम स्तर भएको अनिष्ट शक्तिद्वारा नै प्रभावित हुने आशङ्का रहन्छ । कृपया यो लेख पढ्नुहोस् – “आध्यात्मिक स्तर कुनै सीमासम्म अनिष्ट शक्तिबाट बच्नको लागि सुरक्षा-कवच दिन्छ ?”

५. कहीले काही राम्रो शक्ति पनि हाम्रो जीवनमा समस्या ल्याउन सक्छ । यो विपरीत लग्न सक्छ, तर एउटा उदाहरणबाट बुझ्न सम्भव हुन्छ । कहीले काही कुनै विद्यार्थी राम्रो क्षमता हुँदा पनि त्यस क्षमता अनुसार पढाई हुँदैन, उनको अभिभावक अथवा शिक्षक उनलार्इ बलपूर्वक पढाई गराउछ । विद्यार्थीको लागि यो एउटा समस्या हुन सक्छ, तर पढाईमा रूचि लिने दृष्टिले यो सहायक हुन्छ । यस प्रकार कहीले काही राम्रो शक्ति हामीलार्इ विचार गर्नको लागि रोकेर आध्यात्मिक विश्व सम्बन्धी अनि आध्यात्मिक साधना सम्बन्धी जिज्ञासा जागृत गर्नको लागि हाम्रो जीवनमा समस्या ल्यार्इदिन्छ ।

६. अनिष्ट शक्तिद्वारा सामान्यतः कुण्डलिनीमा बाधा तथा प्राणशक्ति कम गरिदिन्छ । कुण्डलिनी विषय केवल साधकको दृष्टिले हो, किन कि २०% स्तर भएको साधना नगर्ने व्यक्तिको कुण्डलिनी मूलाधार चक्रमाअर्थात् मेरुदण्डको तलको भागको आध्यात्मिक शक्ति केन्द्र निद्रित अवस्थामा रहन्छ ।

७. यसमा सम्मिलित घटक हामीलार्इ निम्न प्रकारले प्रभावित गर्दछ ।

  • अन्न बासी, डिब्बाबन्द, टिन अनि गैर-शाकाहारी अन्न पदार्थमा मूलभूत सूक्ष्म रजतमअधिक मात्रा हुन्छ । यस्तो रजतमयुक्तअन्नको माध्यमको रूपमा उपयोग गरि अनिष्ट शक्तिको लागि व्यक्तिमाथि आक्रमण गर्न सजिलो हुन्छ ।
  • वस्त्र कृत्रिम धागोंबाट बनेको लुगामा रजतमकोमात्रा धेरै हुन्छ । कालो तथा गाढा रङ्ग पनि मूलभूत सूक्ष्म रजतम गुणलार्इअधिक मात्रामा आकर्षित गरि अवशोषित (possessed) गर्दछ अनि प्रक्षेपित पनि गर्दछ ।
  • समय व्यक्तिको लगि कुनै विशिष्ट समय राम्रो अथवा नराम्रो हुन सक्छ । उदा. मृत पुर्खाहरु अथवा अनिष्ट शक्तिको आक्रमण नहुँदा तथा कर्मचारिहरुको सहभाग तथा सहायता, प्रविधी, राम्रो लगानी इ. घटकहरु राम्रो हुँदा पनि उद्योगपतिलार्इ धेरै मात्रामा आर्थिक हानि हुन्छ ।
  • एकत्रित कुकर्म कुनै देश, समाज अथवा वंश द्वारा कसैको साथ अत्यन्त भयानक कुकृत्य गरिएमा त्यसको कुल पापकर्ममा वृद्धि हुन्छ । यहाँ कुनै विशिष्ट व्यक्तिको त्यसमा सहभाग थियो अथवा थिएन, यसको कुनै महत्त्व हुँदैन । चुप बस्नु त्यसमा सहभागी हुनु समान नै हो । समयको साथ सम्पूर्ण जनसंख्यालार्इ यही जन्ममा अथवा कुनै अन्य जन्ममा भोग्नु पर्दछ ।

मानीसको लागि प्रतिकूल घटकमा अनिष्ट शक्ति अनुचित फार्इदा उठाउछ । साधना नगर्ने व्यक्तिद्वारा भयभीत हुँदैन; किन कि अनिष्ट शक्ति त्यसता व्यक्ति प्रति कुनै महत्त्व दिदैन ।

८. महत्त्वपूर्ण मुद्दा यो हो कि हामी आध्यात्मिक साधना गर्छौं अथवा गर्दैनौं हामी माथि आक्रमण हुन सक्छन् । प्रथम चरणमा कसैलार्इ यस्तो लाग्न सक्छ कि साधना गर्नाले अनिष्ट शक्तिद्वारा आक्रमण हुने सम्भावना अधिक हुन्छ । कुनै धनि व्यक्ति अथवा अति धनिक व्यक्ति माथि अपहरन कर्ताको अधिक लक्षय हुने समान हो । तर धनिक व्यक्ति यसको सामना गर्ने अधिक क्षमताको साथ धनिक भएको कारण सुखको अधिक उपभोग पनि लिन्छ । यसै प्रकार आध्यात्मिक साधना गर्नाले, हामीमा अधिक आक्रमण भए पनि हामी त्यस अनुपातमा ईश्वरद्वारा सुरक्षा-कवच प्राप्त हुन्छ अनि आक्रमणको सामना गर्ने क्षमता पनि राख्छौं । जो व्यक्ति साधना गर्दैन, उनमा आध्यात्मिक शक्तिको अभाव हुनुको कारण कुनै पनि अनिष्ट शक्तिको आक्रमणको बलि हुन सक्छ ।

यो कुरा निम्न उदाहरणबाट पनि स्पष्ट हुन सक्छ । कहीले काही हामी अनेक वर्ष पढाई गर्दछौं, जबकि अन्य कोही व्यक्ति जो मात्र हाईस्कूलसम्मको पढाई समाप्त गरि अत्यल्प मात्रामा नै सही, धनार्जन गर्न थाल्दछ; त्यको तुलनामा पढाई गर्नु केही मात्रामा कष्टप्रद हुनसक्छ । जब हामी घरमा बसेर केही घण्टा पढाई गर्नमा बिताउछौं, तब ती व्यक्ति जीवनको आनन्द लिन्छ अथवा चलचित्र इ. हेर्छन् । तर यी शैक्षिक प्रयत्नको कारण हाम्रो व्यावसायिक सीढि चढने क्षमता बढेर जान्छन् अथवा हामीद्वारा चुनेको क्षेत्रमा सफलता मिल्दछन् । सफलताको साथ हामीलार्इ विविध सुविधा अनि उपलब्धि प्राप्त हुन थाल्छन्, जबकि अन्य व्यक्ति यो सन्दर्भमा केवल इच्छा गर्दछ । यसको साथ दायित्व पनि आउछ किन कि हाम्रो साथमा अन्यलार्इ सहायता गर्ने अथवा समाजमा परिवर्तन ल्याउने क्षमता आउदछन् । यस प्रकार आध्यात्मिक विकासको साथ यद्यपि अनिष्ट शक्ति हामीलार्इ प्रभावित गर्दछ, हामीलार्इ धेरै फार्इदा पनि मिल्छन् । यसका केही फार्इदाहरुमा हामीले आध्यात्मिक साधनाको फार्इदा यो लेखमा चर्चा गरेका छौं ।

४. जुन समस्याको मूल कारण आध्यात्मिक स्तरमा छ, त्यस्तो समस्यामा विजय प्राप्त गर्ने उद्देश्य

जुन समस्याहरुको मूल कारण आध्यात्मिक स्तरमा छ, केवल आध्यात्मिकतासँग सम्बन्धित कृत्य नै त्यसको तीव्रता कम गर्न सक्छ अनि स्थायी रूपमा हटाउन सक्छ ।

. विशिष्ट आध्यात्मिक उपचार : आध्यात्मिक उपचार एउटा यस्तो कर्म हो, जुन प्राथमिक रूपमा विशिष्ट आध्यात्मिक समस्याहरुमा विजय पाउनको लागि गरिन्छ । यस वेबसाइटमा हामीले हाम्रो आध्यात्मिक उपचारको विभागमा आध्यात्मिक उपचार पद्धतिहरुमा चर्चा गरेका छौं । तर आध्यात्मिक प्रगतिमा यसको कुनै योगदान हुँदैन ।

आध्यात्मिक साधना आध्यात्मिक साधनाको मूलभूत सिद्धान्त अनुसार गरिएको साधनाले आध्यात्मिक प्रगति हुन्छ । त्यस प्रकारको साधनाबाट आध्यात्मिक क्षमतामा वृद्धि अथवा आध्यात्मिक विकास हुन्छ, जसको फलतः आध्यात्मिक विश्वको अनिष्ट घटकबाट सुरक्षा-कवच प्रदान गर्दछ। ।

५. सारांश

यो लेखबाट लिन योग्य केही महत्त्वपूर्ण सूत्र सारांशमा :

  • अर्को पल्ट जब तपार्इको जीवनमा समस्या आउछन्, तब बुझ्नुहोस् कि त्यसको कारण शारीरिक, मानसिक अथवा आध्यात्मिक हुन सक्छन् । त्यसको मूल कारण आध्यात्मिक स्वरूप हुने सम्भावना नै अधिक हुन्छ ।
  • जीवनको सबै ठूलो समस्या प्रारब्ध अनुसार हुने अधिक सम्भावना हुन्छ, जुन आध्यात्मिक स्वरूपको हुन्छ अनि त्यसमा हाम्रो पुरानो लेन-देन मेटेर जान्छन् ।
  • हाम्रो पूर्खा अनि अनिष्ट शक्ति परिवारमा शारीरिक, मानसिक इ. रोग जस्ता समस्याएं निर्माण गर्न सक्छन् । हाम्रो आध्यात्मिक स्तर काम भएमा तिनीहरुका आक्रमणको बलि हुन जान्छ ।

आध्यात्मिक साधनाको ६ मूलभूत सिद्धान्त अनुसार दृढतापूर्वक साधना गर्नु नै आध्यात्मिक दुनियाबाट सुरक्षा मिल्ने एकमात्र प्रभावकारी उपाय हो ।